धरान÷ सर्वसाधारको नैसिंग अधिकार्र शिक्षा, स्वास्थ्य, रोजजार भएपनि अझै पनि यस्ता कुरा सर्वसाधारणको पहुँच भन्दा बाहिर रहेको छ । दुर्गम ग्रामीण क्षेत्र मात्र हैन सुविधा सम्पन्न सहर बजारमा समेत यी कुराहरुका पहँुच सर्वसाधारणमा पुग्न नसकेको धरान ६ पानमारामा राखेका निःशुल्क स्वास्थ्य शिविरबाट प्रष्ट हुन्छ ।
स्वास्थ्यका लागि सहकार्य मूल नारा बोेकेको चिकित्सकहरुको सेवामुलक संस्था हातेमालो फाउन्डेशन र सामुदायिक प्रहरी साझेदारी अन्तर्गत इलाका प्रहरी कार्यालय धरानको संयुक्त आयोजनामा धरान ६ पानवारीमा रहेको सरस्वती माविको प्रांगरणमा राखिएको निःशुल्क स्वास्थ्य शिविरमा आएका सर्वसाधारण दंग देखिन्थे । खर्चको अभाव, स्वास्थ्य समस्याका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म जान नसकेका बृद्ध, बालबालिकाहरु सबैभन्दा बढी खुशी देखिन्थे । कारण आफ्नै गाउ, टोलमा बीपीमा पाइने सम्पूर्ण उपचार सेवा पाउदा उनीहरुलाई ढुंगा खोज्दा देउता मिलेझै भएको थियो । खुट्टादेखि शिरसम्म झमझम पोल्ने, आखा विजाएर हेर्न नसक्ने अवस्थामा पुग्नु भएकी धरान ६ की ६० बर्षीय मितल राई गाउमै बीपीका चिकित्सक तथा धरानमा रहेका अन्य चिकित्सकको टोलीले एकै ठाउमा सम्पूर्ण समस्याको उपचार गराउन पाउदा दंग हुनुभयो । हिड्न नसक्ने अवस्थाको उहाले गाउमै चिकित्सकको टोली आएर उपचार
गराएको खुशी व्यक्त गर्नुभयो ।

यस्तै सोही स्थानका ८० बर्षीय दिप थापा मगरको खुसीको सीमा मितल राइको भन्दा कम थिएन । बर्षौदेखि घुडा दुखेर हिड्न नसक्ने अवस्था भएका उहाले गाउमै निःशुल्क स्वास्थ्य शिविरमा चेकचाज पश्चात निःशुल्क औषधि पाएकोमा उहाँ समेत दंग पर्नुभएको थियो ।
यी दुई त प्रतिनिधि पात्र मात्र हुन् यी र यस्ता ३ सय जना भन्दा बढीले हातेमालो फाउन्डेशन र इलाका प्रहरी कार्यालय धरानले आयोजना
गरेको निःशुल्क स्वास्थ्य शिविरबाट लाभान्वित भएका थिए । विद्यालय प्रांगरणभित्र मेडिसिन विभागबाट डा. भुपेन्द्र शाह, डा. अभिनाश राई, सर्जरीबाट डा. कुनाल विक्रम देव, नाक कान घाटीबाट डा.दिपक पौडेल, छाला तथा यौन रोग विभागबाट डा. अन्जन राई, बाल रोगबाट डा. राजेन्द्र राई र डा. शंकर यादव, डेन्टलबाट डा.पे्रक्षा महर्जन, हड्डी रोगबाट डा. कुमार गुरुङले त्यहा रहेका सर्वसाधारणको उपचार गराउनुभएपछि सबै सुविधा एकै ठाउमा पाउदा र चेकजाचपछि निःशुल्क औषधि प्रयोग गर्न पाउदा खुशी भएका हुन् ।
फाउन्डेशन दर्ता भएपछि चिकित्सकका टोलीले प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीसंग मिलेर धरान लगायत सुनसरीको बराह क्षेत्र,सदरमुकाम इनरुवा लगायतमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसकेको फाउन्डेशनका अध्यक्ष डा. इन्द्रकुमार लिम्बुले बताउनुभयो ।
ग्रामीण भेगमा मात्र हैन सहरी क्षेत्रमा समेत धेरै ठाउमा स्वास्थ्यको पहुच नपुगेकोले त्यस्ता ठाउकोे पहिचान गरी फुर्सदको समयमा यस्ता निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने गरिएको उहाले बताउनुभयो । धरानेहरु चिकित्सकहरुको विसुद्ध संंगठन फाउन्डेशनले स्वास्थ्यको पहुच सर्वसाधारणसम्म पुगोस् भन्ने अभिप्रायले नै विदाका समयमा निःशुल्क स्वास्थय शिविरका आयोजन गर्ने गरेको डा.लिम्बुको भनाई छ ।
यता स्वास्थ्य शिविरमा साझेदारी गर्र्दै आएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले सामुदायिक प्रहरी साझेदारी अन्तर्गत लागू औषध जनचेतना, हिंसारहित समाजको निर्माणमा सचेतना लगायतका कार्यक्रम गर्ने गरेको भएपनि पछिल्ला समय हातेमालो फाउन्डेशनसंग सहकार्य गरेर स्वाथ्यको क्षेत्रमा काम गरेको बताउनुभयो । उहाँले नागरिक स्वस्थ रहे मात्र स्वस्थ, अपराधरहित समाजको परिकल्पना गर्न सकिने भएकोले पनि फाउन्डेशनसंग मिलेर स्वास्थ्य सम्बन्धी सचेतना, निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न थालिएको बताउनुभयो ।
शिविरमा धेरै जसो छातीको समस्या, पेटको समस्या, मुटुको समस्या, दातको समस्या आखाका समस्या, छालामा इलर्जी, चिलाउने, आखाको समस्या, हड्डीका समस्या भएकाहरु चेकजाचका लागि आएका थिए ।
रकमको अभाव, समयको अभाव तथा हिडडुल गर्न नसक्नेहरु यो शिविरमा बढीमात्रामा भटिएका थिए । उनीहरुले समय समयमा यस्ता शिविर राखिदिए आफूहरु लाभान्वित हुने बताएका थिए ।
