विजयपुर अध्यात्मिक मञ्चद्वारा माघमा सामुहिक संस्कार गर्ने

धरान÷पछिल्लो समयमा सामाजिक संंस्कार भड्किलो बन्दै गएको महसुस गरी केही बर्ष अगाडिदेखि यस्ता संस्कार सर्वसुलभ ढंगबाट सबैको पहुच पुग्ने गरी विजयपुर अध्यत्मिक मञ्च सुनसरीले आयोजना गर्दै आएको सामुहिक संस्कार यस बर्ष पनि गर्ने भएको छ ।
धरान १४ मा रहेको पिण्डेश्वर मन्दिर परिषरमा यही माघ १३ गते मञ्चले यसरी सामुहिक सामाजिक संस्कार गर्न लागेको हो । मञ्चका महासचिव उद्धवप्रसाद अधिकारीका अनुसार सो दिन सामुहिक रुपमा ब्रतबन्ध, बेलविवाह, गुन्युचोली, छेवरको आयोजना गरिने भएको हो ।
२०४८ साददेखि नै शुरु गरिएको सामुहिक संस्कार बार्षिक रुपमा गर्दै आइरहेको बताउदै उहाँले पूर्वाञ्चलका धेरै जिल्लाबाट कार्यक्रममा सहभागी हुने गरेको छ । फजुल खर्च नगरौ मितव्यायी बनौ सामुहिक सस्कार कार्यक्रममा सहभागी बनौ भन्ने मुल उद्देश्य राखी सामुहिक ब्रतबन्ध कार्यक्रम आयोजना गरिएको मञ्चका अध्यक्ष पितरुमल अग्रवाले बताउनुभयो ।
सामाजिक संस्कारलाई व्यवस्थित बनाउन १५१ सदस्यीय मूल आयोजक समिति गठन गरि विभागीय समितिहरु समेत गठन गरिएको कार्यक्रमका संयोजक पंकज घिमिरेले बताउनुभयो । समितिमा संयोजक घिमिरे सहित प्रचार प्रसार संयोजक दुर्गा काफ्ले, पूजा मण्डप सजावट संयोजक हरिकुमार ढकाल, पूजा व्यवस्था संयोजक शुभद्रा सुवेदी, भण्डार व्यवस्था संयोजक हिमपसाद ओझा, स्वयम सेवक
परिचालन संयोजक अरुणा पोख्रेल, आवास व्यवस्था संयोजक भूपध्वज बुढाथोकी, जनसम्पर्क संयोजक प्रेमप्रसाद पौड्याल, अनुगमन तथा मुल्यांकन समिति संयोजक धरान उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई रहनु भएको मञ्चका सचिव कमल प्रसाद भट्टराईले जानकारी
दिनुभयो ।

तपाईको प्रतिक्रिया