इटहरी÷ सुनसरीको इटहरीमा २१ गतेको मध्यराति भिषण आगलागी भयो । आगलागीमा ६ करोड बढीको क्षति भएको प्रहरीको भनाइ छ । इटहरीको मुख्य चौकमा रहेको सूर्य कम्प्लेक्समा आगलागी भएको हो । शनिबार मध्यराती सूर्य कम्लेक्स स्थित बिग बार रेष्टुरेण्टबाट आगो लागेको थियो । आगा नियन्त्रणका लागि आगो ९ वटा दमकल प्रयोग गरिएको थियो । दमकलले साढे तीन घण्टा लगाएर आगो नियन्त्रण गर्न सफल भएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
विराटनगर, दमक,सप्तरी, धरानको २ वटा दुहवी, महेन्द्रगर,सुन्दरहरैचा र इटहरीको दमकल सहित प्रहरीको सहायतामा आगो नियन्त्रणमा आएको थियोे । सात महिना यता संचालनमा आएको सो रेष्टुरेण्टमा ५ करोडको लगानी रहेको संचालक किरण कुमार बुढाथोकी बताउँनुहुन्छ् । बुढाथोकीका अनुसार आफु १२ बजे रेष्टुरेन्ट बन्द गरेर घर हिँडेको राती १ बजे मात्र आफुले थाह पाएको बताउनुभयो ।
आगलागीबाट बिग बार रेष्टुरेण्ट पूर्ण रूपमा जलेर नष्ट भएको छ भने सूर्य कम्लेक्सको भवनमा समेत क्षती हुन पुगेको छ । सोही भवनको पहिलो तलामा रहेको ग्लोबल आइएमइ बैंकमा सामान्य क्षती भएको छ ।
