पब्लिक उच्च मावि भवन निर्माणार्थ आयोजित महायज्ञबाट झण्डै ४५ लाख संकलन

धरान/धरान १२ स्थित पब्लिक उच्च माध्यामिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि थप भवन तथा कक्षा कोठा निर्माण गर्ने हेतुले पौष २२ गतेदेखि २९ गतेसम्म आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञबाट झण्डै ४५ लाख संकलन भएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विद्वान वाचन प्रवीण पण्डित दीनबन्धु पोख्रेलबाट संगीतमय भावपूर्ण श्रवणका लगि आएका भक्तजन, समाजसेवी, विद्धत वर्ग, कर्मचारी, उद्योगी, व्यवसायीहरुबाट सो रकम संकलन भएको हो ।
सञ्चार तथा विज्ञान उप समितिका संयोजक अलिम अन्सारीका अनुसार श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ समारोहमा विद्यालयका लेखापाल कमलप्रसाद खतिवडाले आफैले १ लाख ३७ हजार ९ सय ९७, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोम परिवारले १ लाख २५ हजार ५ सय ५५, आनन्द्रप्रसाद खनाल (काठमाण्डौ) ले १ लाख, बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिले ६६ हजार ६ सय ६६, हरिबहादुर कार्कीले ५५ हजार ५ सय ५५, लालबहादुर बुढाथोकीले ५५ हजार ५ सय ५५, रोहितमान सिंह बस्नेतले १ लाख १५ हजार ५ सय ५५सागै सैयौ दाताहरुले आर्थिक सहयोग प्रदान गर्नुभएको थियो । विद्यालयका लेखापाल कमलप्रसाद खतिवडाले थप १ लाख प्राविधिक शिषा अध्ययन गर्ने छात्रालाई छात्रवृत्ति प्रदान  गर्न अक्षय कोषको समेत व्यवस्था गरिदिनु भएको छ । प्राविधिक शिक्षा अध्ययनका लागि निर्माण हुादै गरेको भवनका लागि कैयौ दानवीरहरुले तुलादान समेत गर्नुभएको थियो ।
विद्यालयका प्राचार्य इन्द्रमोहन झाका अनुसार धरानका स्थानीय बासिन्दा, उद्योगी, व्यवसायी, समाजसेवी तथा पूर्व विद्यार्थीहरुको महायज्ञमा भएको उत्साहजनक सहभागिताले विद्यालय निर्माण हुने आशा पलाएको छ । हाम्रो अपेक्षा अझ बढीको थियो तर महायज्ञबाट संकलित रकम पनि निराशा जनक छैन । यहाा स्मरणीय कुरा के छ भने वाचक प्रवीण पण्डित दीनबन्धु पोख्रेलले विद्यालय व्यवस्थापन समितिका सदस्य प्रचार प्रसार उपसमितिका संयोजक अलिम अन्सारीलई स्व. पण्डित नारायणप्रसाद पोख्रेल स्मृति प्रतिष्ठानको आजीवन सदस्य प्रदान गर्नुभएको छ ।
धरानबाटमात्र नभएर सुनसरीमै प्रतिष्ठानको आजीवन सदस्यता प्राप्त गर्ने अन्सारी पहिलो व्यक्ति हुनुहुन्छ । यसैगरी प्रतिष्ठानको भातृ संगठनको रुपमा रहने भातृ शक्तिको धरान संयोजकमा अरुणाा पोख्रेल र युवा शक्तिको संयोजकमा प्रताप भट्टराईलाई चयन गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया