घण्टाघरबाट हेर्दा

आफन्त नभएर नदेको रे
उपसभामुख डा. शिवमाया तुम्वाम्फेलाई सभामुख किन नदिया भन्ने कुरो त बल्ल चाल पाइयो । विचरीलाई सभामुख दिएनन दिएनन् उपसभामुखबाट पनि चैट्ट बनाइदिए । त्यतिका बर्ष दुःख ग¥या, डाक्टरसम्म भाकी शिवमायाले लाष्टा आफूलाई सभामुख नदिनुको कारण पत्तो लगाएरै छाडिन । शिवमाया खप्रओ र प्रचण्डाउको आफन्त नभएरै नद्या रे । कुरोचाहिँ गाँठी नै गरिन् । ती दुवैका आफन्त भैदिया भे शिामायालाई कस्ले हँटाउन सक्थ्यो ? चन्द्रेका बाबु इन्द्रले नि सक्ने थिएन । फेरि हाम्री शिवमाय पनि हुस्सु नै हुन् । मितेरी सितेरी भए पनि कुनै साइनो जाड्न पर्दैन ? बखतमा साइनो नजोड्दा पर्दै गुम्यो । राजनीतिमा जसले साइनो जोड्न सकेन,
ससुरालीको साइनो, जेठान, सालासालीको साइनो चौवीसै घण्टा आफ्ना आगेपिछे गर्ने नन्दीभृंगीहरुको बात नसुनौ भनेपनि आफ्नैबाट बैरी भइने । बरु नाता न गोता विनाकी शिवमायालाई नै मिल्काउन उनेरले उचित ठाने । राजनीति भन्या पनि यही हो आफन्त छाडेर अरुलाई काखमा राख्न सकिन्न क्यारे । कि कसो हौ ?
दन्ता नेपाली कुले
नेपालमा कम्युनिस्टहरुको कुरा बुझिनसक्नु छ वा † यिन्का बोली एउटा व्यवहारचाहिँ अर्कै हुँदो रै’छ कि क्या हो ? अम्रिकाले गरिबी निवारणका लागि दिन लाग्या ५० अर्ब रुपये लिनै हुदँैन । त्यो देशको हितमा छैन, त्यसले नेपाललाई विनास गर्छ, अम्रिकाको सेना नेपालाँ आउँछन् भनेर एकथरि कम्युनिस्टहरु भुक्याभुक्यै छन् । अर्काथरिचाहिँ सुटृुक्क अम्रिकातिर गएर उतै हराउँछन ् । हजार जिब्रा भएका शेष नागले पनि यिनको भेउ नपाउने रै’छ । अब हेरम न हिस्स परेकी, नेकपाबाट चुनाउ जितेकी, तिला गुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली एउटा कार्जेक्रममा भाग लिन भनेर अम्रिका गाकी ज्यान गए नि यता नफर्किने भा’छिन् । के फर्किउन त ? अम्रिका जान मान्छेले आफनो घरवार बेच्छ । ती त सुटुक्क छिरिछन् । स्वर्गजस्तो देश अम्रिका पुगेसी को फर्किन्छ त ? नगरपालिकाको उपप्रमुख भएर हल्लिएर कालिकोटतिर बस्नु भन्दा त अम्रिका कता हो कता । बाठी रै’छिन् दन्ता नेपाली । अब न तेपालाँ फलानो मरेछ भन्नु भन्दा पनि काल पल्केलाकी भन्ने त्रास पो भयो । अब जन प्रतिनिधिलाई विदेशतिरको कार्जेक्रममा पठाउन बन्द गर्नुपर्नेै भयो ।
भीख माग्दैन रे
नेप्लिज लाँग्रेसका मन्द बृद्धिका नेता डा. प्रकाश शरण महतले भन्या कम्निष्टसँग काँग्रेसले उपसभामुख पद भीख माग्दैन रे । काँग्रे्सको आफ्नै सिद्धान्त छ रे । सिद्धान्त जति सबै पोलिखाएपछि कम्निष्ट देशको भाले भएको ती लाल बुझक्कडलाई पत्तै
र्रैै’नद्धछ । राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, सवैधानिक राजतन्त्र अब काँग्रेसको सिद्धान्त भित्रै छैन । बाटो विराएर सडकमा सहयोगापेक्षी मार्न मगन्ते भएसी भीख नमागेर कस्ले दिन्छ ? खुसु खसुु बाल्वाटार गएर आफ्नी सासूलाई जापानको राजदूत फिर्ता नबोलाइदिनु भनेर कम्निष्टसँग माग्या कस्ले हो ? अरु पनि कति कुरा माग्या हुन माग्या हुन् । माग्नेले मागे जति दिनेले नदिएसी अहिले साखुल्ने बन्न वित्थाँ किन थुतुनो बजाउनु ? कम्निष्टहरु आफैलाई पद पुग्या छैन लाँग्रेंसलाई के दिउन ? उप सभामुख माग्दा लोप्पा खुवाइदिएको कस्लाई थाहा छैन ?
खत्राको घण्टी
हाम्रा बेराम पर्धामन्तरी खप्रओवााई प्रचण्डाउले चैनको शासन गर्न नदिने भए । के दिनमा एकता गरिएछ भनेर खप्रओवालाई पनि यतिबेला पछुतो लाग्न थाल्या होला । म ताक्छु मुढो बञ्चरो ताक्छ घुँडो भनेझै । सभामुखमा एउटा धारो उभ्यादिएसी चौतफी विरोध । त्यतै टेन्सिन । एमसीसी आनन्दसँगले पास गरमला भनेर सोच्या थिए त्यसमा पनि अवरोध, सवैधानिक निकायका लागि नियुक्त गर्न खोज्यो त्यतै अवरोध । हुँदाहुँदा अब त प्रचण्डाउले घरेलु मन्तरी रामबहादुरलाई समेत उचालेर एमसीसीको विरोध गर्न लगाएका छन् । यस भन्दा पहिला देव गुरुङ्ग लगायतलाई उचालेर भण्डाफोर गराउदै आएका थिए । हुन त नेपालको राजनीतिमा प्रचण्ड भन्या नै भाँड्ने, विथोल्ने, भत्काउने, विगार्ने पात्र हो भनेर सबैले बुभेका छन् । तै अब त सत्ता पक्षेको भएसी अलिकति सुध्रेकी भन्ने लाग्या थ्यो । किन सुध्रन्धे ? कुत्तिको पुच्छर १२ बष ढुंग्रामा राख्दा नि बाँगाको बाँगै । हिन्दी फिलिमको डाइलग जस्तै अगर हम सुध्रेगे तो कम आदमी हि नहीरहेँगे । कि कसो हौ ?
अब पैसोको टेन्सिन खलास
हाम्रा पर्धानमन्नतरी खप्रओ बा’ साह«ै दुरदर्शी रा’न । त्यसै रेल ल्याउछु, पानी जहाज ल्याउछु, घरघरमा ग्याँसका पाइप ठेँसी दिन्छु, हावाबाट विजुली निकाली दिन्छु, भात खान विदेश जानुपर्देन सरकारले ओछ्यानमै पु¥याइदिन्छ भनेर बोल्या हैन रै’छ । यत्तिका विविध गर्न पोेइसोचाहिँ कहाँबाट आउला भन्ने घण्टाघर सोच्थ्यो । तर अब पोइसोको टेन्सिन खलाँस । पोइसो त बुर्बुर्ती आउने भयो । एमसीसीबाट अम्रिकाले ५५ अर्ब दिने पक्का भा’छ । अम्रिकाले दे’सी चाइनाले पनि विआरआइमार्फत ६० अर्ब दिने भा’छ । यतिका रुपये आएसी खप्रओले बोलेका कुराहरु दनादन पूरा हुन्छन् । जोरीपारीहरु त्यसै हाम्रा पर्धानमन्तरीको विरोध गर्छन् । हावा नचली पात हल्लदैन । बुरुरु पैसो आउने चाल पाएरै पर्धानमन्तरीले त्यसरी हवाई कि हवाई बोल्या रै’छन्न् । अब पर्धानमन्तरीले हावा बोले, जेपिटी बोल्छन् भनेर उफ्रनेहरु के भन्लान् । आखिरी पर्धानमन्तरी पो हुन त । सुझ न बुझ त बोेल्या हैनन् क्यारे ? कि कसो हौ ?
कोखबाट दाह«ा भएका जन्मिए
प्रदेश नं १ मा तीन सिटका लागि अस्तिका दिन राष्ट्रिय सभाको चुनाउ भयो । दुई कम्निष्टको लगनगाँठो कस्एिसी’ यसपालि अरुले चान्स पाउने कुरै थिएन । तै पनि लाँग्रेसलाई आफन्तैले धोका नदिने विश्वास थियो । तर आफ्नैले पनि लँगौटी खोलेर देखाइ दिए । आफ्नै कोखबाट दाह«ा भएका जन्मिएपछि कस्को के लाग्छ ? दुई जना पर्देश सांसदले यस पटक नेक्पाको दह«ै ढेउवा पाएछन् क्यारे । खातापाता काँग्रेसको गीत गाता कम्निष्टको वाह † हुन त जस्को नमक खाइन्छ त्यसको भलो त चिताउनै प¥यो । काँग्रेसमा बसेर माल कमाउन नसकिने देखेसी तिन्ले नेकपालाई अध्यारो कोठामा छिरेर मत जाकेछन् । राम्रै धर्म निर्वाह गरेछन् । तीद दुवै पर्देश सांसदलाइ बधाई त दिनैपर्छ । मौकामा चौका हान्न सक्ने उनीहरुलाई कस्ले छुने । लाँग्रेसले छुए हुल बाँधेर उतै लहसिएलान् । जेहोस जस्तो आँगन त्यस्तै नाँच्न सक्ने तिनीहरुको कलाकारिता देखेर घण्टाघर पनि दंगदाश भा’छ ।
अन्धो अपांग भयो रे
आयाराम गयाराम नेताको दब्रिलो परिचये बनाएका बाउरामले अस्तिका दिन भन्या राज्ये सत्ता अन्धो र अपांग भयो रे । हैन हौ ती बाउरामले कसरी त्यस्तो बोल्न सक्या होलान् ? अहिले सरकारले बोल्नेको थुतुनो लुछ्ने कडा कानुन ल्याएको छ भन्ने कुरा तिन्लाई पत्तो रै’नछ कि क्या हो ? सरकारलाई अन्धो अपांग भन्न मिल्छ ? सरकारले हरेकतिर टुलुटुलु हेरेकै छ । मर्सिडिज, प्राडो, पजेरो, पिलेन, हेलिकोप्टर चढेर चार चौरास डुलेकै छ । टुलुटुलु हेर्ने र चार चौरास डुल्नेलाई पनि अन्धो र अपांग भन्न मिल्दैन नि हौ गाँठे ।
सरकारको कन्पारो तात्तिएका दिन थाहा पाउँछन् । दुई तिहाइको सरकार पो छ त । लत्तरो भन्ठान्या हो कि क्या हो ? थुतुनोमा जेपिटी आयो त्यही बोल्नु त अलि हजम हुँदैन है बाउराम बाजे । घण्टाघरले त सुझाउ द्या मात्र हो । माने मान नमाने नमान । घण्टाघरलाई लुतो न कन्याई ।
अन्तेमा
हिजो आज नेप्लिज लाँग्रे्सका सभापति स्यालबहादुर दाया बायाँ प्लाकपुलुक हेर्दै स्वाट्ट बाल्वाटार छिर्न थाल्या छन् । हुन त दुई चार पटक बाल्वाटार बस्या उन्लाई वाल्वाटारको यादले नि तानेको हुनुपर्छ । त्यहाँ बस्दाको स्वाद र आनन्द तिन्लाई राम्रैसँग थाहा छ । त्यही वाल्वाटारमा बस्दा वाइड बढीको कमिशन झारेको, वाल्वाटारको जग्गा खुसुखुस नाम सारी गराएको राजदूत नियुक्तिमा झोला भरेको, प्रहरी कर्मचरी सरुवा बढुवामा मुख मिठ्याइएको विचरालाई झल्झल्ती याद आउँदो होला । त्यही भएर उनी वाल्वाटार पुुगेर हाम्लाई नि विभिन्न ठामको नियुक्ति दिनुप¥यो, उपसभामुख हाम्लाई दिनुप¥यो, राजदूतका कोटाहरुपनि हाम्लाई छुट्याउनु प¥यो भन्दै छन् रे । उत्पात बाठा पर्धानमन्तरी खप्रओ पनि के कम देउवा जी हामी त तपाई मिलेरै खाम्ला नि भन्दिछन रे । त्यसपछि सिद्धिइ गयो नि । हिजो पनि यिन्ले मिलेरै खाएका थिए अब पनि मिलेरै बजाउने भए । हुन त खाने मामलामा नमिले नि भएन । कि कसो हौ ?

तपाईको प्रतिक्रिया