धरान÷नेपाली काँग्रेसले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण, कोरोनाले महामारी रुप लिएको अवस्थामा पनि ओली सरकार नेपाली जनताको जीवन
रक्षामा असफल भएको, सरकारका मन्त्रीहरु भ्रष्टाचारमा निर्लिप्त भएको भन्दै हिजो ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ
नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुंगानाका अनुसार असार १ गते सोमबार नेपाल विद्यार्थी संघले काठमाण्डौको विजुली बजारमा सरकारको व्यापापक रुपमा विरोध गर्दै प्रदर्शन गरेको थियो । असार २ गते नेपाली काँग्रेसका ७७ वटै जिल्लाका सभापतिको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी मार्फत प्र्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । यसैगरी सातवटा प्रदेशमा नेपाली काँग्रेसका संसदीय दलका नेताको नेतृत्वमा मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।
ज्ञापनपत्रमा कोरोना नियन्त्रणका नाममा भएको सबै खर्च सार्वजनिक गर्नुपर्ने, क्वारेन्टाइनहरु मापदण्ड अनुरुप बनाउनु पर्नेे, हस्पिटलका सेवा सुविधामा बृद्धि गर्नुपर्नेे, आरडिटी नभएर पिसिआर गर्नुपर्नेे, खाद्य संकट नियन्त्रण गर्नुपर्नेे, पर्याप्त राहतको व्यवस्था हुनुपर्ने, विदेशमा अलपत्र रहेका नेपालीहरुलाई सुरक्षित साथ स्वदेश ल्याउनुपर्ने, उनीरुको निःशुल्क उपचार हुनुपर्नेे, आर्थिक क्षेत्रमा परेको नकरात्मक
असरलाई न्यूनिकरण गर्दै जानुपर्नेे जस्ता मागहरु ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
