झापामा बसोबास गर्ने भारतीय भूतपूर्व सैनिकहरु दुधेमा डिष्ट्रिक सोल्जर बोर्ड (डिएसवी) राख्नुपर्ने पक्षमा पहिलो पटक पेन्सन वितरण कार्यालय धरानको पहलमा राजदुतावासका रक्षा सहचारीद्वारा लाइफ सर्टिफिकेट रैलीको स्विकृित

दुधे (झापा)÷लाइफ सर्टिफिकेट लिन, भारत सरकारले लागू गरेका विविध लोककल्याणकारी कार्यक्रमको जानकारी लिन, आफ्ना डकुमेन्टसमा भएका त्रुटिहरु सच्याउने लगायतका दर्जनौ कार्यको लागि झण्डै एकसय किलोमिटर दूरी पार गरेर धरान स्थित पेन्सन वितरण कार्यालयमा धाउनुपर्ने बाध्यता हँटाउन झापाको दुधेमा डिष्ट्रिक रोल्जर बोर्ड राख्नुपर्ने माग त्यस क्षेत्रमा बसोबास गर्ने भारतीय भूतपूर्व सैनिकहरुले गरेका छन् ।
झापा, मोरङ्ग तथा इलामको दक्षिणी भेगमा बसोबास गर्ने भारतीय भूतपूर्व सैनिक, तिनका अशक्त विद्यवा तथा एकल महिला र बृद्ध बृद्धाहरुले दुधेमा भूपू ¥यालीको लागि गरेको आग्रह पश्चात पहिलो पटक पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर अभिषेक सिंहको पहलमा भारतीय राजदुतावासका रक्षा सहचरी Col. Avaneesh Chambil को स्विकृतिमा मंसिर २३, २४ र २५ गते अर्थात डिसेम्बर ९, १० र ११ तारेखमा तीन दिने भूपू ¥यालीको आयोजना पश्चात उनीहरुले डिष्ट्रिक सोल्जर बोर्ड राख्न आग्रह गरेका हुन् ।
पूर्वाञ्चलमा यतिबेला १७ हजार भारतीय भूतपूर्व सैनिक र तिनका आश्रित परिवारको बसोबास रहेको छ । झापा जिल्लामा मात्र ३५ सय भारतीय भूतपूर्व सैनिकहरु बसोबास गर्दै आएका छन् । मंसिरमा तीन दिनसम्म सञ्चालन भएको ¥यालीमा झण्डै दुई हजार भूतपूर्व भारतीय सैनिकहरुले लाइफ सर्टिफिकेट लिएका थिए । ¥यालीको आयोजना गर्नु भन्दा अगाडि नै झापाबाट धरान आएर अधिकांशले म जीवितै छु भन्ने लाइफ सर्टिफिकेट लिएका कारण ¥यालीमा लाइफ सर्टिफिकेट लिनेको संख्या न्यून देखिएको थियो । यस भन्दा अगाडि आसाम राइफल्सले भारत सरकारले ल्याएका ECHS सुविधा प्राप्त गरेका थिएनन् । तर अब गोरखा राईफल्स र आसाम राइफल्सलाई ECHS को समान सुविधा दिने घोषणा ¥यालीमा मेजर अभिषेक सिंहले गर्नुुहुँदा आसाम राइफल्सका भूपूहरु औधी खुशी देखिन्थे । मेजर सिंहले तीन दिनसम्म दुधेमा बसेर भूपूहरुका लागि भारत सरकारले उपलब्ध गराउँदै आएका सेवा सुविधा, डकुमेन्टसको आधारमा पेन्सन प्राप्तिमा देखिएका समस्या, भूपूका नानीहरुको शिक्षा स्वास्थ्य लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।
दूधे स्थित संयुक्त भूतपूर्व सैनिक संघ नेपालको प्रांगणमा भएको ¥यालीमा सहभागी भूपूहरुले वारम्बार डिष्ट्रिक सोल्जर बोर्ड दुधेमै राखिदिन मेजर सिंहसँग आग्रह समेत गरेका थिए । भारतीय गोखा सैनिकका पूर्व हवल्दार तथा संयुक्त भूपू सैनिक संघ नेपालका सचिव नन्दबहादुर लिम्बुले झापाको दुधेमा भारत सरकारले डिष्ट्रिक सोल्जर बोर्ड राखिदिएमा यस क्षेत्रका भारतीय भूपूहरुले ठूलो राहतको महसुस गर्ने बताउनुभयो । उहाँले भन्नुभयो दुधे हरेक दृष्टिले झापाको केन्द्र विन्दु हो । यहाँ डिष्ट्रिक सोल्जर बोर्ड राख्दा काँकडभिट्टादेखि भद्रपुर हुँदै दक्षिणी इलामका धेरै भाग र मोरङ्गको मंगलबारेसम्म बस्ने भूतपूर्व भारतीय सैनिकहरुलाई पायक पर्ने थियो । सचिव लिम्बुका अनुसार भारतीय भूतपूर्व सैनिक संघ विर्तामोड दूधे १५ किमी, भारतीय भूतपूर्व सैनिक संघ दमक र दूधको दुरी समेत १५ किमी रहेको छ । यसैगरी भारतीय भूतपर्व सैनिक संघ भद्रपुर, भारतीय भूतपूर्व सैनिक संघ मोरङ्गको मंगलबारे, भारतीय भूतपूर्व सैनिक संघ धाइजन समेतलाई दुधे सेन्टरमा पर्ने देखिन्छ ।
यसैगरी संयुक्त भूतपूर्व सैनिक संघ नेपाल दुधेका अध्यक्ष एवम् हनरेरी सुवेदार मेजर नरबहादुर राईको कथन पनि सचिव नन्दबहादुर लिम्बुको भन्दा फरक देखिदैन । दुधे हरेक दृष्टिले पायक पर्छ । झापामा ९४ बर्ष सम्मका भारतीय भूतपूर्व सैनिकहरुको बासेबास रहेको छ । उनीहरु एक्लै लाइपm सर्टिफकेट तथा अन्य कुरा प्राप्त गर्ने सुविधाका लागि धरानसम्म आउजाउ गर्न सक्दैनन् । परिवारले सदैव उनीहहरुलाई ल्याउने लैजाने गर्न पनि सक्दैनन् । फेरि आजकल सबैका परिवार सँगै हुँदैनन् । त्यस्ता बृद्धबृद्धाहरुलाई समेत ध्यानमा राखेर झापाको दुधेमा भारत सरकारले डिष्ट्रिक सोल्जर बोर्ड राखिदिएमा अशक्त, विकलांग भएका भारतीय भूपूहरुले ठूलो राहतको महसु गर्ने थिए । उहाँले भन्नुभयो हामी यसका लागि पेन्सन वितरण कार्यालय धरानमार्फत भारतीय दुतावासमा समेत पहल गछौ । संयुक्त भूपूसैनिक सघ नेपाल दुधेका कोषाध्यक्ष धनबहादुर राई, भवन निर्माण समितिका सचिव केपी माङ्गयोङ, भवन निर्माण समितिका संयोजक विष्णुभक्त केरुङ्ग, हनरेरी क्याप्टेन नन्दकुमार लिम्बु, हनरेरी सुवेदार छविलाल राई लगायत भूपूहरुले सुविधाका लागि दुधेमा डिष्ट्रिक सोल्जर बोर्ड राख्नुको विकल्प नभएको बताउभयो ।

तपाईको प्रतिक्रिया