संघीय समाजवादी पार्टी संघीय सरकारबाट बाहिरिएपछि प्रदेश नं. २ मा राजनीतिक विवाद चुलिदै मुख्यमन्त्री लालबाबु राउतले तत्काल राजीनामा नदिए नेकपा र राजपा मिलेर अविस्वासको प्रस्ताव ल्याउने चेतावनी

महेन्द्र यादव
राजविराज(सप्तरी)÷प्रदेश नं. २ मा यतिबेला सत्ता समिकरणमा किचलो देखिएको छ । संघीय समाजवादी पार्टीका तर्फबाट दुई बर्ष अगाडि राजपाको समर्थनमा मुख्यमन्त्री बन्नु भएका लालबाबु राउत केन्द्रमा भएको राजनैतिक समीकरणले अप्ठेरोमा पर्नु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं. २ को सत्ता परिवर्तनमा पटक पटक चासो देखाउदै आउनु र संघीय समाजवादी पार्टी संघीय
सरकारबाट बाहिरिएपछि प्रदेश नं. २ मा सत्ता समीकरण विवाद थप चुलिएको हो । पछिल्लो पटक मुख्यमन्त्री लालबाबु राउतले तत्काल राजीनामा नदिए नेकपा र राजपा मिलेर अविस्वासको प्रस्ताव ल्याउने सम्मको चेतावनी दिएका छन् ।
प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतको पौष १४ गते नेकपा र राजपाका सांसदहरुले एक्कासी राजीनामा मागेपछि मुख्यमन्त्री राउत अप्ठेरोमा परेका छन् । राजीनामा नेकपा, राजपाले मात्र नभएर काँग्रेसका सांसदले समेत मागेपछि मुख्यमन्त्री राउतको पद धरापमा परेको मात्र छैन उनका दिनगन्ती समेत शुरु भएको राजपाका एक सांसदले बताए । नेकपा प्रदेश नं. २ का संसदिय दलका नेता सत्यनारायण मण्डलले मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन सार्वजनिक आग्रह नै गरिसकेको बताए । उनले भने, राउतले प्रदेश नं. २ मा विवादमा आउने कानुनहरु बनाउने, संघीय सरकारको निर्देशनलाई वास्ता नगर्ने, विकासका कुनै काम गर्न नसकेको, अनावश्यक फजुल खर्च गर्ने गरेको आरोप समेत लगाए । मण्डलले भने राउतले केन्द्रको निर्देशन विपरीत प्रदेश प्रहरी कानुन ल्याएको, सिडियोलाई प्रदेशमार्फत राख्न बारम्बार केन्द्रलाई दबाब दिएकोले समेत उनको बर्खास्ती अपरिहार्य रहेको बताए ।
संसदीय दलका नेता मण्डलले हामीले समय तोकेरै मुख्य मन्त्रीलाई राजीनामा दिन भनेका छौं । तर उनले कहिलेलाई समय तोकिएको हो भन्ने करा खुलाउन चाहेनन् । उनले यतिमात्र भने हामीले दिएको समयमा मुख्य मन्त्री राउतले राजीनामा नदिए हामी अविश्वासको प्रस्ताव ल्याउन बाध्य हुनेछौं । नेकपाका स्थायी कमिटीका सदस्य समेत रहेका मण्डल १५ गते केही आक्रमक समेत देखिन्थे । आफ्ना केही अर्थात नेकपाका आधा दर्जन सांसद बीचमा जनकपुरको जानकी चौकमा भेटिएका मण्डलले भने यो सरकार परिवर्तन हुन आवश्यक छ । परिवर्तन हुन्छ यस्ता अनुदार सरकार प्रद्रेश न. २ मा चाहिएको छैन । संघीय समाजवादी नेतृत्वको प्रदेश २ को सरकार ढाल्न नेकपा, राजपा र काँग्रेसका सांसदहरुले यतिबेला गठबन्धन नै बनाएको समेत उनले सुनाए ।
सोमबारदेखि प्रदेश नं. २ को संसद शुरु भएको छ । पहिला त राजपा र नेकपाका सांसदहरुले संसदै चल्न नदिने मनस्थिति बनाए पनि संसद चल्नलाई भने अवरोध गरेनन् । तर उनीहरुले प्रंदेश संसदमा सरकारको भण्डाफोर गर्ने रणनीति बनाएका छन् । उनीहरुले सोमबार प्रदेश संसदमा सरकारको तिब्र आलोचना गरेका थिए । पछि सरकारको आलोचना गर्दै संसद बैठक अवरुद्ध पारेका थिए । केही समय पछि बसेको अवरुद्ध बैठक पुन ः स्थगित गरेका थिए । यस भन्दा अगाडि संसद र सरकारमा कुनै प्रकारको अवरुद्ध देखिएको थिएन । राजनैतिक विश्लेषकहरुका अनुसार प्रदेश २ मा समाजवादी पार्टीलाई हँटाएर राजपा नेकपाको सरकार बनाएमा केन्द्रमा राजपा सरकारमा जाने निश्चित भएको छ । यही रणनीति अन्तर्गत प्रदेश नं. २ मा लालबाबु राउतको सरकार हँटाउने योजना बनेको हो । पछिल्लो पटक प्रदेश नं. २ मा राजपा र नेकपाले औपचारिक रुपमा गठबन्धन गर्नुलाई राजनैतिक विश्लेषकहरुले यही अर्थमा बुझेका छन् । नेकपा संसदीय दलका सचेतक सुन्दरबहादुर विश्वकर्माले भने हामी बीचमा औपचारिक रुपमा गठबन्धन बनिसकेको छ । यसमा नेपाली काँग्रेसको समेत साथ रहन्छ उनले भने । नेकपा, राजपा र नेपाली काँग्रेसको गठबन्धन भएपनि समाजवादी पार्टीबाट मुख्य मन्त्री बनेका लालबाबु राउतसँग सत्ताम बस्न सक्ने विकल्प नै रहँदैन उनले भने । यहाँ स्मरणीय कुरा के छ भने केही दिन अगडि केपी ओली र राजपाका अध्यक्ष राजेन्द्र महतोबीच भएको गोप्य सहमति र त्यसभन्दा अगाडि प्रचण्डले प्रदेश नं. २ को सरकार नसच्चिए ढालिदिने चेतावनी दिएका थिए ।

तपाईको प्रतिक्रिया