धरान÷नेपाल भारत फ्रेन्डसीप सोसाइटीका पदाधिकारीहरुले नेपाल र भारतको सम्बन्ध हिमाल झै अटल र गंगा झै पवित्र रहेको बताएका छन् ।
इनरुवा नगरपालिकाका प्रमुख राजन मेहतासहित सोसाइटीका पदाधिकारीहरुको आइतबार भारतको विहार राज्य अन्तर्गतको सुपौल जिल्ला र दरभंगा जिल्लाको दरभंगामा भएको द्विपक्षीय वार्ता सह भ्रमण अन्तर्गतको द्विपक्षीय बैठकमा सोसाइटी र विरपुर अनुमण्डलीय जनचेतना समितिका पदाधिकारीहरुले यस्तो बताएका हुन् ।
सो अवसरमा बोल्दै इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले भन्नुभयो नेपाल र भारतको सम्बन्ध हिमाल झै अटल र गंगा नदी झै पवित्र छ । दुई देश बीचको सम्बन्धमा खलल पु¥याउन केही तत्वहरु सदैव उद्यत रहेको प्रति सकेत गर्दै प्रमुख मेहताले जन स्तरबाटै प्रगाढ रहेको सम्बन्ध झिना मसिना कुराहरुबाट प्रभावित नहुने र नबिग्रिने समेत प्रष्ट पार्नुभयो । दुई देश बीचमा आपसी विश्वासको सम्बन्ध छ, ऐतिहासिक, धार्मिक, आर्थिक, साँस्कृतिक, भाषिक सम्बन्ध रहेको उल्लेख गर्दै प्रमुख मेहताले दरभंगा र विरपुरका भारतीय पदाधिकारीहरुलाई नेपाल भ्रमणको निम्तो समेत दिनुभएको थियो । नेपाल सरकारले सन २०२० लाई नेपाल भ्रमण बर्ष घोषणा गरेको जानकारी गराउँदै अधिक भन्दा अधिक भारतीय पर्यटकलाई नेपाल भ्रमण गर्न आग्रह समेत गर्नुभयो । नेपालका सुन्दर हिम श्रृंखला, स्वच्छ नदीनाला, हरियाली पहाड, महत्वपूर्ण धार्मिक स्थलले विश्वकै पर्यटकहरुलाई लोभ्याउने गरेको समेत उहाँले त्यस अवसरमा जानकारी गराउनु भएको थियो ।
अत्यन्तै सौहाद्र्धपूर्ण एवम् आत्मीयता साटासाट गर्दै भएको ती कार्यक्रममा भारतको विहार राज्य सुपौल जिल्ला वीरपुर अनुमण्डपका एसडिएम सुभाष कुमारले नेपालबाट गएका सोसाइटीका पदाधिकारीहरुलाई भव्य स्वागत गर्दे भन्नुयभयो नेपाल र भारतको सम्बन्धको व्याख्या शब्दमा गनै सकिदैन । विहार राज्यसँग जोडिएको पूर्वी नेपालका प्रसिद्ध धार्मिक स्थलहरु पाथीभरा माता, बराहक्षेत्र, हलेसी विहारका भारतीय नागरिकहरुको प्रसिद्ध धार्मिक स्थलहरु हुन् । यी स्थानमा विहारका मात्र नभएर दुर दराजका भारतीय नागरिकहरु समेत दर्शनका लागि पुग्ने गरेको दृष्टान्त उहाँले दिनुभयो । धार्मिक दृष्टिले नेपाल र भारतका नागरिकहरुलाई एक ठाउँमा उभ्याएको, दुवै देशका नागरिक बीचमा वहु, वेटी र रोटीको सम्बन्ध रहेको पनि सुभाष कुमारले प्रष्ट पार्नुभयो । उहाँले इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन नेपाल भ्रमणका लागि दिनुभएको निम्तोप्रति खुशी समेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो हामी नेपाल भ्रमणमा आउँछौं । दुई देशबीचको साझा रहन सहन, धार्मिक एकता तथा सहिष्णुता, आपसी सद्भावकै कारण दुई देशका नागरिकहरु एक अर्का देशमा निर्वाध आवत जावत गर्छन् । दुवै देशका नागरिकहरुलाई एक अर्का देशमा जानका लागि भिषा, पासपोर्ट समेत नचाहिने उल्लेख गर्नुभयो । उहाँले थप्नुभयो दुई देशको पारस्परिक सम्बन्धमा कुनै प्रकारको समस्या छैन । बेला बेलामा देखिने साना तिना समस्याहरु आपसी छलफल र समझारीबाटै सुल्झने गरेको भन्दै इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले भनेझै दुई देशको सम्बन्ध हिमाल झै अटल र गंगा जस्तै पवित्र रहकोमा जोड दिनुभयो ।यसैगरी भारतको विहार सुपौल जिल्ला विरपुरका एसएसपी रमानन्दकुमार कौशलले समेत नेपाल भारत बीचको सम्बन्ध अतुनलनीय रहेको कुरामा जोड दिनुभएको थियो । उहाँले भन्नुभयो दुई देशबीचको सम्बन्ध तुलनै हुन सक्दैन । संसारका कुनै पनि देशका बीचमा नेपाल र भारतको बीचमा जस्तो सम्बन्ध नरहेको उल्लेख गर्दै कौशलले पृथक प्रसंग उठाउनु भएको थियो । उहाँले भन्नुभयो दुवै देशको सीमा क्षेत्रमा बस्ने नागरिकहरुका केही दैनिकी समस्याहरु रहेका छन् । त्यस्ता समस्याहरुलाइ बेला बेलामा पहल गरिदिन इनरुवा नगरपालिकाका प्रमुख मेहतालाई आग्रह गर्नुभएको थियो । उहँले भन्नुभयो खास गरेर सीमा क्षेत्रमा बसोबास गर्ने दुवै तर्फका नागरिकहरुले घरायसी प्रयोजनका सामानहरु ल्याउँदा लैजाँदा समस्या हुने गरेको देखिएको छ । कार्यक्रको अवसरमा दरभंगा जिल्लाको दरभंगामा रहेको दरभंगा राजाको संग्राहालय, विवेकानन्द क्यान्सर रिसर्च सेन्टर लगायत स्थानको नेपाली पक्षलाई अवलोकन गराइएको थियो ।
