धरानका कम्युनिष्टहरुको पतन अवस्यम्भाव छ–प्रा.डा. आनन्द आचार्य

धरान÷बीपी चिन्तन प्रतिष्ठान सुनरीका अध्यक्ष, नेपालको प्रजातान्त्रिक आन्दोलनका हस्ती प्रा.डा आनन्द आचार्यले मंसिर १४ गते हुने धरान उपमहानगर पालिकाको प्रमुखको उपनिर्वाचनमा धरानमा कम्युनिस्टहरुको पतन अवस्यम्भावी भएको बताउनु भएको छ ।
प्राडा आचार्यले मनोमालिन्य र अराजकतताले सीमा नाघेपछि संयुक्त सोभियात संघ विघटन भयो, जर्मनमा बर्लिनको पर्खाल ढल्यो, छिमेकी राष्ट्र भारतको पश्चिम बंगालमा कम्युनिस्टको पतन भयो, केरलामा कम्युनिस्टको सरकार सदाका लागि विदा भए झै झण्डै तीन दशकदेखि धरानको स्थानीय निकाय धरान उपमहानगरपालिकाबाट समेत आगामी मंसिर १४ गते पश्चात कम्युनिस्ट सिद्धिने बताउनु भएको छ ।
वि.स. २०४६ सालको प्रजाान्त्रिक आन्दोलनका सर्वोच्च कमाण्डर, लौह पुरुष, सर्वोच्च नेता गाणेशमान सिंहको १०५ औ जन्म जयन्तिका अवसरमा धरान १६ स्थित स्वर्गीय सिंहको शालिकमा माल्यार्पण गर्दै प्रा.डा. आचार्यले भन्नुभयो नेपाली जनता अब सचेत भइसकेका छन् । कम्युनिस्टहरुको झुठा आश्वासनका पछिल्तिर अब दौडने वाला छैनन् । विगत तीन दशक भन्दा अधिक समयदेखि कम्युनिस्टहरुले धरान उपमहानगर पालिकामा कब्जा जमाउदै आएका छन् । जनताको अभिमत लिने तर जनता र धरानका लागि केही नगर्ने प्रवृत्तिलाई यसपटक धराने जनताले पाखा लगाउने मनस्थिति बनाइएको पनि उहाँले प्रष्ट पर्नुभयो ।
उहाँले भन्नुभयो गणेशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा जीवन पर्यन्त जुन त्याग, समर्पण, सघर्ष गर्नुभयो त्यो अकल्पनीय छ । सन् १९९७ सालमा राणाहरुका विरुद्धमा गठन भएको प्रज्ञा परिषद्बाट आफ्नो राजनैतिक यात्रा शुरु गर्नुभएका सिंहले जेलको कालकोठरी समेत चिरेर कलकत्ता पुगी बीपीसँग भेट गर्नुभयो । त्यही भेटपछि उहाँहरु बीचको मित्रता आजीवन कायम रहयो । गणेशमान सिंहबाट आजका युवाहरुले सिक्नुपर्ने धेरै कुरा रहेको भन्दै आचार्यले प्रजातन्त्रप्रतिको समर्पण, त्याग, बलिदानको उच्च मुल्यांकन गरेर संयुक्त राष्ट्र संघले उहाँलाई पुरस्कृत ग¥यो । विश्व मानव अधिकार संगठनले उहाँको सम्मान ग¥यो ।
नेपाली काँग्रेस धरान वडा नं. १६ का वडा सचिव विकास घिमिरेले गणेशमान सिंह सम्पूर्ण प्रजातन्त्रवादीका प्रेरणाको स्रोत भएको बताउनुभयो । उहाँले भन्नुभयो आज स्व. सिंहको १०५ औं जन्म जयन्ति मनाइरहँदा धरान उपमहानगरपालिकाको आगामी मंसिर १४ गते हुने निर्वाचको प्रसंग समेत जोड्न सान्दर्भिक भएको भन्दै धरानको समग्र विकासका लागि यस पटक नेपाली काँग्रेसमा मतदान गर्न उहाँले आग्रह समेत गर्नुभयो । माल्यार्पण कार्यक्रमको अध्यक्षता गणेशमानसिंह फाउन्डेशन सुनसरीका अध्यक्ष मदनप्रसाद श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन फाउन्डेशनका सचिव विनोद नेपालले गर्नुभएको थियो । स्व. सिंहको शालिक रेखदेख गर्दै आउनु भएका पूर्ण राईलाई सो अवसरमा रु २ हजार नगदबाट पुरस्कृत गरिएको थियो ।

तपाईको प्रतिक्रिया