विकल्प विनाको लकडाउनले धेरै व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन्

कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारी नियन्त्रण र रोकथामका नाममा सरकारले चैत्र ११ गतेदेखि गरेको लकडाउनका कारण व्यवसायी क्षेत्र बर्षौसम्म उठ्नै नसक्ने अवस्थामा पुगेका छन् । आधिकारिक रुपमा सरकारले लकाउन हँटाएको घोषणा नगरे पनि सर्वसाधारण स्वस्फूर्त रुपमा स्थानीय निकाय र उद्योग वाणिज्य सघको पहलमा व्यापार व्यवसाय सुचारु गर्न थालेका छन् ।
बाहिरबाट आयात गरेर व्यवसाय धान्नुपर्ने बाध्यतामा रहेका नेपाली व्यवसायीहरु आफूहरुसँग प्रसस्त स्टोक नभएको, बाहिरबाट सामान आायात बन्द भएको, बैंकको व्याज र ऋणले सडकमा आउने अवस्था सिर्जना भएको, कार्यरत मजदुर कर्मचारीहरुलाई पारिश्रमिक दिन सक्ने अवस्था नभएको, मजदुर तथा कर्मचारी कटौती गर्नुपरेको यथार्थ एकातिर छ भने सरकार व्यापारीहरुलाई कर तिर्न उर्दी जारी गरिरहेको छ । सरकारको
रवैयाले उद्योगी, व्यवसायीहरुलाई थप चिन्तित र आक्रोसित बनाएको छ । यसपटक हामीले पूर्वाञ्चलमै हरेक उपभोक्ता तथा ग्राहकका बीचमा ब्राण्डको रुपमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्यसँग लकडाउनले व्यवसायीक क्षेत्रमा पारेको असरका सम्बन्धमा केन्द्रित रहेर वार्ता गरेका छौं । प्रस्तुत छन् वार्ताका सारसंक्षेप ः–
के कस्तो छ अहिलेको अवस्था ?
–राम्रो छ, बसी खान पाइएको छ ।
पूर्ण रुपमा डिपार्टमेन्ट स्टोर खुल्यो हैन त अब ?
–खुलेको मात्र छ ।
कुनै पावन्दी, समय सीमा त तोकेको छैन नि ?
– छैन । खाली होटल रेष्टुरेन्टहरु खोल्न दिइएको छैन । यहाँ खुलेपनि मोरङ्गको पथरी खोलेको छैन ।
पथरीमा किन नखोलेको होला ?
–खुल्ला । थाहा नभएर पनि खोल्न नदिएका होलान् । वाणिज्य संघका अध्यक्षसँग सम्पर्क राख्दा उहाँले आश्चर्य व्यक्त गर्नुभयो । उहाँले पनि हामी खोल्ने पहल गर्र्छौ भन्नु भएको छ ।
झण्डै तीन महिना पूर्णरुपमा लकाउन भयो । यो अवस्थामा व्यापार व्यवसायको अवस्था कस्तो रहयो ?
–हामी व्यापारी थियौ र ? हामी बाख्रा गोठाला हौ । पहिला बाख्रा गोठालै थियौ अहिले त्यही अवस्थामा आएका छौं । दुई चार दिन व्यापारी भएका थियौ फेरि बाख्रा गोठालो भएका छौं । अब सिद्धियो के को व्यापार व्यवसाय ? अब व्यापार भन्ने कुरा नै केही रहेन सिद्धियो अब । कुनै कुनै अर्थात जसको आफनो पूँजी थियो, जसको आफनो घर सटर थियो, आफै गरेको थियो त्यसको चल्ला । ऋण खाने, अरु मानिसबाट काम
गराएर व्यापार गर्नेहरु अब उठ्न सक्ने अवस्थामा छैनन् । धेरै उठ्न सक्दैनन । मैले त म आफू व्यापारी थिएँ भनेर विर्सन थालेको छु ।
तपाईलाई पूर्ववत रुपमा फर्कन कति समय लाग्ला ?
–सामान्य अवस्थामा आउन पूजी थप नगरी व्यसाय गर्नै सकिदैन । पूँजी कसरी कहाँबाट कस्ले थप गरिदिने हो त्यसको टुंगो छैन । पहिला जसरी चलेको थियो किस्ता व्याज जसरी बुझाइदै थियो लगभग तीन बर्ष त्यो बुझाउन सक्ने अवस्था बन्दैन , पूँजी थप भयो भने पनि । त्यसपछि शुरुका पाँच बर्षलाई एकदम मिनिमम किस्ता बनाएर जानुपर्छ । ऋणको पिरियड लामो बनाउन सकियो भने व्यापारीहरु केही बाच्न सक्लान् । नत्र हामी त गयौ वाईवाई भन्नुपर्ने अवस्था छ ।
यो समस्या सबै व्यवसायी हो कि तपाईहरुको मात्र हो ?
–यो कुरा अघि नै मैले भने नि जसको आफनो घर छ, आफ्नै पूँजीले चलेको छ र आफैले काम गर्छ उसलाई खासै असर पदैैन होला तर ऋण लिएर, अरुको घर भाडामा लिएर अरुबाट काम लगाएर व्यापार गर्ने ९५ प्रतिशतको अवस्था यस्तै हो ।
सरकारले त बैंकको व्याज घटाउने लगायत कुरा गरेको छ नि , त्यसले व्यवसायीलाई राहत होला नि ?
–त्यही भएर त तीन महिना भन्दा बढी व्यापार, व्यवसाय चलाउन नदिएर लकडाउन गर्ने अनि कर बुझाउन ताकेता गर्ने गरेको । करचाहिँ बुझाई हाल भन्छ । हाम्रो के बानी छ भने व्यापार गर्न एउटा इस्टिमेट बनायो । २० रुपैयाँको साामन २५ मा बेच्छु भनेर व्यापार ग¥यो । पाँच रुपैयाँ नाफा चाहिँ खाइहालौ भन्ने छ । त्यस्तो संस्कारका मानिस छांै । यत्रो दिन बन्द भयो व्यापारीहरुलाई अप्ठेरो परेको होला भन्ने चाहिँ सोच्दैन सरकार । हामीले चिल्ला गाडी चढ्न पाएनौ, कार्पेट फेर्न पाएनौ, जिम खाना खोल्न पाएनौ बुझाइहाल कर भन्छ सरकार ।
लकडाउनको अवधिमा कार्यरत कर्मचारी तथा मजदुरको पारिश्रमिकका सम्बन्धमा के छ ?
–हामीले यो लकडाउनको अवधिमा हामा कर्मचारी मजदुर नमरुन भनेर नुन र भातको गर्जो सम्म टारिदिएका छौं । त्यहाँ भन्दा बढी गर्न सक्ने अवस्था पनि थिएन । भोकले चाहिँ नमर है भनेर भन्यौ । पछि दुनियाँले जे गर्छ हामीले पनि त्यही गर्ने हो । गर्न सक्ने अवस्था साह«ै होला जस्तो छैन । आफैले घुँडा टेकिसकेपछि बाँकी के गर्न सकिन्छ ?
कर्मचारी तथा मजदुर कटौती गर्ने योजना त बनाउनु भएको छैन ?
–अहिले पनि हामीले कटौती गरिसकेका छौं । अहिले हामीले ६० प्रतिशत कटौति गर्नुपर्ने अवस्था छ । तर हाल हामीले जुन चलेको छ वा चल्न थालेको छ त्यसलाई दुई सिÏटमा गरेका छौं । ८ बजे आउनेहरुले एक बजेसम्म काम गर्छन् भने एक बजे आएकाले ६ बजेसम्म काम गर्छ । त्यसो भएपछि आधा दिनको काम भयो र आधा दिनको भए पनि पारिश्रमक पायो । एकैचोटी फ्याट्ट निकाल्दियो भने उनीहरु कहाँ जान्छन् ? यति हुँदा दैनिकी केही सहज हुन्छ । यतिमात्र हुँदा पनि नुन र भात चल्छ ।
हाल गोरखा डिपार्टमेन्ट स्टोेरमा ग्राहकहरुको भीडभाड कस्तो छ ?
–छैन भीडभाड । यस भन्दा अगाडि जुन तीन घण्टा खोलिन्थ्यो त्यसैले पुग्थ्यो । अहिले दिनभरि खोलेर केही हुँदैन ।
अहिले आउने ग्राहकहले के कस्ता सामान बढी मात्रामा खरिद गरिरहेका छन् ?
–अहिले दाल, चामल, तेल,नुन आदि नै बढी गएको छ । अलि बढी भनेको सावुन पनि विक्री भइरहेको छ । सेनिटाइजर र मास्क समेत गइरहेको छ ।
पहिला ग्राहकहरु जसरी सामान खरिद गर्थे त्यस्तो विक्री छैन ?
–छैन । बत्तीको पैसा पनि उठ्दैन ।, अहिले आधा स्टाफले जुन काम गरिरहेका छन् उनीहरुले ७५ प्रतिशत बत्ती निभाएर काम गर्न थालेका छन् ।
अब सामन्य अवस्थामा कहिले आउला ?
–अहिले सामान्य अवस्था होला जस्तो छैन । हामीले यहाँ गरेर मात्र हुँदैन । हामी विशेष गरेर भारत निर्भर छौं । भारत ठीक भएपछि यहाँ पनि सामान्य बन्दै जान्छ । चाइनामा जे भए पनि हामीलाई फरक पार्देन । यहाँका मानिस र भारतका मानिसको प्रत्यक्ष जनजीवन जोडिएको छ भारतमा ह्वारहवार्ती संक्रमित बढिरहेका छन् । यहाँ ठीक हुने कुरै भएन । यहाँका उद्योग धन्दा कलकारखाना कच्चा पदार्थको अभावमा बन्द भएका छन् ।
तोरी पिस्ने मिल समेत तेरी नभएर बन्द भएका छन । यी कच्चा पदार्थ आउने भारतबाटै हो । कच्चा पदार्थ नै नभएपछि कसरी चल्छन् ?
तपाईहरुसँग स्टक कस्तो छ ?
–बाहिरबाट सामान आएन भने हामीसँग भएको स्टकले मुस्किलले तीन महिना धान्न सक्छ । हाम्रोमा अहिले अर्थात नेपालमा भारतबाट ६५ प्रतिशत खाद्यान्न आयात हुन्छ । पहिला पहिला हाम्रो देशबाट निर्यात पनि हुन्थ्यो । तर अहिले त्यो अवस्था छैन । दाल मात्र ९५ प्रतिशत आयात हुँदो रैछ । काँचो सब्जी ६०–७० प्रतिशत आयात गर्छौ । कागतिमात्र प्रतिदिन २४ करोडको आयात हुँदो रहेछ । आइमाइले लगाउने टीकामात्र भन्सारमा सोध्दा ३० करोडको आयात हुन्छ । अरु कुरा छोडिदिउ । हामीले सबै कुरा आयात गर्नुपर्ने भएको छ । हामी परनिर्भर भएका छौं । आफ्नै जिल्लामा उब्जेको सब्जी लगेर फाल्र्छौ तर आयात गरेको मजाले खान्छौं ।
लकडाउन खुल्ला भएसँगै खाद्यान्नमा भीड

सरकारद्वारा लकडाउन खुकुलो भएसँगै सञ्चालनमा आएको गोरखा डिपार्टमेन्ट स्टोरमा ग्राहकहरुको भीड खाद्यान्नमा बढी हुने गरेको छ । ग्राहकहरु चामल, नुन, तेल, चिनी लगायतका साामन खरिदमा बढी देखिएको स्टोरका म्यानेजर श्रीप्रसाद गौतम बताउनुहुन्छ ।
खासगरी हाल स्टोरमा आउने ग्राहकहरु इटहरी आसपासका स्थानीयहरु नै छन । सार्वजनिक यातायतका साधन नचलेका कारण बाहिरबाट विगतमा जस्तो ग्राहकहरु आउन नसकेको गौतमको बुझाई छ । खाद्यान्न खरिदकै लागि आएकी स्थानीय प्रमिला विष्ट भन्छिन् लकडाउनको कुनै टुंगो छैन ।
कोरोना संक्रमितहरु बढेका बढ्यै छन् । भोलिका दिन के हो के हो ? त्यसैले अहिल्यै केही दिनकालागि जोहो गर्न खोजेको हुँ । त्यसो त
गोरखा डिपार्टमेन्ट स्टोरसँग यतिबेला तीन महिनालाई पुग्ने खाद्यान्न
रहेको छ । स्टोरका प्रबन्ध निर्र्देैशक बलराम आचार्य भन्नुहुन्छ खाद्यान्नका सबै सामान भारतबाटै आयात हुन्छ । हामी यतिसम्म परनिर्भर छौ कि सब्जीसमेत भारतबाटै आयात गर्छौ । हाम्रो स्टोकले तीन महिना त थाम्ला त्यसपछि यसै भन्न सक्ने अवस्थामा हामी छैनांै ।
गोरखा होटल र किचेन पूर्ण रुपमा बन्

गोरखा डिपार्टमेन्टमेन्ट स्टोरले आफ्ना ग्राहकहरुको सहजतालाई ध्यानमा राखेर स्टोरको छैठौ तलामा सञ्चालित गोरखा किचन सञ्चालनमा ल्याए पनि लक डाउन र कोरोना सन्त्रासका कारण पूर्ण रुपमा बन्द गरेको छ । स्टोरले गोरखा होटल प्रा.लि समेत बन्द गर्दा कार्यरत सैयौ कर्मचारीहरु बेरोजगार बन्न पुगेका छन् ।
सरकारले होटल, सार्वजनिक यातायात तथा भीडभाड हुने स्थानहरु सञ्चालनमा ल्याउन अझैसम्म बन्देज गरेका कारण गोरखा किचन र गोरखा होटल प्रालि सञ्चालनमा आउन सकेका छैनन् । कहिलेसम्म सञ्चालनमा आउला त भन्ने सम्बन्धमा प्रबन्ध दिर्नेशक आचार्य भन्नुहुन्छ यो सरकारको तजविज हो । कहिले खोलेको घोषणा गर्छ त्यही दिनदेखि खुल्ला ।

तपाईको प्रतिक्रिया