धरान÷पछिल्लो समयमा हरेक जातजातिले आफ्नो संस्कृति तथा चाडपर्व सामुहिक रुपमा मनाउने प्रचलन बढेर गएको छ ।
युवा पुस्ता, बृद्ध बृद्धा तथा महिलाहरुको सहभागिता यस्ता मौलिक चाडपर्वमा बढी हुने गरेको छ । यस्तै मगरहरुले समेत सारल्हेस तथा माघे संग्रान्ती धरान ८ सभागृहमा सामुहिक रुपमा मनाएका छन् । आफ्नो पहिचानलाई उजागर गर्दै सांस्कृतिक पहिचानलाई जिवन्तता दिन उनीहरुले सामुहिक रुपमा सारल्हेस मनाएका हुन् ।
नेपाल मगर संघ धरान नगर समितिको आयोजनामा भएको कार्यक्रमा उनीहरुले आफ्नो संंस्कृति झल्कने हुर्रा नाच, विभिन्न सांस्कृतिक कार्यक्रम रमाइलोसंग मनाउने क्रममा उनीहरुले गुनासो भने पोख्न छाडेनन् ।
उनीहरुले आफ्नो यस्तो कार्यक्रममा निमन्त्रणा गरेका कोही पनि नआएकोले मगरहरुलाई उपेक्षा गरेका समेत भन्न भ्याए । मगर संघका
धरान नगर अध्यक्ष चित्र थापा मगरले स्थानीय, सरकार, प्रदेश सरकार तथा आदिवासी जनजातिका प्रतिनिधिलाई कार्यक्रममा निमन्त्रणा गरेको भए पनि नआएको प्रति दुःखेसो पोख्नुभयो ।
नगर अध्यक्ष चित्र थापा मगरले मात्र हैन कार्यक्रममा प्रमुख अतिथको रुपमा आउनुभएका संघको प्रदेश १ समिति अध्यक्ष तेजबहादुर थापाले पनि निमन्त्रणा गरेकाहरु नआएको प्रति आक्रोस पोख्नुभयो । उहाले राज्यबाट मगररुलाई विभेद गरेको आरोप लगाउनुभयो । कार्यक्रममा विभिन्न जातजातिका प्रनिनिधिहरुको उपस्थिति रहेको थियो ।
