घण्टाघरबाट हेर्दा

लोप्पा खुवाइदिए छन्
नेकपाका वाउदेउको केही दिनदेखि चुरीफुरी सानो थिएन । प्रचण्डाउ र खप्रओले अपर हाउसमा लग्ने विचार त ग¥या थे तर तिन्को महत्वकांक्षा बढेको देखेसी दुवै अध्येक्षहरुले बाउदेउलाई राम्रैसँग लोप्पा खुवाइदिएका छन् । लोप्पामात्र होइन पाहा पछारेजस्तो सडकमा पछारिदिएका छन् । मन्तरी भैसक्या मान्छे, पार्टीमा नि राम्रै दख्खल भा’का गत निर्वाचनमा चुनाउ हारेकाले राष्ट्रिये सभामा लगेर नि यसो मान गर्न खोज्या थे दुई अध्येक्षेले । आफू ताक्छु मुढो बञ्चरो ताक्छ घुँडो भनेझै बाउदेउले ठूलै सपना देख्या रै’छन् । तिन्लाई पर्धानमन्री चाहियो रे । राष्ट्रिये सभामा लगेसी संविधान संसोधन गरे आफूलाई पर्धानमन्तरी बनाउनुपर्छ भनेर उफ्रेसी दुवै अध्येक्षे झस्एिछन् । विरामी भए नि आफै पर्धानमन्तरी खाम्ला भनेर गमक्क बसेका छन् खप्रओ । अर्का अध्येक्षे पछि आफै पर्धानमन्तरी पक्का भनेर ढुक्कले बस्या छन् । वित्थाँ किचलो गर्न काउछो बाउदेउलाई किन राष्ट्रिये सभामा ल्याउने भने दुवै अध्येक्षेले जोर लात्ती हान्देछन् ।
भ्रमण बर्षले छला· मार्ला कि ?
नेपाल भ्रमण बर्ष २०२०ले शुरुमै छलाङ्ग मार्ला जस्तो छ । सरकारको नारा सुखी नेपाली समृद्ध नेपाल साकार हुने पक्का जस्तै भा’छ । तीन वटा ब्वाइलर कुखुराको अण्डाको अम्लेटको तीन हजार चार हजार पर्ने हवाई टिकटको १३ हजार असुल्न थालेसी भमण बर्ष २०२० सफल मात्र होइन ठूलै छलाङ्ग मार्ला जस्तो पो देखियो । हुन त सरकारलाई पनि चाँडै समृद्ध नेपाल बनाउनु छ अनि जनता पनि चाडै समृद्ध, सुखी हुनु प¥या छ । यसका लागि पोइसो चाहियो । भ्रमण बर्षमा धुमधाम गर्न आएकाहरु भोकै फर्किउन कि, सराप्दै फर्किउन । सरकरालाई बाल मतलब छैन । बस जसरी हुन्छ पोइसो चाहिया छ । होटल थाप्ने, हवाई टिकट बेच्नेलाई कस्सिएर लुड्याउनु भनेर सरकारले आदेश द्या छ कि क्या हो ? जे होस् भ्रमण बर्ष सफल भएरै छाड्ने भयो ।
शंका पो लाग्न थाल्यो
गिर्जाउ पुत्री सुजोसँग घण्टाघरलाइ हिजो आज कता कता शंका पो लाग्न थाल्या छ । थुतुनोमा आएजति भट्याउन तिन्लाई कुनै आइबार पर्खनु पर्दैन । अस्तिका दिन तिन्ले बोल्या कुरा सुन्दा घण्टाघलाई नि पहिला विश्वास भएन । शेर बहादुरले पार्टीलाई सत्यानाश बनाए रे । आफू गिर्जाउ पुत्री भए नि काँग्रसलाइ भोट हाल्दा आफ्ना हात काँप्ने दिन नआओस् रे गिर्जाउ पुत्री थुतुनोमा जे आयो त्यही बोल्न पाइन्छ ? कही सुजोले दल बदलु खोज्या त हैन ? अब काँग्रेसबाट केही झर्ला जस्तो नेखेपछि अरु पार्टीतिर सरुवा हुन लागेकी त हैनन् । शेरबहादुरले पार्टीलाई सत्यानाश गर्न थाले भने बचाउनु प¥यो नि । राज्येको ढुकुटी मासेर गिर्जाउले मण्डीखाटार दाइजोमा द्या छन् । लाउडा र धमिजाका टाटा अहिले पनि तिन्का कपडामा लगेकै छन् । थपक्क अरुले दिए खाम्ला भन्दि होलिन् । हिजो पो गिर्जाउ थिए र तानतुन गरेर कही न कही राख्थे अब तिन्लाई कस्ले घाँस हाल्ने ?
विदेशी खेतला हुन् रे
देव प्रकाश त्रिपाठीले भन्या बाउराम र प्रचण्डाउ विदेशी खेतला हुन रे । जथाभावि आरोप लगाउँदा फँन्दामा परिएला है त्रिपाठी जी । भन्न पनि कस्तोसँग भन्या । सरकारले यतिबेला कडा कानुन ल्याएको त्रिपाठीलाई थाहा रै’न छ । भा’ भे त खुल्लम खुल्ला त्यसरी भन्नु नपर्ने हो । आखिरी भनिनै हाले बरु दुवै जना कुन कुन विदेशीका खेतला हुन त्यो पनि भन्दिया भए बेश हुने थियो । हिजो दुवैले देशमा जनयुद्धको खेति गरे त्यसपछि धनयुद्धको खेति गर्दैैछन् । खेति गर्न दुवै जना पोख्त छन् । अहिले एकजना दल बदलु खेती गर्दैछन् भने अर्कोचाहि माउवादीलाई आर्जेघाटमा सेलाएर खप्रओको पछि लागेर सत्ताको खेति गर्दैैछन् । कहिलेकाही चित्रबहादुर केसीले त भन्थे दुवै जना विदेशकै खेतला हुन् । अहिले त्रिपाठी पनि यसै भन्दैछन् । दालमे कुछ काला जरुर है कि क्या हो ? नत त त्यसरी भन्नु नपर्ने हो । हेरम कस्का खेतला हुन विस्तारै थाहा होला नि ।
मेलमिलाप देखिएन
नेप्लिज काँग्रेसमा यसपाला दह«ै झगडा भा’रैछ कि क्या हो ? त्यत्रो मेलमिलाप दिवसका दिन पनि नेताहरुमा मेलमिलाप देखिएन । मेलमिलाप दिवसकै दिन त मेल मिलाप देखिएन भने अरु बेला के देखिएला र ? एकजना ओलो ओलो गर्दै सुनसरी तिर हान्निए भने अर्काचाहिँ आफ्ना भए भरका नन्दीभृंगी बटलेर मेलमिलाप दिवसको बखान गर्न व्यस्त भएछन् । ओलो ओलो पक्षधर आफ्नैलाई पेले पार्टी कब्जा गर्ने रणनीतिमा लाग्या छ भने अर्कोपक्षेचाहिँ भागबण्डा खोजेर रोइकराई गरिरहेको छ । कार्जैकर्ता बडो दोधारमा छन् । कुनचाहिँ पक्षेधरको धोती अँठ्याउने भनेर । ओलो ओलो आउने महाधिवेशनमा पनि पार्टीको नेतृत्व अँठ्याएरै राख्ने मनस्थितिमा देखिन्छन् । अर्को पक्ष हँटाएरै छोड्ने दाउमा लागेका छन् । एउटाले मिटिङ्ग बोलाउँछ अर्कोे बहिरष्कार गर्छ । ख्याल गज्जबको मेल मिलाप छैन लाँग्रेसमा । यसैलाई भन्छन् विनाशकाले विपरीत बुद्धि ।
पृथ्वीनारायणको फोटो राख्न माग
ताक परे तिवारी नत्र गोतामे । राप्रपाका अध्येक्षे कमलाउलाई सबैले यही उखान अनुसार नै चिन्छन् । सत्तमा पुगे भने सबैभन्दा ठूला गनतन्त्रवादी नेता हुन्छन् । धर्म निरपेक्षाको बखान गरेर थाक्दैनन् तर सत्ताबाट हँटेपछि कमलाउ संघीयताको विरोध गर्छन् । तिन्लाई हिन्दु राष्ट्र चाहिन्छ । धर्म निरपेक्षता खारेज हुनुपर्छ भन्छन । राजा सहितको प्रजातन्त्रको वकालत गर्छन् । अब हुँदा हुँदा नेपालको नोटमा पृथ्वीनारायण शाहको फोटो राख्नुपर्छ भनेर उफ्रन थालेका छन् । यी सडकमा उफ्रनेको कुरा खप्रओले अपानवायुजस्तै उडाइदिन्छन् । आÏनै सांसद, मन्तरी, कार्जेकर्ताले भनेको खप्रओ बा सुन्दैनन् । जाबो कमलाउले खेकेको त के सुन्थे ? कि कसो हौ ?
का“ग्रेस फोरम कित्तामा
नेप्लिज लाँग्रेस यतिबेला फोरम कित्तामा पुग्या छ । अरु दलले काँग्रेसलाई घाँस नहालेसी’ उपिन्द्र जादवको फोरमसँग राष्ट्रिये सभाको निर्वाचनमा तालमे गर्ने रे । नेकपा र राजपा तालमेल गरेर राष्ट्रिये सभाको सबै १८ सिट कब्जा गर्न सहमत भएसी काँग्रेसले उपिन्द्र जादवको पार्टी फेला पारेछ यसभन्दा अगाडि केही सिट हात पारेको लाँग्रसले यसपटक हात धुनुपर्ला जस्तो पो भन्या । जादव सत्ताबाट मिल्काएसी’ नेकपासँग तालमेल नहुने भएसी’ काँग्रेससँग नजिकएको हो । दुवै जतिसुकै नजिकिए नि, अंगालो मारेनि, थुतुनै जोडे नि केही झर्ला जस्तो छैन । स्थानीय, पर्देश सबैतरि नेकपाकै दुई तिहाई वहुमत छ । राष्ट्रिये सभामा नि बाजी उसैले मार्नी हो हुन त त्यसै पनि चुनाउ हारेका,राज्यको उच्च पदका आकांक्षी, भ्रटाचारी नेताहरु थन्क्याउने ठाउँ राष्ट्रिये सभा नै हो क्यारे ।
अन्तेमा
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले इण्डो प्यासिफिक स्टार्टेजीमा नेपाल स्वतन्त्र छ भनेर बोलिछन् । हैन हौ तिन्ले स्वतन्त्र छ भन्दा स्वतन्त्र हुने छैन भन्दा स्वतन्त्र नहुने हो र ? नेपालका कम्निष्टहरुलाई मोह जालमा फँसाएर एकोहोरो¥याएको चीनकी राजदूतले पत्रकार सम्मेलन नै गरेर त्यसरी त भन्नु हुन्थेन गाँठे । एमसिसी नेपालको हितमा छ भने स्विकार गर्नुपर्छ छैन भने स्विकार गर्नु हुँदैन भनेर बोल्न तिन्लाई कस्ले सिकायो हँ ? हितमा छ छैन भनेर बुझ्ने कुरा त नेपाल सरकारको पो हो त ? अम्रिकाले दिएको सहयोगका सम्बन्धमा यान्छीलाई कस्ले बोल्न लगाको होला ? नेपालको मामलामा आफूहरुलाई वास्ता छैन भन्ने अनि पत्रकार सम्मेलन नै गरेर टाउकामा टेक्ने त अलि गर्नु भएन नि । नेपालीहरुलाई यस्तो कुरा अलि हजम नहोला कि । कि कसो हौ ?

तपाईको प्रतिक्रिया