नयाँ संविधान नआएकोमा अमेरिकामा बस्ने नेपाली कलाकार निराश

संविधानसभाले तोकेको मिति ८ माघमा नयाँ संविधान जारी नभएकोमा प्रवासमा रहेका कलाकार दु:खी छन् । विभिन्न कामको सिलसिलामा अमेरिका पुगेका नेपाली कलाकारहरुले समयमा संविधान नवनेकोमा दलहरुप्रति रोष समेत व्यक्त गरे ।
सयममै संविधान आएको भए देश उँभो लाग्थ्यो कि भन्नेमा आशावादी रहेकी तिनै कलाकार आशावादी पनि छन् ।
टिकट रद्ध गरेँ : सरोज खनाल :
आठ माघमा नयाँ संविधान जारी भएको भए संभवत यति बेला सरोज खनाल नेपाल आइपुगेका हुन्थे । संविधान बन्ने आशमा नेपाल उड्ने टिकट काटेका खनालले संविधान नबनेपछि टिकटै रद्ध गरेको बताए ।
‘संविधान बनेको भए केही दिन नेपाल गएर रमाईलो गर्ने मन थियो ।’ उनले भने । अहिले अमेरिकामै रहेका हाँस्य कलाकार किरण केसीले जाँगर हराएको कुरा गरे । ‘संविधान समयमा नबनेपछि जाँगर हराउँदो रहेछ ।’ केसीले भने ।
डेढ महिनाको लागि अमेरिका पुगेका अभिनेता जीवन लुइँटेलले पनि संविधान नआएकोमा दु:खी छन् । उनलाइ चिन्ता छ फेरि शान्ति प्रकृया विथोलिने हो कि भन्नेमा । ‘संसारभर कहिँ नभएको गाइ जात्रा हाम्रो नेपालमा मात्रै हुँदो रहेछ ।’ उनले आक्रोश पोखे ।
नेताहरुले घिनलाग्दो खेल खेले : ओम बिक्रम बिष्ट
पप सम्राट ओम बिक्रम बिष्टलाई पनि संबिधान नआउदा दु:ख लागेको
छ । समयमा संविधान नआउनुलाई उनी नेपालीको बिडम्बना मान्छन् । नेताहरुले कुर्सीका लागि घिन लाग्दो खेल खेल्दा संविधान नआएको आरोप लगाए ।
जनताको घर जाने बाटै बन्द गरे नेताले : मिरा राणा
अमेरिकाको डिसी क्षेत्रमा संगीत पाठशाला खोलेर बसेकी गायिका मिरा राणाले नेताहरुकै बदमासीका कारण संविधान नबनेको टिप्पणी गरिन् । समयमा संविधान नबनाएर नेताहरुले जनताको घरमा जाने बाटै बन्द गरेको टिप्पणी गरिन् उनले ।
तिलहरी, देउकी, दाजुभाई, पछयौरी जस्ता थुप्रै चलचित्र निर्देशन गरेका बेनु प्रधानलाई पनि तोकिएकै मितीमा संविधान नआउदा नमज्जा लागेको
छ । जनताले दिएको अवसर नेताहरुले गुमाए भन्न पनि पछि परेनन् उनी ।
गायक कर्णदास दलका नेताहरु व्यक्तिगत स्वार्थवाट माथि उठ्न नसकेको टिप्पणी गर्छन् । गीतकार लिलु गुरुङ
निराश नहुन आग्र गर्छिन ।
तर, नायिका उषा पौडेललाइ निकै दु:ख लागेको रहेछ । संविधानसभा भवनमा भएको कुर्सी र्तोडफोडले ‘भाइ फुटे गवार लुटे’ को सन्देश जाने हो कि भन्नेमा चिन्ता व्यक्त गरिन् उनले ।
दलहरु विच एक अर्काको खट्टा तान्ने प्रवृत्ति भएकाले संविधान नबने जस्तो लागेको छ निर्देशक शंकर
घिमिरेलाई । शंकरकी पत्नी नायिका ऋचा घिमिरे बहुमतले देशको बारेमा नसोचेसम्म संविधान नबन्ने धारणा
राख्छिन् ।

तपाईको प्रतिक्रिया