जनअपेक्षा यस्ता छन्
(क) धरान उपमहानगरपालिकाभित्रको भ्रष्टाचार अन्त्य गर्नुपर्ने ।
(ख) २० औं बर्षदेखि भ्रष्टाचारमा लिप्त आधा दर्जन कर्मचारीहरुको सम्पति छानविन गरी कारबाही गर्नुपर्ने ।
(ग) कर्मचारीका कारण सामान्य काममा समेत घुस खुवाउनु पर्ने अवस्थाको अन्त्य ।
(घ) धरानका सडकहरुका खाल्डाखुल्डी तत्काल जिर्णाेद्वार गर्नुपर्ने ।
(ङ) अचाक्ली बृद्धि गरिएको कर तत्काल घटाएर नगरबासीलाई राहत दिनुपर्ने ।
(च) अनावश्यक भर्ना गरिएका कर्मचारीहरुलाई बिदाई गर्नुपर्ने ।
(छ) धरान उपमहानगरपालिकाका हरेक कामलाई पारदर्शी बनाउनुपर्ने ।
(ज) कर घटाउने समितिमा नगर पालिकाका भ्रष्ट कर्मचारीलाई निषेध गर्नुपर्ने ।
(झ) खानेपानी संस्थान सरकारी कार्यालय भएकोले बोर्डमा लैजान नहुने ।
(ञ) विभिन्न व्यक्ति तथा संघ संस्थालाई जनताले तिरेको करबाट आर्थिक सहयोग बन्द गर्नुपर्ने ।









