धरान÷ उदयपुरको बेलका नगरपालिकालाले पर्यटक लोभ्याउन होमस्टेको अवधारणा अगाडि सार्दै होमस्टेमा त्यहा भएका जातीय खाना, संस्कार तथा संस्कृति झल्किने कुरालाई बढी प्राथमिकतामा राखेको छ ।
उदयपुरको बेलका नगरपालिकाले वडा नं. ३ मा अहिले तपेश्वरी मधवर्ती सामुदायि होमसटे सञ्चाालन गरेको छ । १३ घरमा सञ्चालन भएको होमस्टेमा दुई दुई जना गरी २६ जना पाहुना अट्ने तपेश्वरी मध्यवर्ती सामुदायिक होमसस्टेका व्यवस्थापकहरुले बताएका छन् ।
१३ घरमध्ये चार घरमा थारु संस्कृति झल्किने, दुई घर नेवारको संस्कृति र बाकी रहेका अन्य विविध समुदायको संस्कृति झल्किने होमस्टे सञ्चालनमा ल्याइएको तपेश्वर्ी मध्यवर्ती सामुदायिक होमस्टेका व्यववस्थापन समितिका अध्यक्ष नन्दीलाल चौधरीले बताउनुभयो । उहाले होमस्टेमा बस्न आएका पाहुनाहरुले जातीय संस्कृतिसंगै थारु, नेवार लगयात अन्य जातिय परिकारको स्वाद लिन पाउने बताउनुभयो । उहाले काशी टप्पु वन्य जन्तु आरक्षण क्षेत्रमा यो सञ्चालन भएको होमस्टे पर्ने भएकोले पनि यहा रहेका वन्यजन्तुको संंरक्षणसंगै प्रचार प्रचारमा सहयाृग पुग्ने उहाले बताउनुभयो ।
आइडिएस नेपाललका सहयोग तथा सो संस्थाले विभिन्न स्थानमा रहेका होमस्टेको भ्रमण गराएपछि ०७४ सालमा फागुन १४ गतेबाट शुरु गरिए पनि आधिरिक रुपमा पर्यटनबोर्ड भृकुटी मण्डपबाट भने ०७६ पुष १० गते प्रमाणपत्र दिएको थियो ।
होमस्टेले यस क्षेत्रमा रहेका बासिन्दाको रहनसहन, आरक्षणमा रहेका वन्वयुजन्तुको जानकारीका साथै यहा बसोबास गर्ने जातजातिका सा.स्कृतिक पहिचान नजिनबाट नियाल्न सकिने भएकोले पनि आफूहरुले होमस्टे सञ्चालनमा ल्याइएको अर्का होमस्टे सञ्चालक चन्द्बहादुर खड्काले बताउनुभयो । उहाले कोशी टप्पुमा आन्तरिक तथा वाह्य पर्यटक अत्याधिक आउने भएपनि यो मध्यवर्ती क्षेत्रमा पर्यटक नआउने गरेका कारण पनि यस क्षेत्रको उत्थानका लागि भएपनि होमस्टे सञ्चालनमा ल्याइएको बताउनुभयो ।
चन्द्रबहादुर खड्काहोमस्टेका माध्यमबाट बेलका नगरपालिकाकोे विकास गर्ने उद्देश्यले नगरपालिकाको मध्यवर्ती क्षेत्रबाट होमस्टे शुरुवात गरिएको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताउनुभयो । उहाले त्यस क्षेत्रमा थारु जातीको बढी बसोबास भएकोले उहाहरुको संस्कति झल्किने संग्राहालय निर्माण समेत गर्न लागिएको बताउनुभयो ।
कृषि, शिक्षा, पर्यटनलाई अंगालेर यसको विकासमा लागेको बेलकाले पर्यटनको एक हिस्सा होमस्टेलाइ लिएको छ । राम्रा् सुविधा सम्पन्न होमस्टेमा जातीय पहिचान, जातयि खाना, तथा गाउमा उत्पादन भएका आर्गनिक कृषि जन्य वस्तुको प्रयोग यो होमस्टेमा
गरिने प्रमुख थापाको भनाई छ ।
जे होस् बेलकाले पर्यटनको पहिलो खुड्किलोको रुपमा होमस्टेलाई अगाडि सारेको छ । यसले बेलका नगरपालिकाको जातीय संस्कृतिमात्र हैन त्यहाका स्थानीयहरुको समेत आयस्रोतको आम्दानी बनेको छ । यसको प्रचार प्रसारमा तिब्रता दिएर नगरपालिका अगाडि बढेमा नगरपालिकाको उद्देश्य सफल हुनेमा दुई मत छैन ।
