धरान÷धरानका चर्चित गायक निशान भट्टराइको सोमबार राति दुर्घटनामा परी काठमाण्डौमा निधन भएको छ । गायक भट्टराई काठमाण्डौ दरबार मार्ग स्थित रहेको एक रेष्टुरेन्टबाट फर्कने क्रममा दुर्घटनामा परेका थिए ।
टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल उपचारका लागि ट्रमा सेन्टर पु¥याइए पनि चिकित्सले मृत घोषणा गरेको भट्टराइको पारिवारिक स्रोतले जानकारी दिएको छ । गायक भट्टराई दबारमार्गस्थित वान थाइ रेष्टुरेन्टमा नियमित गायन प्रस्तुत गरेर फर्कने क्रममा दुर्घटनामा परेको धरान वडा नं. १४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराइले बताउनुभयो । वि.सं. २०४० सालदेखि स्टेज कार्यक्रमबाट उदाएका भट्टराइले पहिलो पटक कामनाले भरिएका गीत गाएर चर्चाको शिखर चुमेका थिए । दीर्घसिह बमको रचना रहेको कामनाले भरिएका गीत उनले रेडियो नेपालमा गएका थिए । उक्त गीतमा सुकमित गुरुङ्गले महिलाको स्वरमा भट्टराईलाई साथ दिएकी थिइन् । उनले रेडियो नेपालमा करिब ५ बर्ष काम गरेका थिए भने दर्जनौ लोकप्रिय गीत उनले स्रोतासामू पस्किएका थिए । स्व.
भट्टराइ चर्चित गायिका लोचन
भट्टराइका भाइ हुन् ।
