भर्खरै गठन गरेको फोटो पत्रकार सुनसरीद्वारा मैत्रीपूर्ण वास्केट बल

धरान÷धनकुटाको भेडेटारमा नया बर्षको अवसरमा आयोजना हुने फुडफेस्टिवलमा राखिएका फोटोहरुको प्रचारप्रंसार स्वरुप नेपाल फोटो पत्रकार महासंघ सुनसरीले मैत्रीपुण बास्केटबल प्रतियोगिता सम्पन्न गरेको छ ।
पुष १५ गते देखि भेडेटारमा शुरु भएको ८ औँ भेडेटार फुड फेस्टिभलमा राखिएका प्रदेश स्तरीय फोटो प्रदर्शनीको प्रचारप्रसार स्वरुप आइतबार धरानमा मैत्रीपुर्ण बास्केटवल खेल सम्पन्न भएको हो ।
धरान बास्केटबल संघको आयोजना र सुनसरी जिल्ला बास्केटबल संघको सहयोगमा धरान १६ रंगशालास्थित मिनी कर्भड हलमा मैत्रीपुर्ण खेल भएको हो ।
खेलमा नेपाल फोटो पत्रकार महासंघ सुनसरीले भेट्रान बास्केटबलको टिमलाई ३८–२७ को अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा बास्केटबल संघ सुनसरीका अध्यक्ष नारायण सुवेदी, फोटो पत्रकार महासंघका केन्द्रिय सदस्य उपेन्द्र चाम्लिङ लगायतको उपस्थिती रहेको थियो ।
सो अवसरमा बोल्दै उपस्थित सबैले फोटो महासंघ सुनसरीले आयोजना गर्न लागेको प्रदेश स्तरीय फोटो प्रदर्शनीले उत्सवमा आउने सबैलाई नया नया स्थानको जानकारी दिने बताएका थिए । उनीहरुले प्रदेश नम्बर १ को पर्यटकिय स्थलहरूको प्रबद्र्धनसँगै नेपाल भ्रमण वर्ष २०२० को अभियान सफल बनाउन सहयोग पुग्ने बताएका थिए । भेडेटार पछि धरानमा पनि पुष १८ देखि २० गते सम्म हुने धरान डे उत्सवमा पनि फोटो प्रर्दशनी गरिने नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राईले बताउनुभयो । ।

 

तपाईको प्रतिक्रिया