धरान÷बर्षेनी खानेपानी अभाव झेरिरहेका धरानेहरुले अभावसंगै सम्बन्धित ठाउमा दबाब दिने धरान परम्परा नै भएको छ । अभावसंगै खानपानी आपूर्तिको लागि खानेपानी संस्थानमा तालाबन्दी गरिन्छ तर सर्वसाधारणको समस्या ज्यूका त्यू नै
रहन्छ ।
संस्थान घेराउ र तालाबन्दी गर्दा गर्दा अवाक्क बनेका उनीहरुले यसपटक भने पानी थाप्ने खाली भाडा बोकेर संस्थान घेराउ गरे र संस्थानको गेट अगाडि नै तालाबन्दी गरे ।
यो दृष्य हेर्नुहोस् । धरानमा खानेपानीको चरम अभाव भएपछि स्थानीबासीले निकालेको विरोध जुलुस हो । विगत सात वर्षदेखी खानेपानीको समस्या भोग्दै आएका धरान–९ नम्बर वडाबासीले सोमबार भने हातमा रित्तो गाग्री, डूम, भाडा कुडा लिएर धरान–१३ स्थित नेपाल खानेपानी संस्थानको धरान शाखा कार्यालयमा पुगेर धर्ना बसे । खानेपानी सर्घष समितिका संयोजक समेत रहेका वडा नम्बर ९ का वडाध्यक्ष रत्न कट्वालको नेतृत्वमा संस्थानको कार्यालय पुगेका स्थानीबासीले कर्मचारीलाई समेत प्रबेश गर्न रोकी कार्यालयको मुख्य प्रबेशद्वारमा ताला लगाइ दिए । विहान १० बजे संस्थानको कार्यालय परिषरमा पुगेका संस्थानका शाखा प्रमुख बरिष्ठ इन्जिनियर रामकुमार श्रेष्ठमाथी समेत जाइलाग्दा स्थिती तनावपूर्ण बनेको थियो । स्थिती नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । उनीहरुले संस्थानका कर्मचारीविरुद्ध चर्को नाराबाजी लगाए । उनीहरुले पानीको कृतिम अभाव बन्द गर, पानी जिवन हो खेलवाड नगर जस्ता नारबासी लगाए । खानेपानी संर्घष समितिका संयोजक एबंम वडा नम्बर ९ का वडाध्यक्ष रत्न कट्वालले संस्थानका कर्मचारीले कमिसन खानको लागि पानीको कृतिम अभाव सिर्जना गरेको गम्भिर आरोप लगाउनुभयो । ट्याङकरवाला र खानेपानीले उत्पादक कम्पनीसंग मिलेर धरानमा पानीको अभाव सिर्जना
गरिएको दाबी गर्नुभयो । विगत वर्षदेखी खानेपानी अभाव बारे पटक(पटक संस्थानलाई ध्यानाकर्षण गराएपनि बेवास्ता गरेको कारण बाध्य भएर आन्दोलनमा उत्रनु परेको उहाँको भनाई थियो ।
सञ्चारकर्मी महेश श्रेष्ठले धरान पानीको मुहानै मुहानले घेरिएपनि धरानबासी भने काकाकुल अवस्थामा बाच्नु परिरहेको भन्दै आक्रोस पोख्नुभयो ।
पानीको अभाव हुँदा विद्यार्थीहरुलाई समयमा विद्यालय पठाउन मात्र हैन आफ्नो दैनिकीमा समेत समस्या भइरहेको स्थानीयबासीले गुनासो पोखे । यता संस्थानका धरान शाखा प्रमुख श्रेष्ठले धरानको अन्य वडाभन्दा वडा नम्बर ९ मा प्राविधिक समस्याका कारण पानी खुवाउन समस्या भइरहेको बताउनुभयो । उहाँले धरानमा एशीयाली विकास बैक (एडीवी)को ऋणमा सञ्चालित एकीकृति सहरी विकास आयोजना (आयुडीपी)को पाइपलाइनसंग संस्थानले इन्टरकनेक्सन गरिसकिएको र आयुडीपीसंग दैनिक २० लाख लिटर पानी माग गरेर उपभोक्तालाई प्रयाप्त पानीको व्यावस्था गरिने बताउनुभयो । उहाँले धरानमा दिर्घकालिन खानेपानी व्यावस्थाको लागि आइयुडीपी आयोजना सञ्चालन भइरहेको हुँदा संस्थानले कुनै पनि योजना अगाडी नबढाएको स्पष्ट पार्नुभयो । धरान उपमहानगरपालिका अन्तर्गतको धरान खानेपानी बोर्डमा हस्तानतरण गर्ने प्रक्रिया अगाडी ूबढिरहेको बताउदै अब धरानबासीले खानेपानीको समस्या भोग्नु नपर्ने बताउनुभयो ।
धरानको दिर्घकालीन खानेपानी व्यावस्थापनको लागि सन् २०१२ मे मा एशीयाली विकास बैक (एडिबी) बाट २२.०७ मिलियन डलर अर्थात त्यतीबेलाको मुद्धा सटही मुल्य अनुसार २ अर्ब १६ करोड ४ लाख रुपैयाँ ऋण र नेपाल सरकारको अनुदान सहयोग ५१ करोड ५८ लाख र धरान उपमहानगरपालिकाको ३२ करोड ४० लाख रुपैयाँ गरी ३ अर्ब २९ लाखको लागतमा आइयुडिपी योजना सम्पन्न हुने तर्खरमा छ । करिब १ लाख ३७ हजार जनसंख्या रहेको धरानमा परियोजना समेत समयमै सकिएन । जले गर्दा अवस्था दिनपतिदिन नाजुक बन्दै गएको छ । करोडौको लगानीमा आएको परियोजना एकातिर लथांलिङ र सस्थानmे समेत खानेपानीको प्रर्याप्त आपूर्ति गर्न नसक्दा धरानेहरु बर्षेनी यसरी हाहाकारको जीवन विताउन बाध्य छन् । यसतर्फ कसैको ध्यान गएको देखिदैन ।
