भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानद्वारा झापाको दुधेमा पहिलो पटक भूपू ¥याली अशक्त बृद्धबृद्धाको सुविधा प्राथमिकतामा ः लाइफ सर्टिफिकेट वितरण, ECHS, डकुमेन्ट्का बारेमा जानकारी

झापा (दुधे)÷झापा दुधेका भूतपूर्व भारतीय सेनाका हनरेरी सुवेदार मेजर नरबहादुर राई हिजो मंगलबार फुरुङ्ग देखिन्थे । राईमात्र होइन हनरेरी क्याप्टेन नन्दकुमार लिम्बु, हनरेरी सुवेदार छविराज राई, हवल्दार नन्दबहादुर लिम्बु समेत उत्तिकै फुरुङ्ग देखिन्थे । उनीहरु सबै झापाको दुधेमा रहेको संयुक्त भूपू सैनिक संघ नेपालको परिषरमा भापामा बसोबास गर्दै आएका भारतीय भूतपूर्व सैनिकहरुलाई ¥यालीमा सहभागी गराउने, प्रांगरणमा कुर्सी मिलाउने र अतिथिको स्वागमा समोबारदेखि नै जुटेका थिए ।
झापामा बसोबास गर्दै आएका भूतपूर्व भारतीय सैनिकहरुको आग्रहमा भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानले पहिलोपटक दुधेमा ¥याली गरिदिएपछि झापाका सम्पूर्ण भूपूहरु खुशी देखिन्थे । झापा जिल्लामा ३५ सय भारतीय भूतपूर्व सैनिकहरुको बसोबास रहँदै आएको छ। उमेर हद अनुसार उनीहरुलाई धरानस्थित पेन्सन वितरण कार्यालयमा आएर लाइफ सर्टिफिकेट (म जिउँदै छु) लिनु पथ्र्यो । एक्स सर्भिसमेन हेल्थ स्किम (ECHS) का सम्बन्धमा अधिकांश भारतीय भूपूूहरुलाई जानकारी थिएन र सेवा निवृत्त पश्चात आफ्नो डकुमेन्टसमा भएका त्रुटीहरुका कारण झन्झट व्यहोर्नु परेकाहरुले अब ¥यालीबाट सबै सुविधा पाएका छन् ।


भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर अभिषेक सिंहको नेतृत्वमा तीन दिनदेखि दुधेमा झण्डै एक दर्जन कर्मचारीहरुले लाइफ सर्टिफिकेट वितरणगर्ने, इसिएचएसका बारेमा भूपूहरुलाई जानकारी गराउने, डकुमेन्टसमा भएका त्रुटीहरु सम्भव भएसम्म त्यहीबाट सच्याउने काम गरिरहेका छन् । संयुक्त भूपू सैनिक संघ नेपाल दुधेका अध्यक्ष समेत रहनु भएका हनरेरी सुवेदार मेजर नरबहादुरराईले भन्नुुभयो हामी भूपूहरुको आग्रहलाई भारत सरकारले सुनेको छ । यहाँ झण्डै २ सय भन्दा बढी बृद्ध, एकल महिला छन् । उनीहरु धरानसम्म पुगेर लाइफ सर्टिफिकेट बनाउन सक्ने अवस्थामा थिएनन । कैयौ भूपूहरु अशक्त छन्, उनीहरु धरानसम्म पुग्नु भनेको सास्ती पाउनु जस्तै भएको थियो । उहाँले भन्नुभयो हाम्रो आग्रह छ झापाका भूपूहरुलाई आगामी दिनमा दुधेमै भारतीय सैनिक डिष्ट्रिक सोल्जर बोर्ड राखेर सुविधा दिए हुन्थ्यो । ¥यालीमा असशm बृद्धबृद्धाहरुकै सुविधालाई बढी प्राथमिकता दिइएको थियो । ¥यालीमा सहभागी एक बृद्धा अचानक विरामी भएपछि पेन्सन वितरण कार्यालयका प्रभारी अधिकारी मेजर अभिषेक सिंहले आफ्नै गाडीमा तुरुन्त नजिकको स्वास्थ्य केन्द्रमा उपचारार्थ पठाउनु हुँदा उपस्थित सैयौ भूूपूहरुले प्रशंसा समेत गरेका थिए ।
सोमबारेदेखि सञ्चालित ¥यालीलाई हरेक दिन मेजर सिंहले भारत सरकारले नेपालमा बसोबास गरेका भारतीय भूतपूर्व सैनिकहरुलाई प्रदान गर्ने सेवा सुविधाका बारेमा जानकारी गराउनु भएको थियो । मंगलबार समेत उहाँले सम्बोधन गदै भन्नुभयो यो दुधेमा सञ्चालन भएको क्याम्प होइन यो एक्स सर्भिस मेन ¥याली हो । नाम मात्र फरक छ तर काम सबै क्याम्पले गर्ने नै हुन्छ । हामी यहाँ पहिलो पटक यस्तो कार्यक्रम लिएर आएका छौ । भोलि फेरि आउँछौै कि आउदैनौ । तर शुरुवात भएको छ यो नै महत्वपूर्ण कुरा हो । हामी आगामी दिनमा पुनः आउने प्रयास गर्छौै । लाइफ सर्टिफिकेट यहाँको पहिलो प्राथमिकता हो भने दोस्रो जस्को पेन्सन रोकिएकोक छ वा
रहलपहल रोकिएको छ, त्यसको बारेमा जानकारी गराउने । लाइफ सर्टिफिेटकमा हामीले दुई वटा कुरालाई प्राथकिमता दिएका छौ । ७० बर्ष भन्दा माथिका भूपूहरु, फेमिली पेन्सनरहरु जो हुनुहुन्छ लाइफ सर्टिफिकेट दिने, ७० बर्ष भन्दा माथिका भूपूहरु, फेमिली पेन्सनरहरु जो हुनुहुन्छ लाइफ सर्टिफिकेट दिने । ७० बर्ष मुनिका भुपूहरु प्राथमिकतामा थिएनन तर आउनु भएकोले उहाँहरुलाई समेत दिन्छौं । अधिकांशले धरानमा गएर आफ्नो लाइफ सर्टिफिकेट बनाइसक्नु भएको छ जसका कारण यहाँ भूपूहरुको उपस्थिति कम भएको हुन सक्छ ।
उहाँले ६ महिनामा भूपूहरुको सुविधामा वृद्धि भएको समेत जानकारी गराउनु भएको थियो । भूपूहरुको हाल डिए बढेको छ । नोभेम्बर भन्दा पहिला डिए अर्थात महँगी भत्ता १२ प्रतिशत थियो । हाल भारत सरकारले त्यसलाई बढाएर १७ प्रतिशत पु¥याएको छ । नोभेम्बरदेखि सबैले त्यो बढेको
रकम पाउनु हुन्छ । बचेको रकम सबै भूपूको वैंक खातामा हालिसकेकोले सबैलाई आफ्नो बैंक खाता हेर्न पनि आग्रह गर्नुभएको थियो । कसैलाई सन्देह भएमा वा पेन्सन बढेर आएको छैन भन्ने लाग्यो भने उहाँले आफनो अफिसमा सम्पर्क गर्न आग्रह समेत गर्नुभयो । ७० बर्ष भन्दा माथिका भूपू र फेमिली पेन्सनरको गुनासो थियो लाइफ सर्टिफिकेट दुई पटक किन भन्ने अप्रिलमा पनि गर्ने नोभेम्बारमा पनि गर्ने । यस सम्बन्धमा धेरै चर्चा गरेपछि सबै भन्दा ठूलो पेन्सनको अफिस मिसिडिए अलाहावादमा छ । त्यहाँ कुरा गरेपछि ७० बर्ष भन्दा माथिकाले पनि बर्षमा एक पटक मात्र लाइफ सर्टिफिकेट लिनुपर्छ । बूढो र जवान मानिस लाइफ सिर्टिफकेटका लागि एउटै लाइनमा लाग्ने प्रावधान थियो तर अब त्यो हुँदैन । सन् २०२० देखि अप्रेलमा बृद्ध र नोभेम्बरमा ७० भन्दा तलकाहरुका लागि क्याम्प लाग्छ । अब एक बर्षमा एक पटक मात्र लाइफ सर्टिफिकेट लिनुपर्छ । नानीहरु, विद्यवाहरुले पेन्सन थाप्ने नियम यथावथ छ । उहाँहरुले दुई पटक नै लाइफ सर्टिफिकेट बनाउनुपर्छ । उहाँले भन्नुभयो अब लाइफ सर्टिफिकेट लिँदा दुई वटा मोवाइल नम्बर उपलब्ध गराउन पनि उहाँले आग्रह गर्नुृभयो । कतिले यसलाई झन्झट दिएको सम्झनु होला तर त्यो होइन । तपाईहरुकै सुविधाका लागि हो । फेमिली पेन्सन शुरु गर्दा डिरोल जुन पेन्सन आउँदा एउटा कागज पाउनुहुन्छ त्यसमा फोटो, ल्याप्चे लगाउनु हुन्छ । पेन्सन पेमेन्ट अर्डरमा म हेर्छु तर त्यहाँ अनुहार, जन्म मिति, नाम मिलेको छ कि छैन त्यो मिलाउनुपर्छ । यसो गर्नुको प्रमुख कारण सही मानिसले पेन्सन पाउन भन्ने नै हो । यसमा तपाइहरुले अन्यथा नलिनु होला भन्दै उहाँले आग्रह समेत गर्नुभएको थियो । उहाँल ECHS को कार्ड नबनाएकाहरुलाई तुरुन्त त्यो कार्ड लिन आग्रह समेत गर्दैै भन्नुभयो अब आसाम राइफल्सले समेत यो सुविधा पाउँछन् ।

तपाईको प्रतिक्रिया