काँकडभिट्टा÷गत बुधबार भारतको जम्बु कस्मिरको लाइन अफ कन्ट्रोल (एलओसी) मा भारतीय सेना र पाकिस्तानी सेनाबीच गोली हानाहान हुँदा शहादत प्राप्त गरेका गोरखा रिप गाउँ वडा नं. ५ का २५ बर्षीय भारतीय गोरखा सैनिकका जवान अर्जुन थापा मगरको पश्चिम बंगालको बागडोरामा सम्मानपूर्वक अन्त्येष्ठी गरिएको छ ।
शनिवार भारतको पश्चिम वंगालस्थित वागडोगरा सैनिक क्याम्प परिषरमा उच्च सम्मानका साथ थापा मगरको अन्त्येष्ठी गरिएको थियो । गत बुधबार विहकान ३ बजे अर्जुन पाकिस्तानी सेनाको आतंककारी हमलामा परेका थिए । उनको अन्त्येष्ठीमा भारतीय सेनाले भावपूर्ण सलामी अर्पण गरेको थियो ।
अर्जुन परिवारका एक्ला छोरा थिए । दुई बर्ष अगाडि मात्र आमा गुमाएका अर्जुनले गत असारमा गोरखाकै सरिता मगरसँग विवाह
गरेका थिए । अर्जुनको अन्त्येष्ठीमा उनका बृद्ध पिता र नव विवाहिता श्रीमतिको उपस्थिति रहेको थियो ।
