तमु (गुरुङ्ग) ल्होछार (नया“ बर्ष) मा गुम्बाहरुमा भीड

धरान÷धरान १ स्थित युरेका आवासीय माविका प्रिन्सिपल राजेन्द्र गुरुङ्ग अन्य दिन भन्दा बढी प्रफुल्ल मुद्रामा देखिन्थे ।चौवीसै घण्टा विद्यालयको कामको चटारोले थकित झै देखिने गुरुङ्ग हिजो मंगलबार अर्थात पौष १५ गते स्फूर्त मात्र देखिएनन उनको लगाइ समेत बदलिएको थियो । गुरुङ्ग भेषमा सजिएका गुरुङ्ग मात्र नभएर धरानमा बसोबास गर्ने गुरुङ्ग समुदायहरुले समेत शुभकामना आदान प्रदान गरेर तमु ल्होछार (गुरुङ्ग समुदायको) नयाँ बर्ष मनाएर तमु ल्होछारका समयमा गुरुङ्ग समुदायहरु बौद्ध गुम्बामा गएर देशको शान्ति, आफ्ना स्वर्गबासी पितृहरुको मोक्षका लागि बत्ती बाल्ने, पूजा अर्चना गर्ने, प्रसाद ग्रहण गर्ने, आफन्तबीचमा रमाइलो गर्ने, शुभकामना आदानप्रसादन गर्ने गर्छन् ।


प्रिन्सिपल गुरुङ्गले समेत आम गुरुङ्ग समुदायले गर्ने प्रचलनलाई निरन्तता दिए । आफूसँगै छोरालाई पनि गुरुङ्गले गुरुङ्ग भेष भुसामा गुम्बाको दर्शन गराउँदै आफ्नो संस्कृतिका सम्बन्धमा अवगत गराएका थिए । नेपाल वहुधार्मिक, वहु साँस्कृतिक, वहु भाषिक वहु जाति भएको मुलुक हो । हरेकका आ–आफ्नै संस्कृति र परम्परा छन् । सरकारले समेत सबै धर्म सम्प्रदायका संस्कृति र परम्पराको सम्मान गर्दै सार्वजनिक विदासँगै शुभकामना दिने गरेको छ । तमु ल्होछारका अवसरमा समेत सरकारले सार्वजनिक विदा दिएको छ ।

तपाईको प्रतिक्रिया