महिनामारीमा समयमा विद्यालयमा अपनाउनुपर्ने सचेतना कार्यक्रम

धरान÷महिनावारीका समयमा छात्राहरुलाई समस्या हुदा कतिपय छात्राहरु विद्यालय नै जादैनन् । उनीहरुलाई सो बेला आत्माग्लानी पैदा हुने गर्दछ । सो बेलामा छात्राहरुलाई सहज होस् र निर्धक्क विद्यालय जान पाउन भन्ने उद्देश्यले धरनका सामुदायिक तथा निजी विद्यालयहरुमा विभिन्न समुदायहरुले सचेतना कार्यक्रमलाई निरन्तता दिन थालेक हुन् ।
रोटरी क्लव अफ धरान घोपा, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कलेज अफ नर्सिङ र धरान उपमहानगरपालिकाको संयुक्त आयोजनामा महिनावारी सम्बन्धी सचेतना अभियान सुरु गरिएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कलेज अफ नर्सिङ डिपार्टमेन्ट अफ कम्यूनिटी हेल्थ नर्सिङकी एसोसियट प्रोफेसर शर्मिला श्रेष्ठले पब्लिकका कक्षा ९ र १० का छात्राहरुलाई महिनावारीको बारेमा सचेतना गराउनुभएको छ । महिनावारी सम्बन्धी विद्यालयको पाठ्यक्रमा रहेपनि अझ सचेतना गराउनु जरुरी रहेको एसोसियट प्रोफेसर श्रेष्ठले बताउनुभयो् ।
उहाले महिनावारी छात्राहरु गम्भीर विषय भएकोले उनीहरु खुलेर भन्न नसक्ने धकाउने भएकोले छुटै राखेर सचेतना गराउनु जरुरी उहाले बताउनुभयो । उहाले स्वास्थ्यसंग जोडिएको हुनाले महिनावारी भएको बेलामा के गर्न हुन्छ ?, के गर्न हुदैन ? त्यो थाहा नभइरहेको हुन्छ त्यस बारेमा उनीहरुलाई सचेतना गराउनु आवश्यक रहेकोले यो सचेतना अभियान शुरु गरिएको उहाको भनाई छ ।
विद्यालयमा छात्रहरुसंग बसेर पढ्नु पर्ने कारणले पनि आफुलाई परेको समस्याको बारेमा भन्न लजाउने गर्छन् । जसले गर्दा उनीहरुको ध्यान नजाने गरेको उहाको भनाई छ ।
विद्यालयका प्रअ इन्द्र मोहन झाले महिनावारीकै कारण छात्राहरु नियमित विद्यालय नआउने र आएका विद्यार्थी पनि विदा मागेर घर जाने गरेको बताउनुभयो । तर, पब्लिक माविमा गत वर्षदेखी अटोमेटीक प्याड वितरण गर्ने मेसिन राखेकाले त्यो संख्या अलिक घटेको उहाका भनाई थियो । अझ विद्यालयमा आएर छात्रा विद्यार्थीहरुलाई महिनावारी सम्बन्धी सचेतना कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्नेमा विश्वास व्याक्त गर्नुभयो । उहाले महिनावारीको कारण विद्यालय नआउदा उनीहरुको पढाइ विग्रने हु“दा गत वर्षदेखी स्कुलमा प्याड पाउने व्यावस्था गरेको बताउदै यसले ठुलो सहयोग गरेको बताउनुभयो । उहाले विद्यालयमा आएर महिनावारी सम्बनधी सचेतना कार्यक्रमले महत्वपूर्ण भमिका खेल्ने बताउदै योे आवश्यक रहेको बताउनुभयो ।
कक्षा ६ देखी माथीका छात्राहरुलाई महिनावारी सम्बन्धी सचेतना गराउने आयोजकले जनाएको छ । धरानका अन्य सामुदायिक तथा नीजी विद्यालयमा पुगेर अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । सामान्यतया पहिलो महिनावारी ११ वर्षदेखी नै सुरु हुने चिकित्सकहरु बताउछन् ।

तपाईको प्रतिक्रिया