एम्बुलेन्स दुर्घटना हुदा एक को मृत्यु

सुनसरी भोक्राहा नरसिंह(५ स्थित पुर्वपश्चिम राजमार्गमा एम्बुलेन्स ट्रकमा ठोकिदा एम्बुलेन्समा सवार उदयपुर चौडण्डीगडी ५बस्ने ५० बर्षीय चेतबहादुर बिष्टको मृत्यु भएको छ ।
बिहान साढे ८ बजे पश्चिमतर्फ जादै गरेको ना.७ ख.३५५३नम्बरको ट्रकलाई सोही दिशातर्फ जादै गरेको स.१ च.४९६नम्बरको एम्बुलेन्सले पछाडीबाट ठक्कर दिदा एम्बुलेन्समा सवार मध्येका बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साथै एम्बुलेन्स चालक सहित सवार चार जना घाईते भएकोमा तिन जनाको नोबेल अस्पताल बिराटनगर र चालकको जिल्ला अस्पताल ईनरुवामा उपचार भईरहेको सोही कार्यालय जनाएको छ । दुबै साधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

तपाईको प्रतिक्रिया