स्वच्छ छवि, स्पष्ट भिजन र विकासप्रेमीलाई धरानको मेयरमा जिताउनुपर्ने

धरान÷ धरान उपमहानगरपालिकामा आगामी मंसिर १४ गते रिक्त रहका नगरप्रमुखको निर्वाचनमा कस्तो व्यक्तिलाई पठाउने भन्ने विषयमा अहिले धरानेहरुको चर्चाको विषय बनेको छ ।
अहिले धरानका टोल टोलमा हुने हरेक कार्यक्रमको बहसको विषय नै धरानको स्थानीय चुनाव हुने गरेको छ । यसै क्रममा धरान उपममहानगरपालिका वडा नं. १५ मा भएको तीन वटा टोलविकास समितिले संयुक्त रुपमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा टोलबासीहरुले सक्षम, विकासप्रेमी नेतालाई धरानको मेयरमा जिताउन आवहान गरेका छन् ।
धरानमा मेयर तारा सुब्बाको निधनपछि कावाको भरमा सञ्चालन हुदा विकासका कामहरु हुन नसकको गुनासो गरेका उनीहरुले यसपटकको निर्वाचनमा सोचेर बुझेर पार्टीलाई मात्र नहेरी सक्षम, विकासप्रेमी नेतालाई जिताउन आग्रह गरेका हुन् ।
धरान १५ चुम्लुम हिममा धरान १५ का २७ टोल कमिटीमध्ये चुम्लुङ टोल विकास संस्था, सुनगाभा टोल विकास संस्था र मिलनपथ टोल विकास संस्थाले संयुक्त रुपमा आयोजना गरेको शुभकामना तथा चियापान समारोहमा बोल्दै सुनगाभा टोल विकास संस्थाका सह सचिव मुक्ति श्रेष्ठले विगतका जिताएका नेताहरुको मुल्यांकन गर्देै यस पटकका चुनावमा सोचेर बुझेर सक्षम, विकासप्रेमी उमद्वारलाई जिताउन टोलबासीलाई आग्रह गर्नुभयो ।
यस्तै मिलनपथ टोल विकास समितिमा आवद्ध एवम् शिक्षिका लक्ष्मी भट्टराई बस्नेतले यो पार्टी त्यो पार्टी नभर्नी समाजलाई सम्बृद्धितर्फ लाने, सेवा भाव भएको, जनाधार भएको, विकासप्रेमी र सक्षम उमेद्वारलाई यसपटकको उप निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरमा जिताउनुपर्ने बताउनुभयो ।
यस्तै सोही टोल विकास समितिका सदस्य एवम् शिक्षक रौधी साहले समेत भिजन भएका नेतालाई धरान उपमहानगरपालिकाको प्रमुखमा जिताउनुपर्ने बताउनुभयो । उहाले संघीय, प्रदेश र स्थानीय तहमा विगतमा भएको निर्वाचनमा शैक्षिक योग्यता नभएको, सर्वसाधारणको हितमा काम गर्न नसक्ने, तार्किक क्षमता नभएका व्यक्तिहरु निति निर्माण तहमा पुगेका कारण धरान उपमहानगरपालिकाको मेयरको चुनावमा त्यस्तो प्रवृत्ति दोहोरिन दिन नहुने तर्क राख्नुभयो ।
धरान उपमहानगरपालिकामा ९२ हजार ८ सय ५३ मतदाता संख्या रहेको छ । यसमध्य पनि धरान १५ मा करिब १५ हजार मतदाता संख्या रहेको छ । यही वडाले धरान उपमहानगरपालिकाको चुनावको निर्णायक भोट हुने गरेको पाइएको छ । यहाका टोलबासीले यसपटक पार्टीलाई प्राथमिकतामा नराखी सक्षम, विकासप्रेमी, भिजन भएका उमेद्वारलाई जिताउन ह्विप नै जारी गर्ने निर्णय गरेका छन् । हालसम्म नेपाली काँगैैसका तर्फबाट नगर सभापति तिलक राई, नेकपाका तर्फबाट प्रकाश राई,संघीय समाजवादी फोरमबाट गजेन्द्र इस्वो, संघीय लिम्बुवान मञ्चको तर्फबाट अमर इजमको उमेद्वारी टुंगो लागि सकेको छ भने स्वतन्त्र उमेद्वारमा हर्क साम्पाङ समेत अगाडि आइसकेको छ । उनीहरुले जो आए पनि यसपटकको चुनावमा सक्षम, इमान्दार, जुझारु विकासप्रेमी नेतालाई जिताउने धराने जनताले अभियान नै अगाडि बढाइसकेका छन् ।

तपाईको प्रतिक्रिया