धरान÷यहाँ स्थित दक्षिण एसियामै टपटेनमा रहेको नन् प्राक्टिसिङ्ग मेलिडकल कलेज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपतिमा कार्यवाहक उपकुलपति प्रा.डा. गुरुप्रसाद खनाललाई नै आगामी पाँच बर्षका लागि उपकुलपतिको जिम्मेवारी दिइने भएको छ ।
प्रतिष्ठानलाई नबुझेका, बाहिरबाट आएका, सरकारी अस्पतालमा दरबन्दी भएर निजी अस्पतालमा काम गर्दै आएका, प्रतिष्ठानमै रहेर विगतमा पदीय आचारण विपरीत काम गरेकाहरुले समेत उपकुलपतिका लागि आवेदन दिइएता पनि त्यस्ता व्यक्तिलाई नियुक्ति दिइए प्रतिष्ठानका शिक्षक, विद्यार्थी, र्कचारी, प्राध्यापकहरुले बहिष्कार गर्ने देखिएपछि उपकुलपतिमा प्रा.डा. खनालको सम्भावना बढेर गएको हो ।
गत असार २६ गते प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियारलाई मोटो रकम निर्माण व्यवसायीसँग घुस लिँदालिँदै अख्तियारको केन्द्रीय टोलीले रंगेहात प्रक्राउ गरेपछि उनी स्वतः निलम्बनमा परेका थिए । प्रतिष्ठानको रेक्टरको रुपमा काम गरिहनु भएका प्रा.डा. गुरुप्रसाद खनाललाई निमित्त हुँदै कावा उपकुलपतिको जिम्मेवारी दिइए पनि सिनेटको पौष २५ गते सम्पन्न ४३ औं बैठकले एक महिना भित्रमा उपकुलपति नियुक्ति लागि ३ सदयीय सर्च कमिटी गठन गरेको थियो । स्वास्थ्य मन्त्रालयले माघ ६ गते सार्वजनिक सूचना प्रकाशित गरी उपकुलपतिको रोस्टर तयार पार्न इच्छुकहरुसँग आवेदन सहितको विवरण माग गरेको थियो । सिनेटको ४३ औ बैठकले स्वास्थ्य मन्त्री भानुभक्त ढकालको संयोजकत्वमा राष्ट्रिय योजना आयोगकी सदस्य डा. उषा झा र अर्थ सचिव राजन खनाल रहेको समिति गठन गरेको थियो ।

गठित समितिले पाँच दिन भित्रमा इच्छुकहरुसँग आवेदन सहितको विरण मागेपछि १६ जनाले समितिमा आवेदन दिएका थिए । त्यसरी आवेदन दिनेहरुमा प्रा.डा. गुरुप्रसाद खनाल, प्रा.डा. पारस पोख्रेल, प्रा.डा. प्रल्हाद कार्की, डा. जीपी रौनियार, प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, प्रा.डा. सिएस अग्रवाल, प्रा.डा. विएन यादव, डा. नारायण विक्रम थापा, डा. अनिल मिश्र, प्रा.डा. सञ्जिव शर्मा, डा. गेहनाथ वराल, डा. ज्ञानेन्द्र गिरी लगायत रहेका छन् । उपकुलपतिको लागि प्रतिष्ठानबाट ८ र बाहिरबाट ८ जनाको आवेदन परेको छ ।
उपकुलपतिको लागि आवेदन दिने मध्ये प्रतिष्ठानलाई बुझेका, इमान्दार, निर्णय क्षमता भएका हालका कार्यवाहक उपकुलपति प्रा.डा. गुरु खनाल नै रहेको पतिष्ठानका चिकित्सक, कर्मचारी बताउँछन् । एक कर्मचारीले भने लामो समयदेखि रोकिएको चिकित्सक प्राध्यापकहरुको बढुवालाई खनालले निरन्तता दिनुभएको छ । झण्डै तीन बर्षदेखि बढुवा रोकिदा कतिपय चिकित्सक प्रतिष्ठान छोडेर हिड्ने मनस्थितिमा पुगेका थिए । तर उहाँले तिनीहरुलाई थुम्थुम्याउदै सिनेटले दिएको अधिकार प्रयोग गरी बढुवा गर्नुभएको छ । अस्तव्यस्त रुपमा रहको इमरजेन्सी विस्तार, डाइलासिस मेसिन खरिद गरेर पर्याप्त डाइलासिसको व्यवस्था, अक्सिन प्लान्टको सञ्चालन, सिटीस्क्यान सञ्चालन गर्नुभएको छ । अस्तव्यस्त भएको प्रतिष्ठानमा ८ महिना यता धेरै सुधार भएको अर्का कर्मचारीले बताए । इमरजेन्सी कक्षमै रहेको प्रहरी विटलाई व्यवस्थित रुपमा बाहिर राख्ने, विरामीका कुरुवा तथा आफन्तको सुरक्षालाई ध्यानमा राखी अनावश्यक मानिसको आवतजावतमा कडाइ गरिएको छ । विगत २२ बर्षदेखि प्रतिष्ठानमा बरिरिष्ठ हाडजोर्नी विशेषज्ञका रुपमा रही प्रतिष्ठानको सहायक अस्पताल निर्देशक, शिक्षाध्यक्षको जिम्मेवारी इमान्दारिताकासाथ पूरा गर्नुभएका खनाल प्रतिष्ठानको उपकुलपति बन्नुपर्ने अर्को एक चिकित्सकको भनाई छ । उनी भन्छन् राजनीतिक प्रभावमा आर्थिक लेखदेन गरेर कोही उपकुलपति बाहिरबाट आएमा प्रतिष्ठानका सम्पूर्ण चिकित्सक, विद्यार्थी, कर्मचारीहरु बहिष्कार गर्ने मनस्थितिमा पुगेका छन् ।
तर स्वास्थ्य मन्त्री भानुभक्त ढकाल व्यक्तिगत सम्बन्ध भएका विराटनगरका निजी मेडिकल सञ्चालक डा. ज्ञानेन्द्र्र गिरीलाई प्रतिष्ठानको उपकुलपति बनाउने तयारीमा जुटेका छन् । विगतमा शिक्षा र स्वास्थ्यमा व्यापारीकरण गर्नेहरुका विरुद्धमा खरो मन्तव्य दिँदै आएका स्वास्थ्य मन्त्री भानुभक्त ढकाल किन गिरीको पक्षमा उभिए भन्ने सवालमा मन्त्रालयका एक कर्मचारी भन्छन् व्यक्तिगत सम्बन्ध मात्र नभएर लेनदेनको पाटो समेतले काम गर्ने देखिन्छ । विराट मेडिकल कलेजका सञ्चालक समेत रहेका गिरीलाई उपकुलपति बनाइए प्रतिष्ठान तहस नहस हुने प्रतिष्ठानका चिकित्सकहरु बताउँछन् । विराटनगरमा मात्र केन्द्रित डा. गिरी कोशी अञ्चल अस्पतालबाट रिटायर्ड भएपछि कञ्चनबारीको नोवेल मेडिकल कलेज सञ्चालक मध्येका एक थिए । तर उनको कार्यशैली, प्रवृत्तिका कारण उनलाई त्यहाँबाट निकालिएको थियो । त्यसपछि उनी काठमाण्डौ गएर केही समयका लागि विएण्डवी अस्पतालमा काम गरे । पछि पुन विराटनगर आएर विराट मेडिकल कलेज खोली मेडिसिन डिपार्टमेन्ट चिफ भएर काम गरिरहेका छन् । यतिबेला उनी मन्त्री ढकालसँगको निकट सम्बन्धलाई भँजाउदै प्रतिष्ठानको उपकुलपति आफू बनिन्छ भन्दै हिड्न थालेका छन् । यहाँ स्मरणीय कुरा के छ भने २०७४ सालको संघीय संसदको निर्वाचनमा गिरीले स्वास्थ्य मन्त्री ढकाललाई आर्थिक सहयोग गरेका थिए । चुनावी प्रचार प्रसारमा समेत उनी खटिएका थिए । त्यसभन्दा अगाडि गिरी नेपाली काँग्रेस निकट मानिन्थे निर्वाचनमा गरेको लगानी उठाउन पनि उनी यतिबेला प्रतिष्ठानको उपकुलपति बन्न मन्त्री ढकालको पछि हात धुएर लागेको धेरैको अनुमान छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले उकुलपति नियक्तिका लागि तीन जनाको नाम कुलपति तथा प्रधानमन्त्री समक्ष पेश गर्नुपर्ने हुन्छ । तीन जनामा १६ जनामध्ये प्रा.डा. गुरुप्रसाद खनाल, डा. ज्ञानेन्द्र गिरी, डा. गेहनाथ बरालको नाम सिफारिस भएको स्रोतले जानकारी दिएको छ । गेहनाथ बराल डा. गिरी भन्दा पनि विवादित व्यक्ति हुन् । उनी झापा स्थित दुर्गा प्रसाईले सञ्चालन गरेको विएण्सी अस्पतालमा कार्यरत रहेका छन् । उनको दरबन्दी विराटनगर कोशी अञ्चल अस्पतालमा भए पनि निजी मेडिकल कलेजमा ज्यादा कमाई हुने प्रालोभनमा विएण्सीमा काम गर्दै आएका छन् । प्रतिष्ठानमा बराल जस्ता व्यक्तिलाई उपकुलपति बनाउने हो भने प्रतिष्ठानको दुर्दिन शुरु हुने प्रतिष्ठानका चिकित्सकहरु बताउँछन् । प्रतिष्ठानमा रौनियार प्रवृत्ति दोहोरिने उनीरुको तर्क छ । बराल प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् । पछिल्ला दिनमा प्रधानमन्त्री ओलीले पनि वास्तविकता बुझेर होला पहिला बरालको पक्षमा देखिए तापनि हिजो आज वास्ता गर्न छोड्नु भएको वालुवाटार स्रोतले जनाएको छ । अन्यका हकमा भने उपकुलपतिका लािग निवेदन हालेर चर्चामा आउने प्रवृत्ति मात्र देखिन्छ ।
