धरानमा प्रदेश सरकारले चलचित्र महोत्सव लगाउने

धरान ÷ विगतमा नीजि क्षेत्रबाट मात्र चलचित्र महोत्सव हुने गरे पनि यस बर्ष भने चलचित्र महोत्सव सफल बनाउन प्रदेश सरकार, स्थानीय सरकार लागि परेको छ ।
विगतमा भएका महोत्सवहरुमा व्यवस्थापनमा केही कमी कमजोरी हुने गरेपनि प्रदेश नं. १ सरकार मूल आयोजक समिति र धरान उपमहानरपालिका र स्वीस विकास नियोग सह आयोजक भएर गर्न लागेको महोत्सव सफलतापूर्वक सम्पन्न हुने आयोजकले दाबी गरेको छ ।
आगामी असोज २१ देखि २४ गतेसम्म अर्थात चार दिनसम्म चल्ने महोत्सवको मुख्य उद्देश्य एक नं. प्रदेशमा रहेका धार्मिक, सांस्कृति पहिचानलाई जीवन्तता दिदै यो प्रदेशमा रहेका पर्यटकीय गन्तव्यको प्रचार प्रसार रहेको आयोजक एक नं. प्रदश सरकारले बताएको छ । विगतमा नीजि क्षेत्रबाट सञ्चालित चलचित्र महोत्सव सरकार आफै लागेर सञ्चालन गर्न लागेको बताउदै सबैको सहयोगबाट महोत्सव सफल बन्ने प्रदेश नं. १ का आन्तरिक मामिला मन्त्री हिकमत कार्कीले बताउनुभयो । मूल आयोजक समितिका संयोजक समेत रहनु भएका मन्त्री कार्कीले सरकार यो विषयमा अनविज्ञ रहेको पनि सबै पक्ष मिलेर व्यवस्थापन पक्ष राम्रो बनाउने दाबी गर्नुभयो ।
धरान ८ सभागृहमा हुन लागेको महोत्सवलाई भव्यतासाथ सम्पन्न गर्न सुनसरी उद्योग वाणिज्य संघण्को कार्यालयमा सचिवालयको समेत सञ्चालन गरिएको छ । सचिवालयको उद्घाटन मन्त्री काकीले गर्नुभएको छ ।
प्रदर्शनीमा नेपालका १८ र स्वीस चलचित्र ३ गरी २१ वटा चलचित्र प्रदर्शन गरिने भएको हो । प्रदर्शनमा राखिएका चलचित्र व्यवसायिक चलचित्र समावेश नगरेको भन्दै वृत्तचित्र, कला झल्किने खालका चलत्रि प्रदर्शन गरिने प्रदेश नं. १ का मुख्य सचिव सुरेश अधिकारीले बताउनुभयो ।
उहाले प्रदेश नं. १ का धार्मिक, सांस्कृतिक पहिचानसंगै यहा रहेका पर्यटकीय गन्तव्यलाई पहिचान गराउन उद्देश्यले आयोजना लागिएको प्रादेशिक चलचित्र महोत्सवको पहिलो उद्देश्य भ्रमण बर्ष २०२० मा बाह्य पर्यटक भित्र्याउन मद्दत पुगोस भन्ने रहेको प्रदेश नं. १ का मुख्य सचिव सुरेश अधिकारीले बताउनुभयो । उहाले भ्रमण बर्ष २०२० मा प्रदेश नंं १ मा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको प्रदेश सरकारले यो महोत्सवले यसमा केही सहयोग पुग्ने बताउनुभयो ।
सह आयोजकको भूमिका पाएको धरान उपमहानगरपालिकाले समेत महोत्सव धरानमै हुन लागेकोेले खुलेर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले प्रदेश नं. १ मा हुन लागेको यो महोत्सवले प्रदेश नं. १ मा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो । उहाले सरकारी स्तरबाटै पहिलो पटक प्रादेशिक चलिचित्र महोत्सव आयोजना गर्नु कलकारको सम्मानमात्र हैन नेपालमा परिवर्तनको आभाष भएको महसुस
गराउने बताउनुभयो ।
करिब ३० लाख बजेट लाग्ने भनिएको महोत्सवको उदघाटन अगाडि प्रदेश नं. १ मा रहेका विभिन्न जातीय सांस्कृतिक झाकी प्रदर्शन गरिन भएको छ । यस्तै चलचित्र क्षेत्रमा योगदान पु¥याउने १५ जनालाई सम्मान समेत गरिने आयोजकले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया