रिक्त रहेको धरान उपमहानगरपालिकाको प्रमुख (मेयर) को निर्वाचन नजिकिएसँँगै दलहरु यतिबेला आफना उमेदवारसँगै घरदैलो कायक्रममा व्यस्त भएका छन् । कार्तिक २७ गते उमेद्वारी मनोनयन गर्ने निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गर्नु भन्दा अगाडि उमेद्वारहरु आफनो घोषणा पत्र बोकेर मतदाताहरुको घरदैलो कार्यंक्रममा व्यस्त भएका हुन् । घरदैलोसँगै कोणसभा, पार्टी प्रवेशका कार्यक्रमले समेत यतिबेला तिब्रता पाएको छ ।
अन्य दलका उमेदवार जस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग आवद्ध संघीय लिम्बुवान मञ्चका तर्फबाट उमेद्वार बन्नु भएको छ अमर इजम । मञ्चका सुनसरी अध्यक्ष समेत रहनु भएका भारतीय सेनाका पूर्व सुवेदार मेजर समेत रहनु भएका इजम भ्रष्टाचार विरुद्धको अभियानमा समेत सक्रिय रहनु भएको छ । स्वच्छ छवि, खरो विचार भएका इजम समग्र धरानको विकासमा कम्युनिस्टको नेतृत्वले कुनै काम गर्न नसकेकोले धराने जनताको भावना र चाहना बमोजिम आफूले उमेद्वारी दिएको बताउनुहुुन्छ । तीन दशकदेखि झुटको खेती गर्दै आएको कम्युनिस्टको नेतृत्व परिवर्तन हुनुपर्ने धराने जनताको मत
रहेको आफूले पाएको इजम बताउनहुन्छ । यसपटक हामीले इजमसंग धरान उपमहानगर पालिकाको उप निर्वाचनमा केन्द्रित रहेर वार्ता गरेका छौं । प्रस्तुत छन् वार्ताका सारसंक्षेप ः
आगामी मंसिर १४ गते हुने धरान उपमहानगर पालिकाको प्रमुखको प्रत्यासीमा संघीय लिम्बुवान मञ्चका तर्फबाट उमेद्वारी दिनु भएको छ । निर्वाचन हुने दिन निकट आइसकेको छ । तपाईहरुको एजेन्डा के कस्ता छन् ? चुनावी माहोल कस्तो देख्नु भएको छ ?
–अहिले धरानको चुनावी माहोल तात्तिएको छ । यो पटकको उप निर्वाचनमा सम्पूर्ण धरानका मतदाताको धेरै चेत खुलेको देखेको छु ।
के मानेमा चेत खुलेको देख्नुभयो ?
–धरानेहरु यसपटक हाम्रोलाई भन्दा पनि राम्रो मानिस जसले धरानको समग्र विकासका काम गर्न सक्ने आउनुपर्छ भन्ने छ । संघीय लोकान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्चको भनाई के हो भने स्थानीय तहमा दललाई भन्दा पनि राम्रो व्यक्तिलाई ल्याएर स्थानीय स्तरको उन्नति र समृद्ध धरान बनाउने चाहना रहेको धराने जनतामा देखेको छु ।
तपाईहरुको चुनावी एजेन्डाचाहिँ के हो ?
–हाम्रो एजेन्डा सबैभन्दा पहिला मृत सहर भएको धरानलाई पुनर्जीवन दिनुपर्छ । यहाँ विगतमा भएका १४ वटा सरकारी कार्र्यालयहरु सारेर इनरुवा, इटहरी, विराटनगर पु¥याइयो । धरान उपमहनगर पालिका र केन्द्रमा समेत तत्कालीन एमाले हालको नेकपाकै नेतृत्व हुँदा पनि रोक्ने काम भएन । त्यसैले स्पष्ट विचार भएको, भ्रष्टाचार नगर्ने, इमान्दार नेतृत्वका लागि अहोरात्र धराने जनता लागेका छन् । म के भन्छु भने धराने जनतालाई सघीय लिम्बुवान मञ्च नेपालको उमेद्वारलाई जिताउन समग्र धराने जनताको लागि पर्नुभयो भने म आजै उदघोष गर्छु कि मैले धरान उपमहानगरपालिकामा भ्रष्टहरुलाई निर्मुल गर्न सकिन, भष्टचाररहित धरान बनाउन सकिन भने मलाई धराने जनताले भानुचौकका ल्याएर कारबाही गर्नुपर्छ ।
तपाईका खास एजेन्डाचाहिँ के छ ?
–मृत सहरलाई जीवित बनाउन धरानलाई पदेशको राजधानी बनाउनुपर्छ । यसमा हाम्रो पार्टीले पहिला पनि आन्दोलन गरेकै हो र आउने समय पनि आन्दोलन गर्छ । यो असम्भव छैन । शिलामा लेखिएको छैन, धरानलाई राजधानी बनाउनु हु्ँदैन भनेर । राजधानी बनाउन केही सर्त, क्राइट एरिया हुन्छन् । भौतिक संरचना, सीमाबाट कति दूरीमा हुनुपर्छ त्यो मापदण्ड पहिले हेरिएन । ठूला राजनैतिक दलहरुले व्यक्तिगत स्वार्थ पूर्तिका लागि विराटनगरका उद्योगी व्यवसायीसँग मोटो रकम लिएर भौगोलिक दृष्टिले समेत सुगम नभएको ठाउँमा राजधानी बनाएर धरानलाई शून्य बनाएका छन् । धरानको मेयर हुनका लागि होल्डिङ्ग टुगेदर गर्दै सबै राजनीतिक दल, संघ संस्थालाई अगाडि बढाउनुपर्छ । सबैको नेतृत्व हुने गरी, सबैको पहुँच हुने गरी विकासको योजनाहरु ल्याउनुपर्छ । म भन्छु धरानमा विकास नभएको हैन, धरानमा लगानी भित्रिएको पनि छ तर समस्या कहाँनेर हो भने भ्रष्टाचार छ । यही भ्रष्टाचारले धरानमा चाहे जस्तो विकास हुन सकेन । विकासका अवरोधहरु, तत्वहरु, तगाराहरुलाई हँटाउने काम गर्नुपर्छ । यहाँ यस्ता यस्ता मानिस स्थानीय नेतृत्वमा पुगेका छन् कि एक करोड बजेट सघ वा प्रदेशबाट आयो भने त्यो एक करोडबाट आफ्नो भागमा कति पर्छ, भनेर हिसाब गरेर बस्छन् । म चाहिँ त्यो एक करोड आउँदा मुखबाट पानी निकाल्नेमा परिन । त्यसलाई कहाँ सही सदुपयोग गर्ने त्यसमा सोच्नुपर्छ । म यही सोच बनाएर बसेको छु । धरानको मुख्य समस्या भ्रष्टाचार हो । कर बृद्धिले धराने जनता आहात भएका छन । कर बृद्धि भनेको राष्ट्र बैंकको मूल्य बृद्धिको दरको आधारमा बृद्धि गर्नुपर्छ । तर यहाँ अनावश्यक कर बृद्धि गरिएको छ सुकुम्बासीको हकमा पनि यहाँका कम्युनस्टले झुटो बोलेर विगतमा आÏनो पक्षमा ल्याएका थिए । अब त्यो अवस्था छैन । धनी पूर्जा दिन्छौंै भनेर झुटो आश्वासन दिएको पनि देखेकै हो । तर संघीय लिम्बुवान मञ्चले झुटो आश्वासन दिँदैन । धनीपूर्जा दिने प्रक्रियाको पहिलो सिडीमा हामी लैजान्छौ । जस्तै सुकुम्बासी साथीहरुले जहाँ जहाँ जति जति ओगटेर बस्नु भएको छ ठाउँ छ त्यसको रेखांकन गर्ने, क्षेत्रफलको सिमांकन गर्ने त्यपछि उहाँहरुले ओगटेको ठाउँको डाटा बनाएर आयोग बनाएर प्रदेश, संघीयमा पठाउने र स्थानीय सरकारकले मालपोत र नापी कार्यालयमा गएर उहाँहरुले अकुपाई गरेको क्षेत्रफल मोठमा सामेल गराउने काम गर्नु हो । हाल नगरपालिकाले केही स्थानमा नम्बर दिएको छ । त्यो क्रम संख्या हो । कित्ता नं. होइन । तर त्यो नम्बरलाई कित्ता नम्बर भनेर भ्रम फैलाएका छन् । अझ धेरै कुराहरु छन् मैले धरान उपमहानगरपालिकामा मेयरमा विजय हाँसिल गरे भने म सत्ता र भत्ताका लागि जान्न । धरानलाई परिवर्तन गरौ, आमुल परिवर्तन होइन । म विकासको कुरा गर्दिन । विकासको मार्गमा भएका अवरोध तत्वहरुलाई पन्छाउदा विकासले गति लिन्छ । मेयर तथा जनप्रतिनिधि सेवा गर्न जाने हो । भत्ता खान, सुविधा लिन होइन । मैले जिते भने पाउने ४५÷५० हजार जुन भत्ता पाउँछ त्यो म धरानको वडाको विकासमा लगाउछु । वडा अध्यक्षको रोहवरमा असहाय, पिछडा, सिमान्तकृत वर्ग अथवा मजदुर, दलित उत्पीडितको उत्थानमा लगाउछु ।
निर्वाचन अगाडि सबैले यस्तै आदर्शका कुरा गर्छन् तर जितेर गएपछि भ्रष्टाचारमा चुर्लम्म डुब्छन् । यसमा तपाई के भन्नुहुन्छ ?
–म पहिला सञ्चारकर्मी साथीहरुसँग प्रतिवद्धता दोहो¥याउछु कि करप्सन गर्ने कुरा मैले सोचेको पनि छैन । मैले करप्सन गर्ने हो भने तीन लाखको नोकरी छाडेर धराने जनताको सेवामा अहोरात्र खट्ने थिइन । मेरो मूल नारा नै करप्सन विरुद्ध काम गर्ने हो । यदि मैले करप्सन गरेको थाहा पाएमा धराने जनताले भानुचौकमा ल्याएर मृत्युदण्ड दिए भने म सहस्र स्विकार्छु ।
निर्वाचन आउन अब धेरै समय छैन । तपाई भोलि जितेर जानुभयो भने धरान उपमहानगरपालिकाका भ्रष्ट कर्मचारीलाई कारबाही गर्न सक्नु हुन्छ ?
–गर्छु । मेरो पहिलो मिसन त्यही हुनेछ । सबै भन्दा ठूलो रोग भनेको नगरपालिकाको व्युरोक्रेसी हो । उनीहरुलाई कारबाही भन्दा पहिला म सुझाव दिन्छु ।सबै कर्मचारीसँग बैठक बस्छु । उहाँहरुाई सोध्छु को को रोगी हुनुहुन्छ । भ्रष्टाचार गर्नहुन्छ भन्दिन । मलाई निवेदन दिनुस म रोगी छु, मेरो रोग ३, ४, ५ महिनामा निको हुन्छ वा निको हुदिन भन्छन् भने म बाध्य भएर कारबाही गर्छु । यहाँ धेरै दक्ष जनशक्ति छन् । दक्ष युवाहरुले अवसर पाउनुपर्छ । म व्युरोक्रेसीलाई सिस्टममा ल्याउछु ।
तपाईले मतदाताहरुको रेस्पोन्स कस्तो पाउनु भएको छ ?
–अत्यन्तै सकरात्मक पाएको छु । मैले तीन वटा वडाको घर दैलो
गरिसकेको छु । मत माग्दा मैले स्पष्ट भनेको छु म मत माग्न आएको हुँ । मसँग दिने केही छैन । तपाईहरु माग्नु हुन्छ भने १०÷२० हजार दिउँला । तर तपाईहरुले अहिले नै मलाई चोर्न नसिकाउनु भनेको छु । हाम्रोलाइ होइन राम्रोलाई जिताउने पक्षमा मतदाता देखिएका छन् ।
द्द धरानमा विगत तीस बर्षदेखि पम्परागत नेतृत्व छ । एउटै दलले हालीमुहाली गर्दै आएको छ । अब त्यो विरासत रहन्छ कि रहँदैन ?
–धराने जनता अब साँच्चै नै सचेत भएका छन् । त्यसैले यहाँको परम्परागत नेतृत्व परिवर्तन हुन्छ र त्यो आवश्यक पनि छ ।
विरासत किन परिवर्तन गर्नुप-यो ?
–भ्रष्टचार, गुण्डागर्दी, झुठो आश्वासन, धनीपूर्जाको खाका देखाएर भ्रममा पार्ने, अनावश्यक करबृद्धिबाट धराने मतदात आजित भएका छन् । घर नम्बर वितरण गर्दा तीन करोड रुपैया उठेको छ रे । त्यो पैसा कहाँ
छ ? धराने जनता खोज्दै छन् । सुकुम्बासी कहाँ बसेका छन् भने सर्दु र सेउतीको किनारमा बसेका छन् । तटबन्धनको अवधारणा खोइ त ? त्यो पैसाले तटबन्ध बनाउनु पर्दैन ? वास्तवमा सुकुम्बासीको लागि केही गर्नेै हो भने तटबन्धनको काम तुरुन्त गर्नुपर्छ । त्यत्रो रकम उठाएर कहाँ राखे ? त्यो सार्वजनिक गरिएन भने त्यसले भोलि अर्कै रुप लिन्छ । यहाँ भ्रष्टाचार होइन महा भ्रष्टाचार छ । यसपटक धराने जनताले नेतृत्व परिवर्तन गराएरै छाड्छन् ।
धरानका मतदातालाई के भन्न चाहनुहुन्छ ?
–म धरानका सबै मतदाताहरुलाई आग्रह गर्न चाहन्छु हाम्रोलाई होइन राम्रो नेतृत्व छानेर पठाउनुस् । नेतृत्व परिर्वन होस र अब आउने नेतृत्वले धरानलाई मुटुमा राखेर माया गरोस । अहोरात्र खटेर काम गरोस ।
