धरान, १२ ज्येष्ठ ः सप्तकोशी मोटर यातायात प्रा.लि. धरानले धरान उपमहानगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम नियन्त्रण तथा उपचारकोषमा २५ हजार नगद दिएको छ ।

धरान १३ की ५२ बर्षीया महिलामा कोरोना संक्रमण भएको पाइएपछि स्थानीय सरकारले राहत वितरणसंगै कोरोनाको टेष्टलाई प्राथमिकतमा राखेर काम गरोस् भन्ने उद्दे्श्यले कोषमा २५ हजार जम्मा गरेको सप्तकोशी मोटर यातायात प्रा.लि. धरानका सचिव हरि थापाले बताउनुभयो ।
उहाले धरानमा समेत कोरोना संक्रमण देखिएपछि टेष्टको दायरा बढाउन आवश्यक रहेको बताउदै पिसिआर विधिबाट कोरोना टेष्ट गर्न अनुरोध गर्दै धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईलाई रकम हस्तान्तरण गरेको बताउनुभयो ।
