विराटनगर ÷अग्रज पत्रकार जयप्रकाश दाहालको मृत्यु शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धानलाई तिब्रता बनाएको छ ।
विराटनगर– २ शनिहाटमा शनिबार राति ग्यास लिक भइ आगलागी भएर मृत्यु भएको भनिएका पत्रकार दाहालको घटना रहस्यमय र शंकास्पद रहेकोले प्रहरीले गहन रूपमा अनुसन्धान सुरु गरेको मोरङ प्रहरीले जनाएको छ ।
लामो समयदेखि पत्रकाररिता क्षेत्रमा रहेका दाहाललार्इी विगत केही बर्षदे िकाठमाडौं बसोबास गर्दै आउनु भएको थियो । शनिबार भने उहा घरयासी कामले विराटनगर आएका आउनुभएको थियो । विराटनगर र काठमाण्डौ दुवै स्थानमा घर भएका उहाको आइतबार बिहान जलेको अवस्थामा शव भेटिएको थियो ।
दाहालको कम्बरदेखि मुनिको भाग पूर्ण रूपमा जलेर मृत अवस्थामा शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनुभयो । ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक अनुमान रहे पनि घटनाको विस्तृत अनुसन्धान भइरहेको एसपी अधिकारीले बताउनुभयो । अनुसन्धानकालागि धरानस्थित संघिय प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरलाई पनि घटनास्थलमा ल्याएर अनुसन्धान सुरु गरिएको एसपी अधिकारीले जानकारी दिनुभयो । आधा शरिर जलेको दाहालको घाँटीमा गहिरो चोट देखिएका कारण घटना शंकास्पद हुनसक्ने प्रहरीको अनुमान भएपछि अनुसन्धानलाई अगाडि बढाइएको एसपी अधिकारीले बताउनुभयो ।
२००२ सालमा जन्मिनुभएका ह दहालको हाल एक श्रीमित र २ छोरा छन् । सम्पादक समाजका कोषाध्यक्ष ७४ वर्षिय दाहाल २०२५ सालदेखि विराटनगरलाई कार्यथलो बनाएर पत्रकारिता पेशा अगाल्नु भएको थियो ।
