कुटपिटबाट एक जनाको मृत्यु

मोरङ÷मोरङको धनपालथान गाउँपालिका–४ मा कुटपिटबाट एकजनाको मृत्यु भएको छ ।
सोही वडाका ३८ बर्षीय बिशुन देव मुखियाको कुटपिटबाट मृत्यु भएको हो । गत माघ ४ गते धनपालथान गाउँपालिका–४ को एक होटलमा मादक पदार्थ सेवन गरी भएको बादबिबाद र कुटपिटबाट घाईते भएका मुखियाको उपचारको क्रममा हिजो, सोमवार राती साँढे ८ बजे बिराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको थियो ।
े कुटपिटमा संग्लग्न रहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुटपिटमा संग्लग्न स्थानीय ३० बर्षीय धनिराम मुखिया, २० बर्षीय हरिओम महतो, ३५ बर्षीय मणी चन्द्र महतो, ६१ बर्षीय रामबिलास महतो र ३२ बर्षीय शंकर महतोलाई ईलाका प्रहरी कार्यालय रङगेलीले नियन्त्रणमा लिएको हो । यसैगरी कुटपिटमै संग्लग्न रहेका १८ बर्षीय किसन महतो र १५ बर्षीया जमुना कुमारी महतो भने सामान्य घाईते भएका छन् । उनीहरुको प्रहरी चौकी कर्सियाको निगरानीमा स्थानीय मेडिकलमा उपचार भईरहेको छ । घटना सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया