बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान देशकै गहना हो –कामु उपकुलपति प्रा.डा. खनाल

गुरु प्रसाद खनाल । नेपाल भारतको संयुक्त लगानीमा २६ बर्ष अगाडि स्थापना भएको अन्तर्राष्ट्रिय स्तरको नन प्राक्टिसिङ्ग मेकिल कलेज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कार्यवाहक उपकुलपति । विगत २२ बर्षदेखि प्रतिष्ठानमा सेवा गर्दै आउनु भएका बरिष्ठ हाडजोर्नी विशेषज्ञ समेत रहनु भएका खनालले प्रतिष्ठानको अस्पताल सह निर्देशक, शिक्षाध्यक्षको जिम्मेवारी सम्हाली सक्नु भएको छ ।
प्रतिष्ठानका निवर्तमान उपकुलपति प्रा.डा. राजकुमार रौनियार मोटो रकम नजाराना लिँदा लिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले रंगेहात समातेपछि स्वत ः निलम्बनमा परेका थिए । रौनियारले प्रतिष्ठानलाई तहस नहस बनाएको अवस्थामा शिक्षाध्यक्षको जिम्मेवारीमा रहनु भएका खनाललाई निमित्त हुँदै कावा उपकुलपतिको जिम्मेवारी दिइएको हो । झण्डै तीन बर्षसम्मको प्रतिष्ठान भित्रको विकृतिहरु निस्तेज बनाइ सुधारोन्मुख अभियानमा लाग्नु भएका प्रा.डा खनाले चुनौतिहरु पनि त्यतिकै सामना गर्नु परेको छ ।


षौष २५ गते उहाँले ४३ औैं सिनेटको बैठक सम्पन्न गर्नुभएको छ । बैठकबाट प्रतिष्ठानका रोकिएका कार्यहरु अगाडि बढाउने, अस्पतालको सेवा चुस्त बनाउने, सुधारका थप कार्यहरुलाई अगाडि बढाउने, आवश्यक उपकरणहरु थप गर्ने, विभिन्न समितिहरु गठन गरी तिनको सुझाव र सल्लाह अनुरुप कामहरु अगाडि बढाउने कार्यसँगै प्रा.डा. खनालको यतिबेला दौडधूप बढेको छ । यसपटक हामीले अस्पताल सुधारका योजना, सिनेट बैठकबाट पारित महत्वपूर्ण उपलब्धीहरु, चार बर्षदेखि रोकिएको दिक्षान्त समारोह आदिका सम्बन्धमा केन्द्रित रहेर अत्यन्तै सरल, दक्ष प्रशासक तथा स्पष्ट वक्ताका रुपमा परिचित कार्यवाहक उपकुलपति प्रा.डा. गुरुप्रसाद खनालसँग वार्ता गरेका छौं । प्रस्तुत छन् वार्ताका सारसंक्षेप :

ढिलै भए पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४३ औं सिनेट बैठक सम्पन्न भएको छ । सिनेटको बैठकले प्रतिष्ठानको हितमा के कस्ता निर्णयहरु ग¥यो त ?
–सबैभन्दा ठूलो कुरा त आव २०७६÷०७७ को बजेट अहिलेसम्म स्विकृत भएको थिएन । त्यो बजेट स्विकृत विना अगाडि बढिरहँदा अप्ठेरो परिस्थिति थियो । त्यो बजेट स्विकृत भयो । दोस्रो कुरा जति पनि एकाडेमिक एक्टिभिटी जस्तै एक्जामहरुको अनुमोदन गर्नुपर्ने थियो त्यो पनि अनुमोदन भएको छ । त्यस्तै यहाँ विभिन्न कमिटीहरुको पदपूर्ति नभएका कारण गर्दा कर्मचारी, चिकित्सकको (छनौट समिति, अन्तरवार्ता समिति) रिक्तता थियो । त्यसलाई हामीले पदपूर्ति गरेका छौं । यदि त्यो कमिटी नहुने हो भने यहाँ कुनैपनि प्रमोसन गर्ने अवस्था थिएन । विगत दुई तीन बर्षदेखि यहाँ प्रमोसिन भएको थिएन यसबाट हामीले छुट्कारा पाएका छौं । अब आफ्नो नियमित प्रमोसनका कामहरु गर्न सक्ने भएका छौं ।
सिनेटले अरु के के निर्णयहरु ग¥यो ?
–अरु त खासै त्यस्तो निर्णयहरु भएका छैनन् ।
दिक्षान्त समारोह पनि अहिलेसम्म हुन सकेको छैन नि । त्यसमा पनि निर्णय भयो होला नि ?
–दिक्षान्त समारोह फागुन २४ गते गर्ने निर्णय गरिएको छ ।
डेट तोकिसकेको हो ?
– हो । विगत चार बर्षदेखि दिक्षान्त
समारोह हुन सकेको थिएन । जसले गर्दा विद्यार्थीमा पर्न गएको कठिनाइले छुटकारा पाउने भएको छ । प्रतिष्ठानमा विगतमा जस्तै ढिलासुस्ती हुदै गएको, ल्यावका रिपोर्टहरु सही नआउने , यहाँ एउटा रिपोर्ट आउने बाहिर अर्को रिपोर्ट आउने गरेको भन्ने गुनासो बढ्दै गएको छ । यो वास्तविकता के हो ?
–विगे्रको भत्केको चिजहरु र अप्ठेरो परिस्थितिबाट गुज्रेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिलेको अहिले नै सबै कुरा ठीक भइहाल्छ भन्ने हुँदैन । तर पनि के हो भने सुधारको क्रम अगाडि बढिसकेको छ । बीपी प्रतिष्ठानको रिपोर्ट कहिल्यै गल्ति हुँदैन । यहाँको रिपोर्ट गल्ति हुने र बाहिरको रिपोर्ट ठीक हुन्छ भन्ने कुरा हुनै सक्दैन । तर के भने समयमा रिपोर्ट नदिएको हुन सक्छ । त्यसमा पनि धेरै सुधार भइसकेको छ । अहिले ११ बजेसम्म संकलन गरिएको रगतको ४ बजेसम्म रिपोर्ट आइसक्छ ।
प्रतिष्ठानको उपकुलपतिको नाताले प्रतिष्ठानमा तत्काल सुधारका कामहरु के के गर्नुपर्ला जस्तो लागेको छ यहाँलाई ?
–विगतको तुलनामा चार पाँच महिनाको अवधिमा प्रतिष्ठानमा धेरै सुधार भएको छ । विग्रेको अवस्थामा भएको अक्सिजन प्लान्ट अहिले सञ्चालन भएको छ । त्यस्तै क्याथ ल्याव लामो समयदेखि बिग्रेको अवस्था थियो त्यो सुचारु भएको छ । हाम्रो सिटीस्क्यान अहिले इमर्जेन्सीमा चलिरहेको छ । एक बर्षदेखि प्रतिष्ठानमा सिटस्स्क्यान चलेको थिएन । त्यस्तै रेडियोलोजी विभागमा अल्ट्रासाउन्ड चलेको छ । जुन अल्ट्रा साउण्ड विग्रेर थन्क्याइएको थियो । त्यसलाई मर्मत गरेर सञ्चालनमा ल्याएका छौं । त्यस्तै सुधारका क्रमहरु धेरै भइरहेको अवस्था छ । तर पनि सबै काम चाहेर पनि एकै पटक नहुदो रहेछ । हामीले विस्तारै विस्तारै गरिरहेका छौं ।
प्रतिष्ठानमा तत्काल गर्नुपर्ने काम के देख्नु भएको छ ?
–तत्काल त यस्तो छ, हामीसँग एमआरआई मेसिशन छैन । तर पनि एमआआरआई गर्नु प¥यो भने बाहिर गएर गर्नुपर्न हुन्छ । विरामीहरुले त्यसबेला धेरै खर्च गरेर गर्नुपर्न हुन्छ । यो कुरालाई हामीले सिनेटमा पनि गम्भीरतापूर्वक उठाएका छौं । त्यस्तै सिटीस्क्यान पनि एउटा सिटीस्क्यानले हुँदैन । त्यस्तो कुरा धेरै  छन् । डेन्टलतिर गयौ भने १५÷२० बर्ष अगाडिका डेन्टर चियर छन् । त्यहाँ हामीले नयाँ डेन्टर चियर ल्याउनुपर्ने अवस्था छ । बाँकी त अहिले इमरजेन्सीको भीडभाडलाई कन्ट्रोल गर्न हामीे दुई तीन महिना भित्रमा इमरजेन्सीको नयाँ विल्डिङ, एक्सपान गरिसक्छौ । शायद यसले इमर्जेन्सीको भीडभाडलाई केही सहज बनाउने अपेक्षा गरेका छौं । हाल किड्नीका विरामी धेरै नै बढेको अवस्था छ । डायलिसका लागि विरामीलाई ध्यानमा राखेर १५ वटा मेसिन खरिद गर्ने प्रक्रिया अगाडि बढाएका छौं । करिब करिब मेशिन आउने बेला भइसकेको छ । २८ वटा डाइलासिस मेसिन राख्ने रुम भएको विल्डिङ्ग अब तीन महिनाभित्रमा तयार भइसक्ने छ । यसैगरी डाइलासिसको विल्डिङ्ग, जुन बन्दैछ त्यसैको छेउमा आइसियु छ । डाइलाइसिसलाई त्यहाँबाट साछौं । डाइलासिसको ठाउँमा नौ दश वटा आइसियु थप्दै छौं । विस्तारै सुधारको क्रम त जारी रहेको छ ।
अपेक्षाकृत काम भइरहेको छ कि छैन ?
–अपेक्षाकृत त अब यति ठूलो संस्था हो कि यहाँ दैनिक चार हजार विरामी ओपिडीमा सदैव आउनु हुन्छ । धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान एउटा अस्पताल मात्र होइन यसले सेवाको पनि काम गरेको छ । यहाँ विरामीको संख्या बढ्दै जाँदा सेवा पनि विस्तार गर्दै जानुपर्छ र रोकिएका निर्माणाधीन विल्डिङ्गहरु पनि बनाउदै जानुपर्छ । यसमा समय लाग्छ । यदि यी सबै कुरा तयारी भएपछि यहाँ दक्ष जनशक्ति छन् तिनले अझ राम्रो ेसेवा प्रदान गर्नेछन् । यहाँका चिकित्सकहरु बारिह प्राक्टिस गर्न जानु हुन्न । अहिले अप्रेशन थिएटर हेर्ने हो भने हामी कहाँ अत्यन्तै थोरेै अप्रेसन थिएटर छ । हामीले थप गर्नुपर्ने अवस्था छ । यो कुराहरुलाई हामीले सरकार समक्ष राखिसकेका छौंै । हामीले मात्र पनि धेरेै नै कसरत गरिसकेका छौं कसरी प्रतिष्ठानलाई अगाडि बढाउने भनेर । प्रष्ठिानलाई अगाडि बढाउनकै लागि हामीले एउटा योजना अनुगमन मूल्यांकन समित गठन गरेका छौ । त्यसले आफ्नो कामलाइ अगाडि बढाइसकेको छ । उसले गरेको छलफल बहस पश्चात हामीलाई बुझाएको प्रतिवेदन अनुसार हामी प्रतिष्ठानलाई कसरी हाँक्ने भनेर अगाडि बढाउँछौ ।
अहिले अंकोलोजी, कार्डियोलोजी, एमसिएस विल्डिङ्गको काम रोकिएको अवस्था छ । त्यस सम्बन्धमा के भइरहेको छ ?
–यसको प्रोसेस धेरै नै अगाडि बढिसकेको छ । भर्खर मात्र यसको निर्माण थाल्नुपर्छ भन्ने कुरा भएको छ । यसका लागि बजेटिङ्गको कुरा आउँछ । राज्यले धेरै नै लगानी गरेर प्रतिष्ठानमा सेवा दिन खोजेको अवस्था छ । बीचमा विविध कारणले रोकियो । अहिले हामीले सर्सरर्ती हेर्दा त्यहाँ केही कसरत गर्नुपर्ने, छलफल चलाउनु पर्ने नै देखियो । यो विषयमा छलफल पश्चात हामी छिटो भन्दा छिटो अर्को सिनेट बसाउँदै छौं । त्यसले त्यतिखेरसम्म कानुनी, बजेटिङ्ग लगायतको सुनिश्चितता सरकारबाट लिन्छौं । स्वास्थ्य मन्त्रीसँग छलफल भइरहेको छ । छलफल पश्चात अधूरा विल्डिङ्ग चाडो भन्दा चाँडो निर्माण गर्छौै ।
प्रतिष्ठान यतिबेला पदाधिकिारी विहीन अवस्थामा पनि छ । के छ पदाधिकारी नियुक्तिको कुराहरु ?
–हो, प्रतिष्ठान यतिबेला पदाधिकारी विहीन नै छ । हामीले एकजना रजिष्ट्रार नियुक्ति गर्न खोजिरहेका छौं । हतार गरेर नियुक्ति गर्दा पनि लामो समय वा पाँच बर्षलाई नियुक्ति गर्नुपर्ने भएकोले यसमा हामीले छलफल गरिरहेका छौ ।ं छलफल पश्चात हामी रजिष्ट्रार नियुक्त गछौैं । उपकुलपति पनि अहिले खाली रहेको र उपकुलपतिका विरुद्धमा अख्तियारबाटै मुद्दा चलिरहेको अवस्था छ । यस कारणले पनि त्यसमा के गर्ने भन्ने कुरामा छलफल भइरहेको छ । तर पनि उपकुलपति नियुक्ति गर्न सकिन्छ भन्ने भएकोले सर्च कमिटी गठन भइसकेको छ । त्यसकारण छिटो भन्दा छिटोे उपकुलपति नियुक्ति पनि प्रतिष्ठानलाई राम्ररी बुझेको जानेको व्यक्ति जसले प्रतिष्ठान हाक्न सक्छ त्यस्तो व्यक्तिको खोजी भइरहेको छ ।
उपकुलपतिका लासग तपाई भन्दा राम्रो अर्को व्यक्ति को हुन सक्ला र ?
–अब मैले नै हुनुपर्छ भनेर भन्नु त्यति सान्दर्भिक ठान्दिनँ ।

तपाईले प्रतिष्ठानलाई विगत २२ बर्षदेखि बुझ्नु भएको छ । बाहिरकालाई यहाँ आएर बुझ्न पनि धेरै समय लाग्न सक्छ हैन र ?
–मैले २२ बर्षदेखि प्रतिष्ठानलाई नजिकबाट बुझेको छु । यो स्वभाविक पनि हो । तर पनि कस्तो हुन्छ भने उपकुलपति जस्तो पदमा सोचेर नियुक्ति गर्नुपर्छ भनेर नै एउटा तीन सदस्यीय सर्च कमिटी बनाइएको हो । स्वास्थ्य मन्त्री, प्रधानमन्त्रीले के गर्दा हुन्छ भनेर वहृत छलफल चलाएको अवस्था छ । मलाइ लाग्छ छलफल र बहस पश्चात प्रतिष्ठानलाई हाक्न सक्ने उपयुक्त व्यक्ति अवस्य छनौट गर्नुहुने छ ।
तपाईले धरानका स्थानीयबासीबाट के अपेक्षा गर्नुभएको छ ?
–धरानका जनताहरुले प्रतिष्ठानलाई गहनाको रुपमा लिएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मात्र नभएर देश र पूर्वका १६ वटै जिल्लाको गहना हो । प्रदेश नं १, २ र भारतको केही भागहरुबाट पनि विरामीहरु आउने गर्नुभएको छ । हामीले सेवामात्र नभएर अनुसन्धान, पठन पाठन पनि जुन राज्यले गर्नुपर्ने कुरा हो दक्ष जनशक्ति उत्पादन गरेर देशका ग्रामीण क्षेत्रमा सेवा दिइरहेका छौं । धरानका जनताले प्रतिष्ठानबाट जुन प्रकारको अपक्षा गनुभएको छ सेवा, सुविधा सुधारका कुराहरुमा । हामीले धराने जनताको भावनलाई बुझेका छौं । धरानका जनताबाट प्रतिष्ठानले पनि सहयोग पाइरहेको छ । बीपीलाई जुन विश्वास गर्नुभएको छ उहाँहरु सबैसँग हातेमालो गरेर हामी अगाडि बढ्छौं । हामीले सहकार्य गरेर हिड्न आवश्यक छ ।
अन्त्यमा केही भन्नुहुन्छ ?
–ग्रामीण क्षेत्रमा पनि हामीले जनशक्ति उत्पादन गरेर सेवा दिइरहेको अवस्था छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान देशकै गहना हो । यो नन प्राक्टिसिङ्ग मेडिकल कलेज हो । यहाँका चिकिस्त्कहरु २४ सै घण्टा भित्रै बस्नुहुन्छ । यहाँ बिग्रिएका पुराना, उपकरणहरु जुन छन्, लामो समयदेखि सिटीस्क्यान, एमआरआई मेसिन, डाइलासिस मेसिन, सफिसिएन्ट मात्रामा छैन ।
इमरजेन्सी एक्सपान, आइसियु, अप्रेशन थिएटरका कुराहरु थप्न सक्यौ भने यहाँका दक्ष जनशक्तिले सेवा पु¥याउन सक्छन् । त्यसकारण सम्पूर्ण धराने जनताले यसमा सकारात्मक सहयोग पु¥याउनुपर्छ । राज्य वा सरकारलाई पनि म के भन्न चाहन्छु भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जुन उद्देश्यले सन् १९९३ मा नेपाल र भारतको लगानीमा बनेको थियो यसको मर्म, भावना, उद्देश्यलाई पनि नजिककबाट हेरेर सहयोग पु¥याउन पनि म आग्रह गर्दछु । आर्थिक कुरा गर्ने हो भने हाम्रो आर्थिक आर्जन गर्ने कुरा
विरामी र विद्यार्थी मात्र हुन् । एकातिर विद्यार्थीको नेपाल सरकारको शिक्षा आयोगले ७५ प्रतिशत छात्रवृत्ति जुन शुरु गरेको छ त्यो सकारात्मक छ तर समयमा नेपाल सरकारले आर्थिक सहयोग नगर्ने हो भने हामीले विरामीबाट चर्को शुल्क लिनुपर्ने हुन्छ प्रतिष्ठान चलाउन । त्यसैले नेपाल सरकारले पनि समयमै यसलाई नजिकबाट हेरेर सहयोग गर्नुुपर्छ । हामी अहिले प्रतिष्ठान सुधारमा एक ढिक्का भएर लागेका छौं । विगतमा के भयो त्यतातिर नजाऔ । कमि कमजोरी अवस्य भएका थिए ।
लिडरसीपमा हुनुपर्ने कमी कमजोरीले गर्दा पतिष्ठानमा विभिन्न कुराहरु सुनिएको हो । विगतबाट पाठ सिकेर चिकित्सक, कर्मचारी, विद्यार्थी एक ढिक्का भएर बीपीको भविष्य कसरी सुनिश्चित गर्ने भनेर लागेका छौं । जसले गर्दा अब प्रतिष्ठानमा विगतका नियति नै नहोरिने कुरामा म सबैमा विश्वास दिलाउन चाहन्छु ।

तपाईको प्रतिक्रिया