घण्टाघरबाट हेर्दा

समृद्धिको परिकल्पना हा“स्यास्पद
संघीये समाजवादी पार्टीका अध्येक्षे उपिन्दर जादवके मन आजकल वडा खराब छे । विचराको मन खराब किन होस् त ? १८ महिना मन्तरी भएर सढकमा पुग्नु परेको पीडा उनमा जो छ । अस्तिका दिन उन्ले खप्रओलाई दह«ै व्यंग्य हान्देछन् । सधै अरुलाई व्यंग्य हान्ने पर्धानमन्तरी खप्रओको व्यग्यले अरुको हुर्मत लिन्थ्यो । यसपटक त जादवले उन्कै हुर्मत लिइदिएछन् । जादवले भन्या चार कक्षा उत्तीर्ण गर्ने मुलुकाँ शिक्षा मन्त्री छन् अनि किड्नी फेल भएका पर्धानमन्तरी छन् रे । यस्तो भएसी मुलुकाँ समृद्धिको परिकल्पना गर्नु हाँस्यास्पद हो रे । जादव जस्ता हरेउलाइ नि यस्ता गफ गन आम्दो
रै’छ । नेपालँ स्कुल, कलेज पढेको डिग्रीले मन्तरी हुने हैन भन्ने कुरा जादवले भुसुक्कै बिर्सेएछन् । कतिका हात खुट्टा खुस्काए, कतिका करङ्ग गने, कतिलाई ठगे, कतिलाई बेपत्ता बनाए, कतिको उठाबास लगाए भन्ने कुरा मन्तरी बन्नका लागि मुख्ये योग्यता हो भन्ने कुरा जादवले भेउ पाएकै रै’नछन् । शिक्षा मन्तरी, पर्धानमन्तरीले यस कुरामा ४६ बर्ष अगाडि नै प्रमानपत्र लिइसकेका हुन् । अनि जादवले जथाभा िअयोग्य भन्न मिछ । बात करता है ।
आस्थाको भाडभैलो
हैन हौ त्यो आस्था राउतले आफूलाई सुप्रिम गीतकार सम्झेको देख्दा घण्टाघरलाई आश्चर्य लाग्या छ । कौन पुछे केसरीके दाल भनेभै । न थुतुनोमा सिष्टता छ न स्वभावमा मिलनसारिता छ । यसो होटलहरुका एक आद्य गीत गाएकै भरमा आफूलाइ बडो सुप्रिम ठान्या रैछिन् । एयरपोर्टमा चेक जाँच गर्दा तिनले देखिएको चुरीफुरी बडो गज्जबको थियो चेकजाँचै नगरी तिन्लाई सिधै एयरपोर्टभित्र जानुदिनु पर्ने त होइन होला ? पहिला त साँच्चिकै महिला प्रहरीले गल्ति गरिन कि भन्ने लाग्या थ्यो राउतकै गल्ति देखियो । त्यसपछि साह«ाले तिन्लाई थाक्थाक र थुकथुक गर्न थालिहाले । अहिले गोहीको आँशु बगाउँदै सहमानुभूति बटुल्न खोजी रा’छिन् । राउतजस्ती पाङदुरेमाथि अब नेपाली स्रोताहरुले ज्यान गए नि सहानुभूति देखाउँदैनन् । कि कसो हौ ?
ल्वात्त टिका लगाएर बजाएछन्
नेपाली राजनीतिका शिखण्डी बाउराम भट्टराईले नेप्लिज जन्तालाई अझसम्म उल्लु बनाउन खोज्या देख्दा कन्सिरीको पारो त्यसै त्यसै चढेर आउँछ । जहिल्यै भडुवा गफ ग¥या छ । सद्धे कुरा कहिल्यै ग¥या छैन । कहिले हिन्दु धर्मलाई गाली ग¥या छ, कहिले के भन्या छ । न बोलीको टुंगो छ न राजनीतिको टुंगो छ । एक दिन अगाडिसम्म हिन्दु धर्मको हुर्मत लिएका बाउरामले माघे संक्रान्तिमा आफ्नो असली रुप राम्रैसँग देखाए । निधारमा रातो टिका ल्वात्त लगाएछन्, निधारमा तिलक पनि ट्यास्स लगाएछन् अनि भक्कु, चाकु, लड्डु, सेल बजाएछन् । हिन्दु संस्कारभित्रै पर्न माघे संक्रान्ति मनाउन तिन्लाई अलिकति कुरी कुरी लागेन ? हुन त तिन्का छद्म भेषको के कुरा गर्नु ? कहिले दशैको विरोध गर्छन., कहिले तिहारको विरोध गर्छन्, कहिले संस्कार र संस्कृतिको विरोध गर्छन् । प्रचण्डाउले त्यसै जोरलात्ती हानेर गल्छितिर पु¥याएका होइन रहेछ ।
मन मुटु नभएका पत्रका
पर्धानमन्तरी खप्रओले नेपालका पत्रकारहरुमा मन मुटु भएका पाएनछन् । उन्ले मन मुटु भएका पत्रकारहरुको धेैरै खोजी गरेछन् । तर मन मुटु भएका फेला पार्नेै सकेनछन् । हैरान भएर अस्तिका दिन त विचाराले मनको वह नै पोखेछन्, हामीले यत्रा काम गरेम तर कसैले प्रशंसा गरेर लेखिँदैनन् । केही दिन अगाडि वाल्वाटारमा दर्जनौ पत्रकारलाई सपथ खुवाइएको थियो । ती त मनमुटु भएका परेछन् भन्या त तिनी पनि उही ड्याङका मुला पो परेछन् कि क्या हो ? त्यहाँ पनि मन मुटु नभएकैहरुलाई सपथ खुवाइ छ क्यारे । नत्र त पर्धानमन्तरीले दुःखेसो नपोख्नुपर्ने हो । सरकारले हावाबाट विजुली निकाल्यो, घर घरमा ग्याँसका पाइप हुल्दियो, ३३ केजी सुनका मतियार अठ्यायो, वाल्वाटार जग्गाकाण्ड भा’कै होइन, फोरजी काण्ड भा’कै हौइन, यति काण्ड घटेकै होइन, वाडडवडी काण्डमा सरकारका मन्तरीहरुले माल खाएकै होइन भने लेख्न पत्रकारहरु मन मुटु भएका हुन् तर यसो नगरेपछि विचराको मन कुँडिदैन त ?
पा“चहजार मा¥या हो
नेक्पाको द्वितीय अध्येक्षे प्रचण्डाउले पाँच हजार मान्छे मारेको स्वीकारेका छन् । यस भन्दा अगाडि आफूले एकजना पनि नमारेको, कसैलाई एक लबेटो पनि नहानेको भन्दै आएका थिए । १७ हजारमा अरुचाहिँ कस्ले मारेछ । त्यो नि भागबण्डामै प¥या होला । केही हजार पूर्व माउवादी बाउरामको भागमा होला, केही हजार मोहन वैधेको भागमा होला केही हजार रामबहादुर थापा बादलको भागमा होला । आखिरी मलुकाँ सबै कुरा भागबण्डामै चल्या छ । गज्जब कुरा त के चाहिँ हो भने प्रचण्डाउले पाँच हजार मान्छे मारे भन्दा नि तिन्लाई नेपालको संविधानले छुन सक्क सक्दैन । गोडादशेक मान्छेलाई इँटा भट्टामा पोल्ने अफताब आलमचाहिँ जल पुग्छन् । क्या गज्जब छ हाम्रो नेपालाँ ?
देश बेच्न मिल्दैन रे
नेकपाका रुन्चे, पुतली जुँगे नेता माकुन्याले भन्या पैसामा लठ्ठिएर देश बेच्न पाइदैन रे । एमसिसी स्विकार्दैनौ रे । उल्टा वहती गंगा भन्या यही हो । माकुन्याउको बुद्धि पनि कहिलेकाही उल्टो दिशातर्फ जाँदो रै’छ । पर्धानमन्तरी, द्वितीय अध्येक्षे, पर्मुख पर्तिपक्षे दलका नेताले समेत एमसीसिको गाँड फुटने गरेर प्रसंसा गर्दा माकुन्याउचाहिँ किन विपरीत बोल्दै हिड्या होलान ? हुन त तिन्को बोली ताइ न तुइकै हुन्छ । कतै रामो भागबण्डा खोज्या होलान । चिच्याउदै हिडेसी’ खप्रओ वाको कानामा ठोकिन्छ । त्यसपछि वाल्वाटाराँ बोलाएर यसको कनीका छर्दैसी थुतुनो चलाउनै छाड्या थे । अहिले आएर फेरि प्यारप्यार गर्न थाल्या छन् । माकुन्याउको आइडियाचाहिँ मान्नै पर्छ वा †
किक आउट गर्नुपर्छ
लाँग्रेस महामन्त्री ससांक दा’ले अस्तिका दिन पश्चिमतिर गएर भनेछन् काँग्रेस बचाउने हो भने सभापति स्यालबहादुरलाई किक आउट गर्नैपर्छ । १४ औ महाधिवेशनमा हराउनै पर्छ । दाले कुराचाहिँ ठीकै ग¥या हुन् । तर थुतुनो बजारेर मात्र स्यालबहादुरलाई हराउन सकिदैन क्यारे । पहिला पनि हार्लान हार्लान जस्तै भा’थ्यो । स्यालबहादुरले महाधिवेशनबाट निर्वाचन जित्न के के गर्नुपर्छ भन्ने कुरा राम्ररी बुझ्या छन्, होटल होटलमा बस्ने महाधिवेशन प्रतिनिधिहरुलाई स्यालबहादुले जस्तो खातिर दारु अरु कस्ले गर्न सक्छ ? दारुपानी फ्रि, रुपेका वण्डल झोला झोलामा । अरुले यति विघ्न खातिर दारी गर्ने सक्दैनन् । जस्ले चारो छरेर खातिर दारी गर्छ त्यसलाई नजिताउ पनि भएन । नमकको सोझो गर्न नेपालीहरुले मज्जाले जान्या छन् । किक आउट गर्न कि खतिर
दारीमा प्रतिष्पर्धा गर्नु प¥यो । हैन भने प्याच प्याच बोलेर केही झर्ला जस्तो चाहिँ घण्टाघरलाई लाग्या छैन ।
अन्तेमा
पर्देश न. १ का मुख मन्तरीले यपटक पनि पर्देशको नाम जुराउन सक्लान जस्तो छेन । संसद चल्या छ तर पर्देशको नामले प्रवेश नै पाएन । जाबो एउटा नाम राख्न खुट्टा कमाउनेले वित्थाँ के बडे बडे कुरा गर्नु ? भाषन गर्न त दौडिएर जहाँ पनि पुग्छन् । कहिले धान रोपाइको उद्घाटन गर्छन्, कहिले मेलाको उद्घाटन गर्छन्, कहिले गाइ गोठको उद्घाटन गर्छन्, कहिले के को गर्छन् । उद्घाटनमा पर्धानमन्तरीलाई नै माथ खुवाउने गरी अश्वासन बाँड्छन् । धरान आए भने कहिले खलकुदको हव, कहिले शैक्षिक हब बनाइदिन्छु भन्छन् । अन्यत्र गए भने खै के के जातिको हव बनाइदिन्छु भन्छन् । यतिका दिन वित्यो तर कही फुट्टीभाङ्ग, केही बनेको छैन । जाबो एउटा नाम राख्नुको सट्टा कमाउनेले केही बनाउलान् भनेर कस्ले पत्याइदिने ? जन्ताले कर तिरेकै छन् । महँगा गाडीमा दौडियो भोजन ग¥यो, आराम ग¥यो । क्या मजगुन छ मुख मन्तरीलाई । भाग्ये त लेर आएकै रान । कसैले रिस गरेर फुइयाँ हुन्छ । कि कसो हौ ?

तपाईको प्रतिक्रिया