कटौरा लिए भीख माग्नु भन्दा पाकिस्तानले भारतस“ग राम्रो सम्बन्ध बनाउनु पर्छ

नयाँदिल्ली(एजेन्सी)÷कस्मिरमा भारतले ३७० धारा हँटाएपछि बहुलाएको पाकिस्तानको अर्थ व्यवस्था डावाडोल भएको छ । उ यतिबेला विभिन्न देशको समर्थन जुटाउन र आर्थिक सहयोगका लागि याचना गरी रहेको छ । एक आद्य देश भन्दा बाहेक उसलाई आर्थिक सहयोग र समर्थन कसैले गरेका
छैनन् । यहाँ सम्म कि इस्लामिक मुलुकहरुले समेत उसलाई भारतका विरुद्ध सहयोग र समर्थन गर्न अस्विकार गरिसकेका छन् ।
यसै बीचमा पाकिस्तानकी पूर्व विदेशमन्त्री हिना रुब्वानी खारले
भारतसँग पाकिस्तानले घनिष्ट सम्बन्ध बनाउनुपर्ने कुरामा जोड दिएकी छन । हिना रुब्वानी खारले भनेकी छन् पाकिस्तानले कटौरा (बटुको) लिएर दुनियाँसग भीख माग्नु भन्दा भारतसँग सम्बन्ध मजबुत बनाउनुपर्छ । यसभन्दा पहिले हिना रुब्वानीले भनेकी थिइन पाकिस्तानले भारतसँग युद्ध गरेर केही उपलब्धी हाँसिल गर्न सक्दैन ।
भारतसँग उसले युद्ध गर्ने कल्पना गर्नु पनि हुँदैन । त्यो पाकिस्तानको मूर्खता मात्र हुनेछ ।
पूर्व विदश मन्त्री खारले भनेकी छन् पाकिस्तानको आर्थिक, सामाजिक या सैन्य रुप अमेरिकामाथि आश्रित छ । उनले पाकिस्तानले भारत लगायत अन्य सबै छिमेकी देशसँगको सम्बन्ध मजबुत बनाउनुपर्ने पनि बताएकी छन् । पाकिस्तान पिपुल्स पार्टी (पिपिपि) को नेता समेत रहेकी हिनाले भनेकी छन् पाकिस्तान अमेरिकाको पिछलग्गु बनेको छ । भारत र अन्य छिमेकी देशसँगको सम्बन्ध मजबुत नबनाएसम्म पाकिस्तान दुर्गतिमा जान्छ । अमेरिका र पाकिस्तानको सम्बन्धमाथि आयोजित एक सेमिनारलाई सम्बोधन गर्दै पूर्व विदेशमन्त्री हिना रुब्वानी खारले भनिन पाकिस्तानले सदैव आफ्नो सामरिक साझेदारको रुपमा हेर्नुपर्छ । हामीले अमेरिकाको ठाउँमा अफगानस्थान, भारत, इरान र चीन जस्ता निकट छिमेकी देशको सम्बन्धलाई प्राथमिकता दिनुपर्छ, यी देशसँगको सम्बन्ध विस्तारमा जोड दिनुपर्छ । पाकिस्तानले अमेरिकालाई बढी प्राथमिकतामा राख्नुको औचित्य छैन किनकि हाम्रो अर्थ व्यवस्था अमेरिकी अर्थव्यवस्थामा निर्भर छैन । दुवै हातले भीख माग्ने कटौरा लिएर हिड्दा पकिस्तालने अन्तर्राष्ट्रिय स्तरमा सम्मान पाउनै सक्दैन ।
उनल भनिन्, मेरै कार्यकालमा अल कायदाका प्रमुख ओसामा विन लादेन पास्तिानको ऐवटावामा मई २०११ मा एक अमेरिकी सैन्य अभियानमा मारिएका थिए । पूर्व विदेशमन्त्री हिनाले भनिन पाकिस्तानले अमेरिकबाट धेरै सहयोगको अपेक्षा राख्नु हुँदैन । पाकिस्तान अवस्य पनि अफगान युद्धबाट बाहिर निस्कनुपर्छ । विगत १७ बर्षदेखि चल्र्दै आएको उक्त युद्धमा पाकितानले सर्वाधिक नोक्सान व्यहोर्नु परेको छ ।

तपाईको प्रतिक्रिया