सिंहद्वारा ४८ परिवारलाई राहत

धरान÷विश्वव्यापी कोरोना भाइरस कोभिड १९ का कारण चैत्र ११ गतेदेखि नेपाल सरकारद्वारा संक्रमण नियन्त्रण र रोकथामका लागि लकाउन निरन्तर जारी भएपछि दैनिक गुजारा चलाउन अप्ठेरो परेका परिवाराई थोरै भएपनि राहतमा सहयोग पुगोस भन्ने उद्देश्यले भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर अभिषेक सिंहले गत साता धरान १३ का ४८ परिवारलाई राहत वितरण गर्नुभएको छ ।
त्यस भन्दा अगाडि मेजर सिंहले आफ्नो व्यक्तिगत पहलमा धरान उपमहानगरपालिकाद्वारा सञ्चालित फुड बैंकमा एक हजार केजी चामल समेत उपलब्ध गराउनु भएको थियो ।
धरान उपमहानगरपालिकाले राहत वितरणमा एकद्वार प्रणाली लागू
गरेपछि मेजर सिंहले नगर प्रंमुख तिलक राईसँग राहत वितरणका लागि पहल गर्नुभएको र राईले स्विकृत दिएपछि वडानं. १३ का वडाअध्यक्ष नेत्रप्रसाद काफलेसँग समन्वय गरी वडां १३ का ४८ परिवारलाई राहत वितरण गर्नुभएको हो । यस्तो प्रतिकूल अवस्थामा सर्वसाधारण, ज्याला मजदुरी गरी जिविकोपार्जन गर्नेहरुलाई राहत उपलब्ध गराउन इच्छा व्यक्त गर्नुभएकोमा मेजर सिंहलाई वडाअध्यक्ष काफ्लेले वडासमितिको तर्फबाट धन्यवादपत्र प्रदान गर्नुुभएको
थियो । राहत वितरण सम्बन्धमा छोटो प्रतिक्रिया दिँदै मेजर सिंहले भन्नुभयो गरिब तथा विपन्न परिवारको नामावली संकलन गरेर वडा समितिले उलब्ध गराएपछि आफूले एउटा सानो सहयोगमात्र गरेको हुँ ।

तपाईको प्रतिक्रिया