धरान÷विगतका स्थानीय निर्वाचनमा मात्र नभएर संघ र प्रदेशको निर्वाचनमा समेत तत्कालीन एमाले हालको नेकपामा मतदान गर्दै आएका धरानका झण्डै ६ हजार यातायात मजदुरहरुले आगामी मंसिर १४ गते हुने धरान उपमहानरपालिकाको निर्वाचनमा नेपाली काँग्रेसलाई मतदान गर्ने भएका छन् ।
स्थानीय निकायदेखि केन्द्रसम्म पटक पटक एमालेलाई विजयी गराए पनि धरान उपमहानगरपालिकाले विकासका कामहरु गर्न नसकेको, मजदुहरुप्रति हेपाहा प्रवृत्ति देखाएको, पाइलैपिच्छे करको भार थोपरेको, धरान उपमहानगर पालिकालाई भ्रष्टाचारको अखडा बनाएको भन्दै यातायात मजदुरहरु नेकपाप्रति आक्रोषित भएका छन् । मजदुरहरु त्यसरी आक्रोषित हुनुमा विविध कारण रहेको नेकपाका एक जिम्मेवार नगर सदस्यको बुझाई छ । उनी भन्छन् वर्तमान उपप्रमुख पनि एउटा कारण हो । राजा महाराज जस्तो गरेर सत्ताबाट कहिल्यै झर्नु पर्दैन जस्तो गरेर आÏनै कार्यकर्तासँग व्यवहार गर्नेै, नगरपालिकाभित्रको सिस्टम भताभुंग बनाउने, एउटा सानो जमातको निदैशनमा कर बढाउने जस्ता कारणले पनि यसपटक नेकपाका मतदाता घट्ने देखिएको छ । उनी भन्छन नगरपालिका भित्रको कर्मचारीतन्त्र यति अराजक देखिएको छ कि ११–१२ बजे पछि खोजेको कर्मचारी नै भेटिदैनन् । कार्यालय सहायकहरु गफ जोतेर बाहिर बसेका हुन्छन् । सेवाग्राहीहरुले फाइल समेत एउटा टेबलबाट बोकेर अर्को टेबलमा पु¥याउनुपर्छ । उनी भन्छन् निर्वाचन प्रचारमा उनलाई नहिडाइदिए राम्रो हुने थियो । नेकपाका उमेद्वार प्रकाश राईले त्यही बिग्रिएको सिस्टम सुधार्ने बताउनु भएको छ । सिस्टम सुधार्न आवश्यक पनि छ ।
यातायात चालक मजदुर राजेश श्रेष्ठ भन्नुहुन्छ विगतमा हामीले तत्कालीन नेकपालाइ मतदान गरेका थियौं । एक पटक मात्र होइन पटक पटक ग¥यौं । तर धरानले के पायो ? सडकको दुरावस्था त्यस्तै छ । धरानको मुख्य सडक भन्न पनि लाज लाग्छ । नेपालका अन्य नगरपालिका भन्दा धरान नगरपालिका सबैभन्दा भ्रष्ट भएको छ । पाइलै पिच्छे मजदुरलाई कर लगाइएको छ । कृषि बजार गयो कर, तीनकुने भन्दा माथि आयो कर, रेल्वे गयो कर । यसका अलावा बार्षिक कर समेत १५ सयबाट बढाएर ३६ सय पु¥याइएको छ । कर चाहिँ उठाउने अनि विकास चाहिँ नगर्ने भएपछि अब नेकपालाई मतदान गर्नुपर्छ भन्ने छेैन । हामीले
तिरेको कर नगरपालिकामा ऐøयासी गर्नलाई होइन । विकासका लागि तिरेका हौं । उनी भन्छन् यतिका बर्ष कम्युनिस्टलाई जितायौ अब काँग्रेसलाई मतदान गरेर जिताउँछों । तपाईलाइ नेकपाबाट काँग्रेसमा मतदान नगर्न दबाब आउला नि त भन्ने प्रश्नमा श्रेष्ठ भन्नुहुन्छ के भनेर उहाँहरु मसँग आउने ? के गरेको छ र ? आज धरानले नगरपालिकाको नेतृत्वमा परिवर्तन चाहेका छन् । निर्र्वाचनमा मतदान आफ्नो खुसीले गरिन्छ । कसैको ऋण खाएको छैन ।
यस्तै अर्का यातायात मजदुर श्याम श्रेष्ठको कथन राजेश श्रेष्ठको भन्दा फरक छैन । उहाँ भन्नुहुन्छ सधै एउटै दलको नेतृत्व नगरपालिकामा हावी हुँदा आज धरान वास्तवमै पछाडि परेको हो । धरानमा हामीले नै जित्ने हो, हामीले जे गर्दा पनि हुन्छ भन्ने एक प्रकारको घमण्ड नेकपामा देखिएको छ । जनता सदैव एउटैको पछि लाग्छन् भन्ने छैन । धरानका अधिकांश यातायात मजदुुरहरु परिवर्तनको पक्षमा
रहेका छन् । धरानको विकास र धरान नगरपालिकाभित्रको अराजकता हँटाउने नै हो भने यस पटक काँग्रेसलाई मतदान गर्नुको विकल्प छैन उनले भने । राजेश श्रेष्ठ र श्याम श्रेष्ठ त मजदुरभित्रका एउटा प्रतिनिधि पात्र मात्र हुन् । ठूलो संख्यामा यातायात मजदुरहरु यसपटक काँग्रेसलाई मतदान गर्नै निर्णयमा पुगेका छन् । यातायात मजदुर तेजेन्द्र निरौला, राजु श्रेष्ठ, राजेश श्रेष्ठ, सुनिल राई, प्रवल सुब्बा, लगायतका दर्जनौ मजदजुहरुले यसपटक खुलेरै काँग्रेसको पक्षमा मतदान गर्न सम्पूर्ण मजदुरहरुलाई आग्रह गरेका छन् । विगतमा यातायात मजदुर,
धरानमा बर्षौदेखि अव्यवस्थित बसोबास गर्नेहरु नै पूर्व एमालेका पकेट मतदाताका रुपमा चिनिन्थे । बर्षोैदेखि उनीहरुले पूर्व एमालेहरुलाई नै मतदान गर्दै पनि आएका हुन् तर वर्तमानको अवस्था फेरिएको छ । उनीहरु परिवर्तनको पक्षमा देखिएका छन् ।
