बीपीको लपारबाही: कोरोना संक्रमित रातभर प्रतिष्ठान बाहिरै

धरान, १७ जेठ

धरान÷ दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गएको बेला अस्तालहरुले यस्ता विरामीहरुलाई सहज रुपमा उपचार गर्न कठिन हुन थालेको छ ।
झापाको कचनकवज गाउपालिकाबाट शुक्रबार राति ल्याइएका २७ जना सक्रमणलाई कोभिड उपचार सेवा शुरु गरेको बीपी प्रतिष्ठानले बेड नभएको भन्दै रातभर बाहिर राखेसंगै नेपालको उपचार पद्धतिमाथि नै प्रश्न चिन्ह खडा भएको छ ।
दश बजे ल्याइएका उनीहरुलाई वेड अभाव देखाउदै र प्रतिष्ठानसंग समन्वय नगरेको भन्दै उनीहरु रातभर बाहिर बस्नुपर्ने बाध्यता भएको छ । यसले थप संक्रमणको जोखिम बढाएको छ ।
करिब साढे ९ बजे बीपी प्रतिष्ठान ल्याइएका उनीहरुले बेडकै अभावका कारण रातभर बाहिर बस्नुमात्र परेन राम्रोसंग खान समेत पाएका थिएनन् ।
प्रतिष्ठानमा अहिले पनि कोरोना संक्रमित विरामी ६७ जना रहेका छन् । ७० जनासम्म मात्र लिन सक्ने क्षमता भएकोले समन्वय नगरी यहा ल्याइएका कारण समस्या भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।
यो घटना सार्वजनिक भएपछि प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे वीपी प्रतिष्ठान आउनुभएको थियो ।
उहाले कोरोना संक्रमणलाई रातभर बाहिर राख्नु बीपीको लापारबाहीको पराकाष्ठा भएको बताउनुभयो । उहाले यस विषयमा प्रतिष्ठानका उपकुलपति प्रा.डा ज्ञानेन्द्र गिरीसंग पनि छलफल भएको बताउनुभयो । अबका दिनमा यस्ता गल्ति नदोहोरियोस् भन्ने छलफलबाट निष्कर्ष निकालिएको समेत उहाले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया