कोशी टप्पुका जिम्मेवार व्यक्तिबाटै भ्रष्टाचार भएको गाउपालिकाका अध्यक्षको आरोप

धरान÷ सुनसरीको कोशी गाउपालिकाका अध्यक्ष एयुव अन्सारीले कोशी टप्पु वन्यजन्तु आरक्षणमा जिम्मेवार व्यक्ति नै भ्रष्टाचारमालिप्तभएको आरोप लगाउनु भएको छ ।
अध्यक्ष अन्सारीले पत्रकार सम्मेलनको आयोजना नै गरेर आरक्षणका वार्डेन रामदेव चौधरीले आर्थिक अनियमितता गरेर करोडौ आर्जन गरेको आरोप लगाउनुभएको हो ।
अध्यक्ष अन्सारीले आरक्षणको संरक्षणमा स्थानीय तहको समेत उत्तिकै जिम्मेवारी भएपनि वार्डेन चौधरीले आफूखुशी मनपरी गर्दै यहा“ एकलौटी रुपमा आर्थिक आर्थिक अपलचलन गर्ने गरेको आरोप लगाउनुभयो ।
आरक्ष हाताभित्रपत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष अन्सारीले वार्डेन उपर स्थानीयतहसँग समन्वय वेगर आफुखुसी गर्ने गरेको, गाउ“पालिकाले चालेका योजनाहरुमा अवरोध पु¥याउने मात्र नभई आरक्षका नाममा हुने विभिन्न कामको ठेक्कापट्टाबाट मोटो रकम उठाउने गरेको जस्ता गम्भिर आरोप लगाउनु भएको हो । त्यहा रहेका संरक्षित दुर्लभ चराचुरंगी तथा चौपायाहरुको चोरी शिकारी अनाधिकृत रुपमा बढेको बताउदै चौधरीले रोकथामका प्रयासमा कुनै कदम नचाली प्रक्राउ परेका शिकारीहरुबाट मोटो रकम लिई छाडिदिने काम गरेको अध्यक्ष अन्सारीको गम्भीर आरोप छ ।
आरक्ष हाताभित्रका रुख कटान गरी विक्री गर्ने गरेको समेत वार्डेन विरुद्ध आरोप लगाइएको छ । सोलार फेन्सिङका नाममा ब्रम्हलुट मच्चाएको र विभिन्न विकासे योजना बारम्बार एउटै ठेकेदारलाई दिइनुले पनि वार्डेनको नियतमाथि प्रष्ट पार्ने अध्यक्ष अन्सारीले मिलेमतोको भनाई छ ।
आरक्षणका वार्डेन चौधरीविरुद्ध कडा रुपमा उत्रिनु भएका अध्यक्षअन्सारीले जंगली जनावरले दुःख दिँदा र ज्यान समेत लिदा वार्डेनले वेवास्ता गर्ने गरेको आरोप लगाउनुभयो । जनताप्रति वार्डेनको व्यवहार रुखो रहेको भन्दै अन्सारीले वार्डेनकै कारण आरक्षको बदनाम भैरहेको समेत बताउनुभयो ।
कोशी टप्पु भित्र हुने खुल्ला चरिचरणकालागि स्वयं वार्डेनकै
संरक्षण रहेको समेत अध्यक्षको दाबी थियो ।
हजारौंको सख्यामा आरक्ष भित्र चरणमा छाडिने चौपाया बापत वार्डेनले मासिक नजराना लिने गर्दा संरक्षित जनावर अर्ना संकटमा पर्न थालेको उहाको भनाई छ ।
अध्यक्ष अन्सारीले चौधरी वार्डेनका रुपमा कोशी टप्पुमा आयसंगै कोशी टप्पु वन्यजन्तु आरक्षण भद्रगोल भन्दै गएको बताउदै सम्बन्धित पक्षले यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।
यता गाउपालिका अध्यक्ष
अन्सारीका सबै आरोपलाई खण्डन गर्दै कोशी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले गाउपालिका अध्यक्ष अन्सारीले लगाएको आरोपमा कुनै सत्यता नभएको बताउनु भएको छ ।
चौधरीले व्यक्तिगत रिसिवी सांध्नआफुमाथि लान्छना लगाउने काम भएको प्रतिक्रिया दिनुभयो । नियम संगत भएका र गर्न खोजेका कतिपय काममा गाउँपालिकाले राजनीतिकविषय बनाएर लाद्न खोजेकोे उहाको तर्क थियो ।
स्थानीयहरुले भने आरक्षको विषयलाई लिएर जनप्रतिनिधि र संरक्षण अधिकृत बिच देखिएको यो नै पहिलो नभएको बताएका छन् । स्थानयिका अनुसार यसअघि समेत पटक पटकगाउँपालिका र आरक्षको कार्यालयबिच समन्वय अभावका कारण आरोप प्रत्यारोप बाहिर आउने गरेका थिए ।

तपाईको प्रतिक्रिया