घण्टाघरबाट हेर्दा

किन नपत्याएका होलान् ?
अब कुनै पनि नेपालीले भोकभोकै मर्नु पर्देन भनेर पर्धानमन्तरी खप्रओेले अस्तिका दिन फेरि दोहो¥याउनु
भएछ । पर्धानमन्तरीले पहिलेदेखि नै भन्दै आएको हो कुनै नेपालीले खान नपाएर भोक बस्नै पर्दैन । सरकारले सुती सुती ओछ्याउनमै पु¥याएर भात खुवाउँछ, भात खानकै लागि विदेश जानुपर्दैन भनेर त्यत्रो भन्दा पनि नेपालीहरु ज्यान गए पत्याउँदैनन् । अस्तिका दिन विचाराले फेरि घरेलुु नगर दमक आएर त्यही कुरा दोहो¥याउनु भएछ । कमसेकम पर्धानमन्रीे भनेको कुरा त पत्याइदिनु नि । अरुले भनेको नपत्याए केही थिएन । पर्धानमन्तरी भन्या पर्धानमन्तरी नै हुन् । उहाँले त्यसै थुतुनो चलाएको त पक्कै होइन । त्यत्रो हावाबाट विजुली निकाल्न सक्ने, घरघरमा ग्याँसका पाइप ठ्याँस ठ्यास्ती हुल्दिन सक्ने, पानी नभाकै ठाममा सर्रर्र पानी जहाज हुइँक्याइदिन सक्ने, पूर्व पश्चिम रेलमार्ग सनन दौडाइदिन सक्ने पर्धानमन्तरीले बोलेपछि पत्याउनु पर्दैन ? जन्ता भेडै रै’छन् । खाली केही गरेन भन्या छ, धारे हात लगाको छ । काम नगरी माम पाइन्छ कि पाइदैन एक पटक हेरम न त ।
प्रचण्डाउलाई चेताउनी
नेकपाका द्वितीय अध्येक्षे पचण्डाउको थुतुनै बैरी छ । जस्ले दूध भात खुवायो उसैलाई म्याउ गरेर चिथोर्न पुग्छन । कहिले आफूले पाँच हजार मान्छे मारेकै हो भनेर फलाक्दै हिड्छन्, कहिले के भन्दै हिड्छन् । प्रचण्डाउका भाषन र पानीमा छाडेको अपानवायु हात्ती छाप चप्पल र हात्ती उस्तै उस्तै हो नानु भने जस्तै हो । अस्तिका दिन उन्ले गिर्जाउको नाम लिएर उत्पातै मच्चाइदिएछन् । द्वन्द्वकालमा ठूला ठूला आक्रमण गर्न, सेनाका व्यारेक हान्न, पुलिसका चौकी उडाउन गिर्जाउले नै निर्देशन देको भन्दै फलाके । त्यसपछि त प्रचण्डाउ कहाँ जुठे कहाँ जुठेकी आमा भए । नेप्लिज काँग्रेसका भातृ संगठनहरुले विचारालाई ज्यादा नबोल्न चेताउनी दिएछन् । गिर्जाउ जिउँदो हुन्ज्याल चाइचुई नबोल्ने सिद्धिएपछि नाना फत्तुर गफ गरेसी कस्का कन्सिरी रन्किदैन । धेरैले त उनलाई मानसिक सन्तुलन गुमाएको मनुवासम्म भन्न भ्याए । तर प्रचण्डाउलाई कुनै गम्भीर रोगलेचाहिँ अवस्यै अँठ्याएको हुनुपर्छ नत्र किन त्यसरी बर्बराउथे ?
ठिंगा देखाउलान जस्तो छ
जन्मेको दुई बर्षसम्म नि न्वारान गरेर नाम जुराउन नसक्नेले मैले ह्याँ गरे र त्याँ गरे भनेर वित्थामा किन गुड्डी हाक्नु ? अब हेरम न प्रदेश न.. १ का मुख मन्त्रीको नाम मात्र शेरधन रै’छ । अरु प्रदेशका कस्ता कस्ता स्यालधनहरुले प्रदेशको नामांकन गरिसके । तर यिन्लेचाहिँ अहिले सम्म नाम जुराउन टडुकी कमाएका छन् । प्रदेशका पण्डितहरु जातीय आधारमा नाम राख भन्दैछन् तर केन्द्रका सिंहहरु जातीय पहिचानका आधारमा नराख भनेर तर्साइ रा’छन् । वडो सकसमा प¥या छन् विचरा । तिन्लाई यतिबेला के गरम के गरम भा’छ । दुई बर्षसम्म नाम नाख्दा पानी मरुवा, हुतिहाराको उपमा दिने राखौ त किल किलेमा पासो लाग्या छ । बरु नामै नराख्यो लन्टै साफ । कि कसो हौ ?
शेखराउको गनगन
नेप्लिज लाँग्रेसका केन्द्रीय सदस्ये शेखराउले अस्तिका दिन विराटनगरमा आएर दह«ो फलाकेछन् । पार्टी सभापति बुढानिलकण्ठे काजी धेरै जसो भ्रष्ष्टचार काण्डमा आफै मुछिएकाले पर्तिपक्षेको प्रभावकारी भूमिका खेल्न काँग्रेसले नसक्या रे । अरुले गाँड खोला खोल गरेका बेला आफ्नैले त्यसरी उदांगो पारेपछि कम्निष्टको सरकारलाई गतिलै फाइदा हुने भा’छ । यसो बन्द कोठामा बसेर बरु आफै आफै पाखुरा सुर्कासुर्की ग¥या भे एउटा वात हुन्थ्यो । खुल्ला रुपमा त्यसरी जोरी पारी हसाउने गरी लगौटी खोल्दिनु त भएन नि । हाम्रा शेखराउ पनि के के बोल्छन् बोल्छन् । यसो ठाम कुठाम हेरेर बोल्नपर्छ । आफ्नैले आफ्नाको हुर्मत लिएसीवातै खलास भएन र ? भ्रष्टाचार नगर्ने, नडकार्ने भेट्टाउन त अहिले साह«ै गाह«ै पो छ त गाँठे । खाने मामलामा कोही चुक्या भए पो ।
जग्गा भाका निर्दोष
नेपालको कानून दैवले जानून भन्थे हो रै’छ । तर वर्तमान सरकार गठन भएसी’ दैव पनि नेपालको कानूनका
बारेमा नजान्ने भइसके । कुन बेला कस्ले के भन्छन् थाहै नहुने । अँठ्याउनुपर्नेलाई छोड्या छ छोड्नुपर्नेलाई अँठ्याएको छ । मुद्दा चलाउनु पर्नेलाई उन्मुक्ति दिएको छ उन्मुक्ति दिनु पर्नेलाई मुद्दा चलाएको छ । अनि दैवले फुइøयाँ थाहा पाऊन ? अब हेरम न जस्का नाममा वाल्वाटारको जग्गा छ, घर छ उचाहिँ निर्दाेष । जस्का नाममा फुट्टीभाङ्ग केही छैन उचाहिँ निर्दाेष रे । वाल्टाटार बडो चर्चित काण्ड भयो । लुते, गाडा जसका नाममा नि हिजो आज वाल्वाटार जग्गा काण्ड उजागर भै’हाल्छ । गुमनाम से अच्छा बदनाम ठीक भनेर त्यसै भन्या हैन रै’छ । सोझा औलाले घ्यू नआएसी अलि कति टेडो त गर्ने प¥यो । वाल्वाटार जग्गा काण्डले उत्पाद नमच्चाएको भए सकुम्बासी विष्णु पौड्यालको नाम यति विघ्न कसैले जप्थे । तर माकुने, वाउराम लगायतकाहरुले उन्मुक्ति पाएपछि नेप्लिज जन्ता मात्र हैन दैव पनि छक्क प¥या छन् ।
सेतापानीबाटै फर्केछन्
गोडापाँचेक दिन अगाडि रक्षामन्त्री इश्वर पोख्रेल बाजे कालापानी जाने काला पानी जाने भनेर मच्चिदै आएका थिए । राज्यकेो ढुकुटी खर्च गरेर हेलिकोप्टरको जोहो पनि भयो । हेलिकोप्टरमा को को जाने भनेर आदमीको टुंगो पनि लाग्यो तर कालापानी नपुगी सेतापानीबाटै फर्केर आएछन् । नमच्चिने पिङको सय झड्का भन्या यही हो । भारतले कालापानी, लिम्पियाधुरा, लिपुलेक मिच्या हो होइन भनेर हेर्न गा’रे । ठाममा नपुगी वरैबाट फर्केछन् । हेलिकोप्टरबाट त्यहाँ हिउँ मात्र देखेछन् । हिउँ भाको ठाममा हिउ नभएर फुइøयाँ देखिन्छ त ? हावामा वायु छोडेझै निरक्षण गरेर हुन्छ त ? जे होस काम नभाका बेला हेलिकोप्टर चढेर घुमघाम गरेर फर्केछन् ।
श्रीमतिको सम्पत्ति चाहिने
हैन हौ यो मुलुकाँ कानून पनि कस्ता कस्ता बन्छन् हँ ? हेरम न अब कुनै प्रहरीलाई काम गर्न मन लागेन भने उसले राजीनामा दिएर नहुने भएको छ । उसकी श्रीमतिको अनिवार्य सहमति चाहिने रे । जागिर एउटाको सहमति अर्काको । पियनको जति तलब नहुने पप्हरमिा बसेर
परिवार पाल्नै मुस्किल हुन थालेपछि प्रहरी कर्मचारीहरुले भटाभट राजीनामा दिएर विदेशतिर दौडन थालेपछि प्रहरीका हाकिमले नयाँ नियम बनाएछन् । टाठाबाठा प्रहरी कर्मचारीहरुले भाडामा श्रीमति खोजेर भए नि प्रहरी कर्मचारीबाट छुट्कारा पाउँछन् । तर यसो गर्न नसक्नेहरुलाई भने कम्ता अप्ठेरो प¥या छैन । भाडामा नि खोज्न सक्ने आफ्नो श्रीमतिले पनि स्वीकृत नदिने भएपछि सोझा प्रहरी कर्मचारीहरु डल्लो परेर बस्या छन् । हाकिमको घरमा भाँडा माझ्ने, भकारो सोहोर्ने, हलो जोत्ने, भात पकाउने, नानीहरुको स्याहार गर्ने, जुत्तामा पालिस लगाइदिनेलाई काुनले बाँधेर पनि कज्याउनु परेन ? खै कुरा बुझेको ?
अन्तेमा
हिजोआज सुचने मन्त्री माने सञ्चाारमन्त्रीको चुरिफुरी अलि कम भा’जस्तै छ । जथाभावि प्याच्च प्याच्च बोल्ने, कसैलाई गन्दै नगन्ने सुचने मन्तरीको स्वर मात्र हिजो आज काँपेको छैन तडक भडक पनि स्वाट्टै घट्या छ । आगो खाएर अंगार विस्ट्याउँला झै गर्ने गोकुल बास्कोटाको बुद्धि फि¥या हो कि कसैले सात्तो उडाइद्या हो । छुट्याउनै गाह«ो भयो । घण्टाघरलाई एउटा कुराको याद आयो अमेरिकाले दिने सहयोग एमसिसी संसदबाट
पारित भएन भने अमेरिकाले सुलेमानी बनाइदिन्छ भन्थे । सुलेमानी बनिने त्रासले पो हो कि हिजो आज तिन्का होसहवास उडेको ? मनको वह कर्सैलाई नकह भन्छन् । तिनले पनि प्रष्ट भने पो चाल पाउनु । तै पनि यसो दुःख सुनाए मन हलुंगो हुन्छ भनछन् तर गोकुल बाजेले मनको वह गुम्स्याएरै राख्ने भए ।

तपाईको प्रतिक्रिया