विजयपुरमा सडक छेउमा बनेका टहरा भत्काइयो

धरान÷ धरान १४ विजयपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने धरान उपमहानगर पालिकाको लक्ष्य अनुरुप बाटाको छेउमा बनाइएका घर टहरा भत्काउन शुरु गरिएको छ ।
विजयपुरमा रहेका हरेक सडक ३० फुटको मापदण्ड बनाई फराकिलो बनाउन थालिएसंगै बाटोको छेउमा बनाइएका घर तथा टहरा बनाइएको हो ।
यसै क्रममा धरान १४ नरसिंह छेउमा रहेको घर भत्काउने क्रममा स्थानीयहरुले विरोध गरेका थिए । तीसौ बर्षदेखि अर्थात पुस्तौदेखि बस्दै आएको दाबी गर्दै उनीहरुले कुनै सूचनाविना तथा विकल्प नदिई एक्कासी हटाउन खाजिएको भन्दै उनीहरुले विरोध गरेका थिए । नससिंह मन्दिर छेउ तथा गौधारा नजिक रहेको सानो एकतले घरसंगै भान्सा समेत बनाउन खोज्दा धरान उपमहानगरपालिकाको नगरप्रहरीले भत्काइदिएको छ ।
विगतमा वस्ती नहुदा यस स्थानको आफूहरुले संरक्षण गरेको र अहिले विकल्प नदिई हटाउन खोजिएको स्थानीय महेन्द्र तामाङले बताउनुभयो ।
यता धरान उपमहानगरपालिकाले भने विजयपुरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्य अनुरुप सडक फराकिलो बनाउने अभियान अन्तर्गत बाटोमा पर्ने घर टहरलाई भत्काइएको बताउनुभयो । उहाले यस सम्बन्धमा धरान उपमहानगरपालिकाले पटक पटक सूचना दिएको बताउदै उहाहरुलाई हटाउने नियत नभएको बताउनुभयो । उहाले सडकको मापदण्ड अनुरुप जथाभवि घर बनाउन छुट दिन थाले वेथिति बढ्ने भएकोले बाटो विस्तारका लागि जनताहरु नै कति ठाउमा स्वस्फूर्त रुपमा ठूला ठूला घर भत्काएर सहयोग पु¥याएको प्रसंग कोट्याउदै विकासको काममा सबैले सहयाग गर्नुपर्ने बताउनुभयो ।
धार्मिक पर्यटकीय गन्तव्य स्थलको रुपमा परिचित गराउन नगरपालिकाले अहिले विजयपुरमा रहेका मठमन्दिरको संरक्षण गर्दै त्यहासम्म पुग्न धरान २ सिंहदेवी चौकबाट दन्तकालीसम्म पुग्ने रेलिङ मार्ग निर्माण, धरान १ रेडक्रस लाइनबाट धरान १४ विजयपुरसम्म पुग्ने बाटो विस्तारको कामलाई निरन्तता दिएसंगै बाटोको छेउमा जथाभावि बनाइएका घर टहरा भत्काउन शुरु गरिएको हो ।

तपाईको प्रतिक्रिया