फुटबलको विकासमा धरान र बुटवलका एन्फा एकाडेमी

धरान÷फुटफल खेलका लागि राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य एन्फाले सञ्चालन गरेको एकाडमीबाट प्रशिक्षण लिने खेलाडीहरुले धरान १६ स्थित एन्फा एकाडेमीको खेल मैदानमा उत्कृष्ट प्रदर्शन गरे ।
गत जेष्ठबाट एन्फा एकाडेमी धरान र बुटवलमा एकैपटक प्रशिक्षण दिएका विद्यार्थीहरुले दुई एकाडेमीबीच भएको मैत्रीपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेका हुन् ।
शनिवार र आइतबार धरानको एन्फा एकाडेमीमा बुटबल र धरानका बीच दुई दुई वटा मैत्री खेल सम्पन्न भयो । एन्फा एकेडेमी धरानको खेल मैदानमा भएको मेत्रीपूर्ण खेलमा १४ बर्ष मुनिका प्रशिक्षार्थीहरुले ७ महिनाको अवधिमा यस्तो प्रदर्शन गरेपछि दर्शकहरु समेत दंग परका थिए ।
मैत्रीपूर्ण खेलमा पहिलो रोजाइका खेलाडी र दोस्रो रोजाई खेलाडी गरी दुवै एकेडेमीका दुई÷दुई टिमले प्रतिष्पर्धा गरेका थिए । पहिलो रोजाईको टिमबीच भएको खेलमा धरानले बुटवललाई ३–० ले पराजित गरेको छ । धरानकालागि सोहन सिंताङले २ गोल गरे भने आयुष गुरुङले एक गोल गरेका थिए ।
त्यस्तै दोस्रो रोजाइको टिममा भने बुटवलले धरानलाई १–० गोल अन्तरले पराजित ग¥यो । बुटवलका जग नाथले गोल गरे ।
खेलाडीको खेलस्तर सात महिनाको अवधिमा सोचे भन्दा बढी बढेका धरान एन्फा एकाडेमीका अध्यक्ष किशोर राईले बताउनुभयो । उनीहरुलाई दक्ष खेलाडी बनाउन प्रशिक्षणसंगै नेपाल लगायत विदेशमा समेत खेल खेलाइने बताउनुभयो ।
यता एन्फा एकाडेमीका बुटवलका सचिव विष्णु पोख्रेलले एकाडेमीबीच भएका यस्ता मैत्रीपूर्ण खेलले उनीहरुको खेलमा के कति कमजोरी छ र कहा सुधार्न सकिन्छ भन्ने कुरा खेलाडी र प्रशिक्षक दुवैले हुने भएकोले यस्ता मैत्रीपूर्ण खेल समय समयमा हुन आवश्यक रहको बताउनुभयो ।
धरानमा भन्दा बुटवलमा एक महिना अगाडीदेखि एन्फा एकेडेमी सञ्चालनमा आएको थियो । एन्फाले सातै प्रदेशमा एक÷एक वटा एकेडेमी सञ्चालन गर्ने भनेता पनि धरान र बुटवलमा मात्रै एकेडेमी सञ्चालन भइरहेको छ । एन्फा एकेडेमीमा १४ वर्ष मुनिका बालबालिका दैनिक फुटबलको प्रशिक्षण लिइरहेका छन् ।
बुटवलमा ३० जना र धरानमा २६ जनाले एन्फा एकेडेमीमा बसेर दैनिक फुटबलको प्रशिक्षण लिइरहेका छन् । उनीहरुलाई निःशुल्क खान, बस्न तथा अध्ययन गर्ने व्यवस्था एन्फाले गरेको छ ।
प्रशिक्षण लिएका विद्यार्थीहरुले पनि प्रशिक्षण लिइसकेपछि आफूलाई फुटबल खेलको टेक्निकल पार्टदेखि लिएर स्किल लगायतका सबै कुरा सिकेको र यसल्े प्रतियोगितामा खेल्न सहज भएको बताएका छन् ।
बुटबल र धरानमात्र हैन मुलुकको सातैवटै प्रदेशमा एकाडेमी सञ्चालन गरेर ग्रास लेवलदेखि नै फुटबलको प्रशिक्षण दिने हो भने नेपालको फुटवलको विकासमा ठूलो टेवा पुग्नेमा दुई मत छैन ।

तपाईको प्रतिक्रिया