धरान/पहिचान र संघीयता सहितको सम्बोधनको माग राखी ३० दलीय मोर्चाले गरेको दुई दिने आम हड्तालले पूर्वको जनजीवन पूर्ण रुपले प्रभावित भएको छ ।
मधेशवादी दलसहित संविधानसभामा प्रतिनिधित्व गर्ने र संसद बाहिर रहेका ३० दलीय मोर्चाको बन्दका क्रममा यातायात, उद्योग, कलकारखाना, शिक्षा संस्था पूण्र्या रुपले बन्द भएको थियो ।
बन्दकर्ताहरुले २६ गते सााझ पूर्वाञ्चलका सदरमुकाम लगायत नगरपालिका र गाविसमा मसाल जुलुससागै नाराबाजी गरेका थिए । बन्दकर्ताहरुको योजना अनुसार विरोध प्रदर्शन, चक्काजाम, आम हड्ताल, माघ ८ गते संविधान जारी भए त्यसलाई जलाउने, प्रमुख दलहरुको पुत्ला दहन गर्ने सम्मका कार्यक्रम रहेको माओवादीका एक जिल्ला स्तरीय नेताले जानकारी दिए ।
पूर्वाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष टंकु दुलालका अनुसार बन्दका कारण दुई दिनमा व्यवसायीले झण्डै ३ अर्बको नोक्सानी व्यहोरेका छन् ।
सुनसरी–मोरङ्ग औद्योगिक करिडोरका झण्डै ८ सय उद्योग पूर्ण रुपमा बन्द भए । बन्दले व्यवसायीहरुलाई सबैभन्दा ठूलो मार परेको छ । लामो तथा छोटो दूरीका कुनै पनि यातायातका साधन चल्न नसक्दा पहाडमा उत्पादन भएका सुन्तला, सागसब्जी, अदुवा बजारसम्म आउन सकेन । जसका कारण किसानहरु समेत प्रभावित बन्न पुगे । बन्दका क्रममा बन्दकर्ताहरु एकत्रित भएर सहरका विभिन्न स्थानमा बसेका थिए । २७ गते मोटरसाइकलसम्म चल्न दिएका बन्दकर्ताले २८ गते तराईमा मोटरसाइकल समेत चलाउन बन्देज लगाएका थिए । बिहानैदेखि बन्दकर्ताले तराईका सडकमा गुडेका मोटरसाइकलको चावी खोस्ने, हावा खुस्काइदिने, अपशब्द प्रयोग गर्ने जस्ता गतिविधि गरेका थिए ।
बन्दकर्ताहरुबाट हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर प्रशासनले विगतको तुलनामा केही चुस्त बनाएको थियो । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार दुई दिनको बन्दमा कही कतै अप्रिय घटना हुन पाएन । पूर्व पश्चिम महेन्द्र राजमार्ग र कोशी राजमार्गसागै पहाडी राजमार्गमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा
राखेर प्रत्येक दुई किलोमिटरको दूरीमा चारदेखि ६ जनाको संख्यामा प्रहरी तैनाथ गराइएको थियो । तीस दलीय मोर्चाका विराटनगर संयोजक एवम फोरम लोकतान्त्रिका विराटनगर प्रभावशाली नेता भक्ति माझीका अनुसार पहिलो दिनको तुलनामा दोसो दिनको बन्दलाई कडाई गरिएको थियो । पहिलो दिन बिना
रोकटोक मोटरसाइकल सञ्चालन भएका थिए भने दोस्रो दिन हामीले त्यसलाई पनि ठप्प बनाइदियौं । बन्दका क्रममा प्रेस, एम्बुलेन्स,दूधका गाडी, विदेशी कुटनीति नियोगका प्रतिनिधि सवार गाडीलाई भने कुनै प्रकारको अवरोध नपुर्याएको उहााले बताउनुभयो । पहिलो दिनको बन्दमा इटहरीस्थित स्थानीय टेलिभिजन एरियानको को १ च ६५० नम्ममरको गाडीमा हलगडा नजिक दुईवटा मोटरसाइकल आएका चराजनाले ढुंगा हानी केही क्षति पुर्याए तापनि अन्य कुनै प्रकारको घटना नभएको क्षेत्रीय प्रहरी कार्यालय रानीले जनाएको छ ।
यसैक्रममा बन्दलाई अझ सशक्त बनाउने आन्दोलनकारीहरुले भानुचौकको खुल्ला स्थानमा पत्रकार सम्मेलन गरेरै जानकारी दिएका छन् ।
