धरान/विगतमा झौ यस पटक पनि शहीद दिवस आयो । सम्झनेले शहीदलाई सम्झिए नसम्झनेले वास्ता गरेनन् । सत्तासीनहरुले सहीदका शालिकमा औपचारिकता निर्वाह गर्न मात्र माल्यार्पण गरे भने सत्ता बाहिर रहेकाहरुले त्यो औपचारिकता समेत निर्वाह गर्न सकेको देखिएन ।
तर धरानका गोपाल शाकयले विगतमा झौ नपालका ज्ञात अज्ञात शहीदहरुको स्मरणमत्र गर्नुभएन । उनीहरुको आकृतिलाई चित्रमा उतारेर प्रदर्शनमा राख्नुभयो । नेपालमा हरेक बर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई शहीद दिवसका रुपमा मनाउने
गरिएको छ । शहीद सप्ताहका प्रारम्भिक दिन घोषणामै सीमित रहे पनि अन्तिम दिन अर्थात माघ १६ गते अन्तरक्रिया, रक्तदान, माल्यार्पण र योगदानको चर्चा हुने गरेको छ ।
चित्रकार समेत रहनु भएका
धरानका गोपाल शाकयले यसपटक पनि चार शहीदहरु गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चनद्र र शुक्रराज शास्त्रीसागै लौह पुरुष स्वर्गीय गणेशमनसि.ह, मनमोहन अधिकरी लगायतका नेताहरको समतच आकृति धरानको भानुचौकमा प्रदर्शनमा राख्ख्नुभएको थियो । सो को उद्घाटन वामपन्थी बुद्धिजीवि कृष्णप्रसाद श्रेष्ठले गर्नुभएको थियो । पेन्सिल र्आटबाट बनाइएका कालजयी देखिने शहीद र दिंवगत नेताहरुको तश्विर हेर्न भानुचैकका विहानैदेखि भीड लागेको थियो । चित्रकार शाकयले शहीदहरुको तस्विरसागै दिवंगत नेताहरुको तस्विर प्रदर्शनमा राख्नुभएको यो पहिलो पटक हैन । बीपी जयन्ति,
राष्ट्रिय मेलमिलाप दिवस, बीपी स्मृति दिवस, नेपाली कााग्रेसको जिल्ला अधिवेशन, महिला संघको जिल्ला तथा क्षेत्रीय अधिवेशनहरुमा समय सान्दर्भिक पेन्सिल आर्ट गरीएका बीपी, कृष्णप्रसाद भट्टराई, गणेशमानसिंह, मंगलादेवी सिंह लगायतका तस्विरहरु उहााले प्रदर्शनमा राख्दै आउनु भएको छ । उहााको तस्विरहरु प्रधानमन्त्री शुशिल कोइराला, रामचन्द्र पौड्याल, शेरबहादुर देउवा लगायत दर्जर्नैा केन्द्रीय स्तरका नेताहरुले अवलोकन मात्र हैन मुक्तकण्ठले प्रशंसा समेत गरिसक्नु भएको छ ।
