अभिव्यक्ति स्वतन्त्रता नरोक

पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले नागरिकको अभिव्यक्ति स्वतन्त्रता रोक्न नहुने कुरामा जोड दिनुभएको छ । पूर्व राजा शाहले
राष्ट्रिय एकता दिवस तथा नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको २९८ औं जन्म जयन्तिका अवसरमा विज्ञप्ती प्रकाशित गरी उक्त कुरा बताउनुभएको हो ।
पूर्व राजा शाहद्वारा जारी विज्ञप्तीमा भनिएको छ, नेपाल राष्ट्रका जनक, नेपाल निर्माता तथा नेपाली एकताका प्रतीक श्री ५ वडा महाराजाधिराज पृथ्वीनारायण शाहको २९८ औ जन्म जयन्ति तथा राष्ट्रिय एकता दिवसको शुभ अवसरमा मौसुफप्रति श्रद्धास्मरण गर्दैै हामी समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइहरुमा परस्पर प्रेम, सद्भाव र एकताका निम्ति शुभकामना व्यक्त गर्दछौं ।
विज्ञप्तीमा अगाडि भनिएको छ हाम्रा पूर्खाको पौरखले जोडिएको, जगेर्ना गरिएको हिमाल, पहाड र तराई मिलेर बनेको हाम्रो यो प्यारो मातृभूमि नेपाल सदा स्वतन्त्र, शान्त, अभिभाज्य र अखण्ड रहनु पर्दछ ।
राष्ट्र निर्माता श्री ५ वडामहाराजाधिराजका दिव्य उपदेशहरु आधुनिक नेपाल अधिराज्य निर्माणको प्रक्रियामा आज पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक रहेका छन् । जनमानसमा के छ र के भइरहेको छ सबैमा स्पष्टै छ । राष्ट्र नायकहरुको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्न नहुने, राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुन्ठित पार्ने एवम् मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट पनि हुनु हुदैन । सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन, विज्ञप्तीमा भनिएको छ ।

तपाईको प्रतिक्रिया