घण्टाघरबाट हेर्दा

लागेछ थुतुनोमा ताला
यो देशा दुईजना नाटककारहरुको वर्णन हज्जार जिब्रा भएका शेष नागले पनि गर्न नसक्ने भएका छन् । गर्णन गरेर गरीसाध्ये भए पो गर्नु ? छेपाराले रंग फेरेजस्तै क्षण–क्षणमा रंग फेर्ने भएपछि शेष नागले कसरी गरुँन ? देशका ती दुई महान कलाकार हुन् पर्धानमन्तरी खप्रओ र प्रचण्डाउ । सत्तामा नहुँदा यी दुवै कम्ता ठूला राष्ट्रवादी थिएनन् । खप्रओ त दिनभरि भारतलाई धारे हात बनाएर सरापी
रहन्थे । अझ मधेश आन्दोलनका बेला त यिन्को राष्ट्रवादी चरित्रको प्रशंसा गरेर कोही थाक्दैनन् थिए । जताततै वाह वाह खप्रओ भएका थिए । अर्का नाटककार पनि त्यस्तै थिए । भारतले नेपालको एक इन्च भूमि मिच्यो भने हामी सुरुङ्ग युद्ध गर्छौं भनेर कुर्लन्थे । अहिले दुवै नाटककारहरु सत्तामा पुगेका छन् । भारतले कलापानी लिपुलेक मिच्यो भनेर सबैतिर जुलुस नारा हुँदासम्म यिनीहरुको चालचुल छैन । दुवै आफना थुतुनोमा भोटे ताल्चा ठोक्या छन् । भोटे ताल्चा चाहिँ आफैलेल गाएका हुन कि अरुले ठुँस्देको हो । अहिले खोजीको विषये भा’छ ।
यो देश पागल खाना हो ?
हैन हौ यो दशेमा नेताहरु पनि कस्ता कस्ता जन्मन्छन् हँ ? सबैलाई मानसिक अस्पतालमा ठँेस्नु पर्ने जस्ता । जता छि¥यो त्यतै दुलो बनाउन खप्पिस ती बाउराम बाजेलाई हेरम न । जनमोर्चा, माउवादी, नया शक्ति हुँदै उपिन्द्र जादवको फोरममा छिरेका बाउरामले अस्तिका दिन भाषन
गरेको सुन्दा घण्टाघरलाई उदेक लागेर आएको छ । म पर्धानमन्तरी भएँ भने नेपाललाई सिंगापुर बनाइदिन्छु रे । हैन हौ पत्याउने गफ पो हान्नुपर्छ । तिन्ले पहिला सिंगापुर बनाएर आएका हुन् कि क्या हो ? च्याँखे दाउ लागेर एकपटक पर्धानमन्तरी भा’कै हुन क्यारे । खै त कुनै लछारपाटो लाएनन् । ती पर्धानमन्तरी हुँदा उल्टै नेपाललाई सिंगापुर होइन झिंगापुर बनाइदिए । कुन दिन उपिन्द्र जादवको कन्पारो तात्छ अनि जोरलात्ती बजाएपछि झल्याँस हुन्छन् अनि थाहा पाउँछन् ।
हाम्ले मिच्या छैन रे
नेपालको उत्तरी छिमेकी पनि झुटो बोल्न त माहिर रै’छ । नेपालको उत्तरतिर झण्डै ३६ हजार एकड जमिन चीनले मिच्या छ त्यो जमिन फिर्ता गर भनेर ठाम ठाममा जुलुु नारा गर्दै चिनियाँ राष्ट्रपतिको पुत्ला समेत दहन गर्न थालेसी’ चीनले हतार हतार हाम्ले नेपालको सीमाना मिच्या छैनम भनेर वक्तव्य निकालेछ । नमिचीकन कसैले त्यसै मिचिस त भन्दैनन् । संखुवासभा, ताप्जलेजुङ्गदेखि हुम्ला जुम्लासम्म स्थानीयहरुलाई थर्काएर मिचेको कस्लाई थाहा छैन ? नेपालको सरकारलाई वाल मतलब छैन । हुने कुरा पनि भएन । दुर्ई तिहाइको
सरकार छ । गमक्क फुलेर सिंहदरबारबारमा बस्या छ । आफ्नै निवास बाल्वाटाको जग्गा प्लटिङ्ग गरेर बेच्छ । जाबो त्यो भीर पाँखो पखेरामा किन टाउको दुखाउने ? सरकारको त्यस्तो महान चिन्तन भएपछि उत्तरकाहरु समेत दाम्लाबाट फुकेका साँढे जस्र्तै भएका छन् । मिच्या छैनम भनेर कति साह«ो झुट बोल्न सक्या हँ ?
खाल्डाखुल्डी पुर्ने रे
धरानका मख्य सडकका खल्डाखुल्डीले सबैलाई हैरान बनाएको छ । टोड्का र टोडकी जस्ता देखिने सडकका खाल्डाखुल्डीमा नजाकिने विरलै छन् । जन्ताबाट सेकुवा सेकाएर कर असुल्ने नगरपालिका खाल्डाखुल्डी पुर्ने काम हाम्रो होइन भनेर पन्छन्छ । सडकमा हिड्ने जोकोहीले पनि एकपटक नगरपालिका वर्तमान नेतृत्वलाई धारे हात लगाएर नसरापेको दिन हुँदैन । दारुमा लाखौ रुपैया खर्च गर्ने, ताइन तुइको माने विना उपलब्धी जन्ताको करबाट विदेश भ्रमण गर्ने, नगरपालिकाका स्रोत साधनलाई आफ्नै विर्ता झै ठानेर मनपरी गर्ने तर सडकका खाल्डाखुल्डीचाहिँ नपुर्ने काइदाको विकास छ धरानमा । नगरपालिकाको ह्ेयाउ नपुगेसी लाज ढाक्नै भएपनि
धरानको खाल्डाखुल्डी पुर्न प्रदेश सरकारले दुई करोड ९०लाख दिने रे । निर्वाचनको मुखमा आएर किन बजेट द्या होला ? धरानका मतदाताहरुलाई लाटा र गल्ड्यांग्रा सम्झेका रै’छन् । जे होस खाल्डाखुल्डीले दुई करोड ९०लाख पाउने भएछ ।
न्यायाधीश र वकिल टाप
इँटा पोल्ने भट्टीमा मान्छे पोल्ने रौतहटका अफताव आलमलाई जेल पठाउने आदेश दिने रौतहट जिल्ला अदालतका न्यायाधीश र सरकारी वकिलले रातारात रौतहट छोडेछन् । आलमलाई निर्दोष सावित गर्न दुवैलाई आलमका नन्दीभृंगीहरुले सानो कसरत ग¥या
थेनन् । देखि जान्ने र सुनि जान्ने सबैलाई धम्की दिने, अपहरण गर्ने, पैसा र जग्गा दिने भनेर धम्कीपूर्ण प्रलोभन दिने काम आलमका नन्दीभृंगीहरुले गर्दैै आएका थिए । आखिरी आलम रौतहटका खुंखार डन न परे । घाइतेलाइ पोल्नेले घाइते नभएकालाई घाइते बनाएर बपोल्दैनन भन्ने विश्वास कसरी गर्ने ? मूर्ख से दैव डरावे त्यसै भन्या त होइन नि । विचरा न्यायाधीश र विकलले आलमलाई जेल नपठाएको भए रातारात भाग्नै पर्ने थिएन ।
ज्यान गए नि नछोड्ने
सत्ता भन्या बडो गजबको हुँदो रै’छ । पर्धानमन्तरी खप्रओ डाइलाइसिस गरी–गरी सत्तामा टाँसिएर बस्या छन् । अशक्त हुदा पनि सत्ता भनेसी छोड्नै नहुने । कस्तो राप हौ त्यो सत्ताको ? तर समाजवादी पार्टीका कार्जेकर्ता उपिन्द्र जादवलाई सत्ता छोड्न दबाब दिन्छन् । बेकुवहरु † उपिन्द्र अशक्त छन् र ? डाइलाइसिस गराएर सत्तामा बस्या हुन् र ? किन सत्ता छाडने ? सत्ता त्यसै पाइन्छ र ? सत्ताकालागि उपिन्द्रले कस्ता कस्ता उपद्रो ग¥या छन् । अरुलाई के थाहा ? संविधान संसोधन गर्ने शर्तमा उपिन्द्र जादव सत्तामा गाका हुन् । खप्रओले संसोधन गर्दिएनन् । त्यसैले सत्ता छोड्नु पर्छ भनेर उफ्रनेहरु उपिन्द्रका सतरु हुन्, बैरी हुन, संसोधन नभए नहोस् । सत्ता छोड्ने पक्षेमा चाहिँ जादव छैनन् ।
फिर्ता हुन्छ रे
परराष्ट्रन्तरी प्रदीप ज्ञालीले अस्तिका दिन तानसेनतिर पुगेर ख्वांक खोकेछन् । कलापानी, लिपुलेक, लिम्पयाधुरा फिर्ता हुन्छ भनेर यो त पानी जहाज र रेलको गफ जस्तै त हो । न नेपालकमा पानी जहाज चलोस न रेल दौडियोस् । सडक बनाउन कचौरा बोकेर हिड्नेले अरुले हात्ती चढेको देखेर धुरी चढ्नु त भएन नि † त्यो भुभाग नेपालको हो भन्ने प्रमाण छ रे, प्रमाण भए सिधै गएर सीमा गाड्दा भैगयो । फुइøयाँ खान भाषण गरेर हिड्नु ? वाल्वाटारको जग्गा त जोगाउन नसक्नेले खोक्दा अलि सुहाएन है ।
अन्तेमा
नेक्पाका नेताहरुले अस्तिका दिन युवा संगठनका नेता कार्यकर्ताहरलाई सुध्रिने चेताउनी दिएछन् । बूढा नेताहरु नै धमाधम विग्रन थालेपछि युवाहरु सुध्रिने कुरै भएन । सभामुख महराले रोशनी च्यापेर हिड्नु हुने युवाहरुचाहिँ सप्रिदिनु पर्नेै ? यो त हुनै सक्दैन । निर्देशन दिँदापनि यसो दायाँबायाँ ख्याल गरेर दिनु नि ? युवाहरु असामाजिक बन्दै गए रे, श्रममा विश्वास नगर्ने भए रे, कुलतमा फँस्दै जान थाले रे । माउहरु सत्तामा बसेर मनपरी गर्न थालेपछि युवाहरुले रामायण पढिदिनुपर्ने हो ? युवा भन्या युवा हुन् । बूढा सुध्रिए पछि युवा सुध्रन्छन् । बुढाहरु रातारात हातमा रक्सीको बोतल बोकेर अर्काको कोठामा स्वाट्ट छिरेपछि युवाहरुले मन कसरी थाम्नु ?

तपाईको प्रतिक्रिया