भारतीय राजदुतावासद्वारा ५५ औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य दिवस सप्पन्न नेपालको प्राविधिक तथा आर्थिक क्षेत्रमा भारतले इतिहास देखि अहिलेसम्म पु¥याएको योगदान सह्रानीय रहेको छ–मन्त्री पन्डित

राजधानी÷संघिय मामला तथा सामान्य प्रसासन मन्त्री लालबाबु पन्डितले भारतले इतिहासदेखि अहिले सम्म नेपालको विकाश, समृद्धिमा पु¥याएको योगदान सह्रानीय रहेको र यो सहयोग भविस्यमा समेत निरन्तर जारी रहने विश्वास व्यक्त गर्नु भएको छ ।
मन्त्री पन्डितले भारतिय राजदुतावसले राजधानीको नक्साल स्थित होटल मेरियटमा आयोजित प्राविधिक तथा आर्थिक सहकार्य दिवसलाइ सम्बोधन गर्दै त्यस्तो विस्वास व्यक्त गर्नु भएको हो ।
भारतले नेपालको दुर्गम पहाडी क्षेत्र सिमिकोटदेखि तराइसम्मको विकाशमा योगदान प¥ुयाएको छ । उहाँल भन्नुभयो आज म सम्झन्छु पहिला कहाँ पढेर आएको भन्दा काँशी विश्वविद्यालय भन्थे । पछिल्ला दिन प्रविधि, आर्थिक क्षेत्रमा अध्ययन गरेर आएकाहरु भन्छन रुड्की, जवाहरलाल विश्व बिद्यालय । मेरै परिवारको सदस्यले पनि भारतको रुड्किबाट इन्जिनियरिङ गरेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो भारतबाट पढेर आउनेहरुलाइ अन्य देशबाट पढेर आउने भन्दा यहाँ काम गर्न सहज छ र उनीहरुको स्तर पनि माथी छ ।
मन्त्री पन्डितले भन्नुभयो नेपालमा संघीयता कार्यान्वयन गर्न मेरै नेतृत्वमा भारतको पाँच दिने अध्ययन भ्रमण भएको थियो । त्यहीबाट पाएको सुझाव र अनुभवबाट आज संघीयता कार्यान्वयन गर्न मलाइ सहज भएको छ । ईतिहास कालदेखि सीता–राम, बुद्ध र पछिल्लो पटक गोर्खालीले नेपाल र भारतको मित्रतालाइ प्रगाढ बनाएको छ र भविष्यमा समेत यो सम्बन्ध प्रगाढ हुने छ ।
सो अवसरमा नेपालका लागि भारतीय राजदुत मन्जीवसिंह पुरीले आइटेकको महत्वबारे प्रकाश पार्र्दै भन्नुभयो नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागका बरिष्ठ अधिकारी एवम् अन्य कर्मचारीहरुलाई भारतका प्रमुख सहरहरुमा प्रशिक्षण दिन आइटेक कार्यक्रमले निर्णायक भूमिका खेलेको छ । यो कार्यक्रमले सीप अभिबृद्वी तथा मानव संसाधन विकाशमा उल्लेख्य योगदान पु¥याएको छ ।
उहाँले भन्नुभयो मलाइ आज धेरै खुशी लागेको छ जुन मन्त्रीले नेपाल सरकारको सिस्टमको सबै नेतृत्व गर्नु भएको छ उहाँकै उपस्थिति यस कार्यक्रममा रहेको छ । यो हाम्रा लागि महत्वपुर्ण कुरा हो । उहाँले भन्नुभयो आइटेकमा जुम्लाका ३ जना महिलाले भारतमा गएर तालिम लिए । उनीहरु हिन्दी, अंग्रेजी बुझ्दैनन थिए । पछि फर्केर आउदा उनीहरु शिपसँगै हिन्दी, अंग्रेजी राम्ररी बोल्ने भएका थिए ।


आइटेकका करिव १ सय ५० विद्यार्थीहरुको कार्यक्रममा सहभागिता रहेको थियो । सन् १९६४ सेप्टेम्बर १५ मा भारतको मन्त्री परिषदको निर्णयबाट गठन भएको आइटेक कार्यक्रम आज संसारका १ सय ६१ विकाशसिल राष्ट्रहरुसंँग भारतले विकाश मुलक अनुभव बाँड्न सहयोग गर्दै आएको छ । आइटेक अन्तर्गतका तालिम कोर्षहरुमा कम्प्युटर इन्जिनियरिङ,सूचना प्रबिधी,पत्रकारिता,बैंकिङ,कानुन निर्माण,उर्जा,रिमोट सेन्सिङ जनशक्ति अध्ययन,शिक्षा,महिला ससक्तिकरण,जल बिज्ञान ,कानुन प्रवद्र्धन,ब्यावसाय योजना तथा प्रवद्र्धन ,लेखा,बाणिज्य आदि विषयहरु समावेश रहेका छन । नेपाल सरकार अन्तर्गतका संस्थाहरुको आवश्यकता अनुरुप निर्माण गरिएको बिशेष आइटेक कार्षहरुबाट ती संस्थाहरु लाभान्वित भएका छन् ।
राजदूत पुरीले भन्नुभयो यसै बर्ष अर्थ मन्त्रालयका ६२ कर्मचारीले नयाँ दिल्ली स्थित Institute of government accounts and finance management विषयको तालिम लिएका छन् । त्यसैगरी २०१९ को मार्चमा भारतको फरियावाद स्थित National academy of costome,
indirect taxes andnarcotis-nacin मा नेपाल राजस्व अनुसन्धानका दुई व्याचका ५० कर्मचारीलाई अनुसन्धान तथा राजस्व चुहावट नियन्त्रण सम्बन्धी विशेष आइटेक कार्ष प्रदान गरिएको थियो ।
यसैगरी ६० जना नेपाली अधिकारीहरुल National academy of castoms,indirect taxes and narcotis- nacin मा सम्पत्ती सुद्वीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी प्रशिक्षण लिइरहेका छन् । यसका साथै कुल ३४ नेपालीले जलस्रोत विज्ञहरुको रुड्की स्थित प्रतिष्ठित आइटीमा सिचाइ तथा जल व्यवस्थापन,जल विज्ञान, बैकल्पिक ऊर्जा र जलस्रोत विकाश जस्ता प्राविधिक क्षेत्रहरुमा स्नातकोत्तर अध्ययन गरिरहेका छन् ।
कार्यक्रममा भारतबाट विविध विषयमा अध्ययन गरेर आएका, सिपमुलक तालिम लिएर आएका साबित्री शर्मा, सर्लाहीकी रामवती, आइटी अल्मुनाइको तर्फबाट सर्मिला कार्की, किमोन सिलवाल, नेपाल सरकारका सचिव दिनेश घिमिरेले आफ्ना अनुभव सुनाउनु भएको थियो । भारतिय राजदुतावास आइटेक विभागका प्रमुख सिपी सिंहले सबैप्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो भने स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले आकर्षक संगीत प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया