यस बर्षका तिहारमा नेपाली फूलले बजार लियो

गोविन्द बस्नेत
धरान, १० कार्तिक ः नेपाली फूलले यस बर्ष बजार लिएको छ । व्यवसायिक फूलको उत्पादन गर्ने कृषकहरु बर्षेनी बृद्धि हुदै गएका अवस्थामा आफूले उत्पादन गरको फूलको बजार साचेभन्दा राम्रा भएपछि भने उनीहरु उत्साहित बनेका छन् ।
कृषि उपज बजारमा यस बर्षका तिहारको शरुवातमै फूलका उत्पादन बढी भएकोले कारबोबार भएको समितिले जनाएको छ । तराईमा फूल कम फुलेपनि पहाडमा भने अत्याधिक फूलेका कारण नेपाली बजारले फूलको बजार धानेको समितिको दाबी छ । कृषि उपज बजारका अनुसार हिजो र आजमात्र बजारमा २ सय मेट्रिकटन अर्थात तीन करोड मूल्य बराबरको फूलको कारोबार भएको छ ।
गत बर्षको तुलनमा फूलको मूल्यमा बृद्धि भएपछि कृषकले आफ्नै बारीमा उत्पादन गरेको फूलबाट प्रयाप्त मुनाफा गर्न सकेको फूलका कृषकहरु बताउछन् । धनकुटा पात्लेका कमल कार्कीले यो बर्ष सोचेभन्दा बढी फूल विक्री भएको र भाउ समेत पाएको बताउनुभयो । गत बर्ष प्रसस्त फूल फलेर फाल्ने अवस्थामा रहेका उहाले गत बर्ष यही बजारमा ल्याएर २५ रुपैया मुठा फूल विक्र िगर्दा पनि विक्री नभएको तर यस बर्ष प्रति मुठा ५० रुपैयाले धमाधम विक्री भएको बताउनुभयो । उहाल कृषकल उत्पादन गरेको फूलका बजार सरकारले व्यवस्थापन गरेर कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्र्न बताउनुभयो ।


यता कृषि बजार व्यववस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराईले बजारमा कृषि बजारमा भएको फूलका कारोबारमा भारतीय फूल नभएको बताउनुभयो । उहाले एक दुई बर्ष अगाडिको तथ्यांकलाई हेर्दा भारतीय फूलको व्यापार खस्कको र नेपाली फूलका बजार बढेको तथ्यांकले देखाएको बताउनुभयो ।
विगतदेखि भारतीय फूल र मालाको व्यवसाय गर्द आउनुभएका व्यवसायी अमर जैसवालले विगतका बर्षहरुमा एउटा फूलकोे माला ३ सय रुपैयासम्म बेच्न गरेको सुनाउनुभयो । तर यस बर्ष पहाडमा अत्याधिक फूल फुलेका कारण एउटा माला ५० रुपैयामा समेत विक्री नभएको उहाको भनाई छ ।
यता उपभोक्ताहरु समेत नेपाली फूलको प्रयोग गर्न पाउदा दंग छन् । आर्गनिक फूल प्रयोग गर्न पाउदा मात्र तिहार लागेको जस्तो भान हुने धरान ८ की शिला बज्राचार्यल बताउनुभयो । पछिल्लो समय नेपालीहरु बढी सौखिन भएका कारण तयारी फूलका मालामा आकर्षित भएको बताउदै नेपाली फूलको समेत तयारी माला बनाएर विक्री गर्न सके भारतीय माला विस्थापत हुने दाबी उहाको छ ।
पछिल्लो बर्षहरुमा कृषकहरु पनि फूलको खेतिमा आकर्षित भएको देखिएको छ भने सर्वसाधारण समेत भारतीय आयातित फूल भन्दा नेपाली अर्गानिक फूलमा आकर्षित भएका कारण नेपाली फूलका उत्पादनले बजार पाउदै गएका हो । अझ नेपाली फूलका कृषकलाई प्रोत्साहन हुन खालका कार्यक्रमहरु सरकारले ल्याउन सके नेपाली फुल नेपालमा आत्मनिर्भर बन्ने त छँदैछ, यहा उत्पादन भएका फूलहरु विदेशसम्म निर्यात हुने थियो । यस तर्पm सरकार गम्भीर हुन जरुरी छ ।

`

तपाईको प्रतिक्रिया