मधुमेहका विषयमा सचेतनात्मक साइकल ¥याली

धरान÷शारीरिक व्यायामको कमी र अव्यवस्थित खानपानका कारण मधुमेह विरामीको अवस्था भयावह बन्दै गएको छ ।
जीवन शैलीकै कारण लाग्ने यो मधुमेह रोगको विषयमा सचेतना फैल्याउदै धरानमा समेत विश्व मधुमेह दिवस मनाइएको छ ।
आइतबार लियो कल्ब अफ धरान विजयपुरले मधुमेह भयावह बन्दै गएको भन्दै जनचेतानामूलक साईकल ¥याली गरेको छ । लायन्स क्लब अफ धरान विजयपुरको मुख्य सहयोगमा आयोजित कार्यक्रमको उदघाटन डिष्ट्रिक्ट ३ २५ ए वान का युथ चिफ लायन टंक कुमारी गुरूङले गर्नुभएको थियो । सर्वसाधाणलाई लाई मधुमेह मुक्त रहनका लागि शारीरिक व्यायम, खानपान र नियमित स्वास्थ्य जाँचमा ध्यानमा ध्यान केन्द्रित गर्ने सन्देश दिदै साइकल ¥यालीको आयोजना गरिएको बताएको थियो् । साइकलको े प्रयोगले वातावरण प्रदुशित हुनबाट जोगिनेमात्र हैन स्वास्थ रहन मद्दत पुग्ने लायन्स क्लबका प्रेसिडेन्ट लायन सुजता श्रेष्ठले बताइउनुभयो ।
लियो क्लबका प्रेसिडेन्ट लियो विज्ञान तामाङको नेतृत्वमा सञ्चालित साईकल यात्रा भानुचोक हुँदै धरानको एक परिक्रमा गरेर सोही ठाउँमा पुगेर टुंगिएको थियो । लियो डिष्ट्रिक्ट ३ २ ५ ए वान का चियरपर्सन लियो बद्रि कार्कीसहित अन्य १३ जना लियो लिडरहरूको सहभागिता रहेको थियो । यसअघि नोभेम्बर १४ को दिन धरान १४ मा मधुमेह क्याम्प आयोजना गरेको थियो ।

 

तपाईको प्रतिक्रिया