धनकुटा÷ अन्तरिक तथा वाह्य पर्यटकको आगमनलाई भेडेटारमा भिœयाउन विगत केही बर्षदेखि आयोजना हुदै आएको भेडेटार फुडफेस्टिवल यस बर्ष पनि हुने भएको छ ।
अंग्रेजी नया बर्षलाई लक्षित गरी पुष १५, १६ र १७ गते तीन दिनसम्म फेस्टिबल हुने आयोजक होटल एसोसिएसन भेडेटारले जनाएको छ ।
विगतमा भन्दा यस पटक भने फेस्टिबल पृथक हुने आयोजकले जनाएको छ । विगतको भन्दा यस बर्ष फरक प्याकेज समेत राखिएको होटल एसोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताउनुभयो । उहाले भेडेटारमा हुने फेष्टिभल हेली टुर र
प्याराग्लाइडिङको समेत मज्जा लिन पाइने जानकारी दिनुभएको छ । सोमबार होटल म्याजिस्टिक भेडेटारमा पत्रकार सम्मेलन गर्दै आठौ भेडेटार फुड फेष्टिवलको तयारी बारे आयोजकले जानकारी दिने क्रममा यस्ता बताइएको हो । फेस्टिभलमा राई, लिम्बू, मगर, तामाङ र नेवारी जातिय खानेकुराहरुको प्रदर्शनी अर्गानिक खेतिबाट उत्पादित तरकारी फलफुल किवि, भुइस्याउ, हस्तकला कृषि तथा घरेलु उत्पादन प्रदर्शनी, मौलिक परम्परागत झाकी कार्यक्रम, स्थानिय तथा राष्ट्रिय कलाकारहरुद्वारा साँस्कृतिक कार्यक्रम जस्ता फेष्टिवलको मुख्य आर्कषण
रहने होटल एशोसिएसन अफ भेडेटारका अध्यक्ष रुम्दालीले बताउनुभयो ।
फेष्टिवलमा करिब एक करोड बराबरको आर्थिक कारोबार, २० देखि तीस हजार पर्यटक भिœयाउने उदेश्य समेत रहेको उहाले जानकारी दिनुभयो । भेडेटार चौकदेखी काम्फेक, थुम्की, नाम्जे, नमस्ते झरनासम्म २०–२५ वटा स्टलहरु रहन स्टल रहने उहाले जानकारी दिनुभयो ।
