छेपारोलेझै पार्टी परिवर्तन गरी पद हत्याउने रेग्मी फिस्टुला, युरो गाइनो फेलोसीप र ट्रिटमेन्टमा बार्षिक लाखौ असुल्दै विगतदेखि नै उपकुलपतिलाई गुमराहमा राखी डब्लुएचओले निःशुल्क उपचारमा दिएको डोनेशनको खोजी कसले गर्ने ?

धरान÷छेपारोले रंग पविर्तन गरेझै जुन पार्टीको स्वास्थ्यमन्त्री आउँछ सोही पार्टीको सदस्यता लिएर पदीय मर्यादा विपरीत कमाउ गोरस धन्दा चलाउने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका गाइनो विभाग प्रमुख मोहनचन्द्र रेग्मी यतिबेला रिक्त रजिष्ट्रार पदका लागि दौडधूपमा लागेका छन् ।
विगतमा नेपाल सद्भावना पार्टिका अध्यक्ष राजेन्द्र महतो स्वास्थ्य मन्त्री हुँदा सदभावना पार्टीको सदस्यता लिने, नेपाली काँग्रेसका युवा नेता गगन थापा स्वास्थ्य मन्त्री हुँदा चितवन पुगेर नेपाली काँग्रसको सदस्यता लिएको, संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य मन्त्री हुँदा सोही पार्टीको सदस्यता लिएको र हाल सत्ता पक्षीय नेकपाको क्रान्तिकारी सदस्य भएका रेग्मी वर्तमान उपकुलपतिलाई समेत गुमराहमा राखेर आफनो कमाउ धन्दालाई
निरन्तता दिन सफल भएका छन् ।

प्रतिष्ठानका एक चिकित्सकले दिएको जानकारी अनुसार वर्तमान उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई प्रभावमा पारेर निजले फार्मेसीको करोडौको औषधि खरिदको अध्यक्ष सोही खरिद मुल्यांकन समितिको समेत अध्यक्ष भएका मात्र छैनन लेखाका इमान्दार कर्मचारीको तेजोबध गरी आफ्नो अनुकूलका मानिस ल्याउने काम समेत गर्न भ्याइसकेका छन् । ती चिकित्सकका अनुसार आफ्नो जिम्मेवारी भन्दा पनि चाकडी गरेर पद हत्याउन निज चतुर मानिन्छन । अर्का चिकित्सक भन्छन् गाइनो विभाग अन्र्तत रहेको फिस्टुला फाउन्डेशन नेपालको अध्यक्ष (प्रतिष्ठानको) अध्यक्ष रहेका रेग्मीले फाउन्डेशनमा आएको
रकम आफ्नो निजी प्रयोजनमा खर्च गर्ने गरेका छन् । फाउन्डेशनमा विभिन्न एनजिओ र आइएनजिओ मार्फत रकम आउने गर्छ । त्यसरी आएको उक्त
रकमले फिस्टुलाको विरामीहरुको निःशुल्क सर्जरी गर्ने, औषधोपचार गर्ने, विरामी ठीक भएपछि घरसम्म जान खर्च दिनुपर्ने हुन्छ । तर निजले अहिलेसम्म फाउन्डेशनको रकमबाट कसैको निःशुल्क उपचार गरेका छैनन् । दुई बषको अवधिमा निजले ३५ लाखको गाडी कसरे किने
त ? ती चिकित्सकको प्रश्न थियो ।
आफ्नो नाम उल्लेख नगर्ने शर्तमा अर्का चिकित्सक भन्छन् फिस्टुला फाउन्डेशन नेपालमा विश्व स्वास्थ्य संगठनबाट लाखौ रुपैया आउँछ । एकजनाको उपचार गरेपछि तीन चारजना फर्जी अन्य विरामीको नाम थपेर त्यसवापतको पैसा असुल्छन् । त्यसैगरी युरो गाइनो फेलोसीप प्रोग्राममा समेत एनअिजओ आइएनजिओबाट छुट्टै पैसा आउँछ । बार्षिक रुपमा लाखौ रुपैयाँ यो कार्यक्रमका लागि आएको पैसा समेत रेग्मी आफै बुझ्छन् । विगतमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका भिसी प्रा.डा. राजकुमार रौनियारले यति ठूलो रकम सिधै गाइनो प्रमुखको नाममा जानु भन्दा उपकुलपति कार्यालय मार्फत जाँदा राम्रो हुने बताउँदा रेग्मी रौनियारका विरुद्धमा उभिएका थिए । राजधानी बाहिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र फिस्टुला फेलोसिप प्रोग्राम र फिस्टुला ट्रिटमेन्ट प्रोग्रामका लागि विश्व स्वास्थ्य संगठनमार्पत विभिन्न एनजिओ र आइएनजिओबाट रकम आउने गर्छ । विरामीको निःशुल्क उपचारका लागि आएको रकम व्यक्तिले मनखुशी प्रयोग गर्नु आश्श्चर्य हो अर्का चिकित्सक बताउँछन् ।
अक्सर गरेर उपकुलपतिलाई विश्वासमा लिन उपकुलपति कार्यालयमै गाइगुई गरेर बसेको भेटिने रेग्मीले विगत चार बर्षदेखि गाइनो विभागमा कार्यरत सिनियर रेजिडेन्टलाई एसिस्टेन्ट प्रोफ्रेसरमा बढुवाका लागि विगतका भिसीहरुले भन्दा पनि हालसम्म गरेका छैनन् । उपेन्द्र यादव स्वास्थ्य मन्त्री छँदा उनकी छोरी तथा फरेन्सीक विभागका पूर्व पमुख विएन यादवकी बुहारी लगायत तीनलाई एसिएटेन्ट प्रोफेसरमा सिफारिस गरी एसिस्टेन्ट प्रोफेसर बनाएका थिए । सिनियर रेजिडेन्ट भएको १ बर्ष पछि एउटा थेसिस पूरा गरेपछि एसिस्टेन्ट प्रोफेसर बनाउनुपर्ने प्रतिष्ठानको नियमावलीमा स्पष्ट भएपनि चार बर्षदेखि सिनियर एसिस्टेन्ट भई दुई वटा थेसिस गर्दा पनि केहीलाई एसिस्टेन्ट प्रोफेसरमा सिफारिस नगर्नुको कारण के हुन सक्छ अर्का एक चिकित्सकले प्रश्न गरे । यही रवैया रहेमा प्रतिष्ठानमा बसेर काम गर्न सक्ने अवस्थामा नरहेको प्रष्ट पारे ।

तपाईको प्रतिक्रिया